संघीय गठबन्धनको आन्दोलन घोषणा

  • देशभरबाट काठमाडौंमा आन्दोलन केन्द्रित गर्ने रणनीति
    काठमाडौं, बैशाख १० । Sasafo 1sasafo 2 
    उत्पीडित वर्ग र समुदायको अधिकार स्थापित गर्न भन्दै राष्ट्रिय जनआन्दोलनको उद्घोष गरेको संघीय गठबन्धनले नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गरिको छ । गठबन्धनले शुक्रबार पत्रकार सम्मेलन गरेर ८ बुँदे खाकामार्फत आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।
    गठबन्धनले संघीय समाजवादी फोरम, नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा पत्रकार सम्मेलन गरेर शुक्रबार जारी गरेको आन्दोलनका कार्यक्रममा ध्यानाकर्षणदेखि कालो झण्डा गाड्ने, ¥याली, सभा, विरोध प्रदर्शन हुँदै जेठ १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन समावेश छन् ।
    गठबन्धनबाट जारी विज्ञप्तिमा बैशाख १५ गते देशभरका सबै जिल्ला प्रशासनमार्फत सरकारलाई ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाउने, १७ गते सबै जिल्लाका सरकारी कार्यालयहरूमा कालो झण्डा गाड्ने, १९ गते जिल्ला सदरमुकाहरू लगायत मुख्य शहर बजारमा अन्तराष्ट्रि मजदुर दिवसको अवसरमा ¥याली, आमसभा, कोणसभा गर्ने आन्दोलन तय गरेको हो । त्यस्तै बैशाख २१ देखि ३१ गतेसम्म प्रदेश र जिल्लाका प्रमुख शहरहरूमा वृहत् विरोधसभा गर्ने मोर्चाले जनाएको छ । जसमा २१ गते जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन, २३ गते विराटनगर, धनगढी, पाँचथर र पोखरामा वृहत् विरोध सभा गर्ने, २४ गते विरगञ्ज, नेपागञ्ज, र धनकुटामा वृहत् विरोध सभा गर्ने कार्यक्रम छ । विरोधसभा अन्तर्गत नै २५ गते बुटवल, जनकपुर, पाल्पा, इलाम र सुर्खेतमा, २६ गते विर्तामोड, हटौंडा र काभ्रेमा विरोधसभा हुने छ भने २७ गते धरान, राजवीराज, दाङ, महोत्तरी, रोतहट र कञ्चनपुरमा सभा हुनेछन् ।
    गठबन्धनले जेठ १ गतेदेखि काठमाडौं केन्द्रित ‘काठमाडौं जाऊँ, सिंहदरबार घरौँ’ नाराका साथ राजधानी केन्द्रित आन्दोलन चर्काउने भएको छ ।
Posted by on Apr 22 2016. Filed under Breaking News, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com