प्रेस फोरमको दुई महिने अभियान

काठमाडौं, १५ माघ ।
संघीय प्रेस फोरम नेपालले संगठन सुदृढीकरणका लागि दुई महिने देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । संगठनलाई देशव्यापी बनाउन अयिभान सञ्चालन  गर्न लागिएको हो ।
बिहीबार काठमाडौंमा सम्पन्न संघीय प्रेस फोरमको पदाधिकारी बैठकले अभियन सञ्चालन गर्ने निर्णय गरेको हो । फागुन १ गतेदेखि चैत्र मसान्तसम्म दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । संगठनका सचिव कमन देवानले प्रस्तुत गरेको प्रतिवेदनलाई आवश्यक परिमार्जन गरी ‘संगठन निर्माण र पुनर्जागरण अभियान २०७२’ सञ्चालन गर्ने निर्णय भएको संघीय प्रेस फोरमका अध्यक्ष गोबिन्द छन्त्यालले जानकारी दिनुभयो । अभियानअन्तर्गत पहिलो चरणमा आउँदो फागुन ५ देखि फागुन मसान्तसम्म विभिन्न जिल्लामा संगठन निर्माण, पुनर्गठन, प्रशिक्षणलगायतका कार्यक्रम तीव्र बनाइनेछन् । त्यस्तै दोस्रो चरणमा चैत्र ५ गतेदेखि २० गतेभित्र प्रदेश इन्चार्ज तोकिएका प्रदेशहरूमा प्रशिक्षण गरिने छ । अभियानको तेस्रो चरणमा चैत २८ र २९ गते संघीय प्रेस फोरम, नेपालको पहिलो राष्ट्रिय परिषद् भेला काठमाडौंमा गरिने छ । पहिलो राष्ट्रिय परिषद् भेला र ‘संगठन निर्माण र पुनर्जागरण अभियान २०७२’ को समापन चैत ३० गते काठमाडौं घोषणापत्र जारी गर्दै एकैसाथ गरिने छ । अभियनको उद्घाटन र समापन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईबाट संयुक्त रूपमा हुने निर्णय भएको छन्त्यालले बताउनुभयो ।
बिहीबारको बैठकले केन्द्रीय पदाधिकारी सम्मिलत ११ सदस्यीय सचिवालय गठन गरेको प्रेस फोरमका महासचिव सरोज खिलाडी मिश्रले बताउनुभयो । संघीय प्रेस फोरमको विधानको दफा १५ बमोजिम सचिवालय गठन गरिएको हो । त्यस्तै बैठकले विधान अनुसार आठ वटा बिभाग गठन गरेर बिभागीय जिम्मेवारीसमेत तोकेको छ । जसमा संगठन बिभागको जिम्मेवारी उपाध्यक्ष सुकदेव चाम्लिङलाई दिइएको छ भने प्रचार प्रसार तथा प्रकाशन बिभागको जिम्मेवारी उपमहासचिव कमन देवानलाई दिइएको छ । सचिव विजय चाम्लिङलाई तालिम तथा प्रशिक्षण बिभागको जिम्मेवारी दिइएको छ भने आर्थिक बिभागको जिम्मेवारी कोषाध्यक्ष एमबी पुनलाई दिइएको छ ।
त्यस्तै केन्द्रीय सदस्य मनोज यादवलाई अनुशासन बिभागको जिम्मेवारी दिइएको छ भने मुकेश मिश्रलाई अतिरिक्त क्रियाकलाप विभागको जिम्मेवारी दिइएको छ । महिला बिभाग र विदेश बिभागमा भने आगामी बैठकले जिम्मेवारी तोक्ने निर्णय भएको छ ।
संगठनलाई प्रादेशिक संरचना अनुसार विकास गर्न विभिन्न प्रदेशका लागि इन्चार्ज तोकिएको संघीय प्रेस फोरमका उपमहासचिव कमन देवानले जानकारी दिनुभयो । जस अनुसार लिम्बुवान प्रदेश इन्चार्जमा उपाध्यक्ष पिबी दियाली, मधेस प्रदेश इन्चार्जमा उपाध्यक्ष आतिषकुमार मिश्र, नेवाः प्रदेश इन्चार्जमा उपाध्यक्ष नातिकाजी श्रेष्ठ, शेर्पा प्रदेश इन्चार्जमा सचिव लाक्पाजी शेर्पा, किरात प्रदेश इन्चार्जमा केन्द्रीय सदस्य दीपेन्द्र रुम्दाली  तमुवान प्रदेश इन्चार्जमा केन्द्रीय सदस्य हुम तमुलाई तोकिएको हो । बाँकी मगरात, खसान, थरुहट र ताम्सालिङ प्रदेशमा भने पछि जिम्मेवारी दिइने बताइएको छ ।

Posted by on Jan 29 2016. Filed under Breaking News, मुख्य खबर. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com