पाण्डाको आचीले बायोफ्युलको काम गर्ने

 

a36a53325a0e9e49881b4fe29b1816e9_Lब्रुगेलिट- बेल्जियमका शोधकर्ताहरुले भीमकाय पाण्डाले त्याग्ने आचीको अध्ययन गरेर त्यसबाट नयाँ किसिमको बायोफ्युल (जैविक तेल) आविष्कार पो गर्न सकिन्छ भनी अध्ययन गरिरहेका छन्। पाण्डाले कडा किसिमको घाँसजन्य वस्तु खान्छ र त्यसलाई मज्जाले पचाएर फ्याँक्ने दिसाको यान्त्रिकता बुझ्न सक्दा बायोफ्युल बनाउन काम लाग्न सक्ने शोधमा संलग्न वैज्ञानिकहरुले जनाएका छन्।
पाण्डाको मुख्य खान्की भनेको बाँस हो। यसले कडा बाँसलाई चपाएर पनि पचाउन सक्छ। यस किसिमको पाचन प्रणाली अन्य प्राणीमा पाइँदैन। वैज्ञानिकहरुले पाण्डामा पाइने सूक्ष्मअंगले कसरी काम गर्दोरहेछ भन्ने जान्न चाहिरहेका छन्।

‘पाण्डाको खान्कीमा प्रयोग हुने कडा बाँसलाई पचाउने क्रियामा जुन इन्जाइम प्रयोग हुन्छ, त्यो नितान्त नयाँ किसिमको इन्जायम हो,’ घेन्ट विश्वविद्यालयका बायोकेमिकल तथा माइक्रोबायल टेक्नोलजीका प्राध्यापक कोरनील रबेईले भने। बेल्जियमको पैरी डायजा चिडियाखानामा रहेको ठूलो पाण्डाअगाडि उभिएका रबेईले यस किसिमको सूत्र थाहा पाउन पाए काम लाग्थ्यो भन्ने सोचिरहेका छन्।

‘यदि यो पत्ता लगाउन सकेको खण्डमा हामीले नयाँ, सस्तो किसिमको दोस्रो पुस्ताको बायोफ्युल बनाउन सक्षम हुने थियौं,’ उनले भने। यसअघि पनि बायोफ्युल बनाउने प्रयास भएको थियो रत्यसका लागि मकैको अन्न र उखु प्रयोग गर्ने गरिएको थियो।

छ वर्षे पाण्डा जिङ हुई (चम्किलो तारा) र उसको स्त्री साथी हाओ हाओ (दयालु) ले तिनको आची वैज्ञानिकहरुले गएको सोमबार सोहेर्दै गर्दा बिल्कुलै चासो देखाएनन्। यी दुवैले दैनिक १० केजी बाँसका पात र हाँगाबिँगा खाने गर्दछन्।

‘यो अध्ययनले मानव जातिलाई मात्र होइन पाण्डालाई पनि सहयोग हुन्छ,’ वैज्ञानिक रबेईले भने, ‘यसले हामीलाई के बुझ्न सघाउँछ भने आदिकालदेखि यी जनावरहरुले खाली विशेष किसिमको खान्की मात्रै किन खान्छन्? यिनीहरुलाई बाँसका कलिला मुना र हाँगाबिँगा नै किन मन परेको होला भन्ने बुझ्न पनि सघाउ पुग्ने आशा मैले लिएको छु।’

Posted by on Oct 29 2015. Filed under शिक्षा. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com