मधेसी मोर्चा विस्तार

शरदसिं भण्डारी, राजकिशोर यादव र अनिल झा समेटिए

  • गुप्तालाई मोर्चामा ल्याइएन

sindex  a

काठमाडौं, माघ २९ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विस्तार भएको छ । मोर्चामा संघीय समावेशी मधेसी गठवन्धनमा रहेका तीन दल आवद्ध भएका छन् । अब मोर्चामा सात दलको सहभागिता हुने पक्का भएको छ ।
शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी मोर्चामा आवद्ध भएका हुन् । तर, संघीय समावेशी मधेसी गठवन्धनमा रहेको जेपी गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानलाई भने मोर्चामा समावेश गरिएको छैन । तमरा अभियान संसद्मा नभएको र पार्टीको आकार पनि नलिएको भन्दै मधेसी मोर्चामा नराखिएको मोर्चा स्रोतको दावी छ । तर, मोर्चा निकट स्रोतका अनुसार संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नरुचाएकाले जेपी गुप्तालाई मोर्चामा नराखिएको हो ।
मधेसी मोर्चाले १६ बु“दे सहमति गरेपछि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई निस्कासन गरिएको छ ।

Posted by on Feb 12 2016. Filed under Breaking News, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com