सिंहदरबार र बालुवाटार घेराउ ‘कास्टिङ’ मात्र होः उपेन्द्र यादव

upendra-yadav1

काठमाडौं । जेठ ५ । संघीय गठबन्धनले सिंहदरबार र बालुवाटार घेराउ कार्यक्रम आन्दोलनको कास्टिङ मात्र हो यदि गठबन्धनले उठाएको २६ बुँदे मुद्धाहरुलाई राज्यले सुन्ने र सम्बोधन गर्ने बाटो अबलम्बन नगरे मुलुक विद्रोहमा जाने र द्वण्द्वमा फस्ने संघीय समाजवादी फोरमका अध्यक्ष तथा गठबन्धनका संयोजक उपेन्द्र यादवले बताएका छन् । सो कुरा
गठबन्धनको उपत्यका केन्द्रित आन्दोलनको पहिलो चरणको शान्तिवाटिकामा समापान विरोध सभामा बुधबार बताएका हुन् ।
‘वार्ताका लागि सरकार स्पष्ट र जिम्मेवार हुनुपर्छ’ यादवले भने, ‘वार्ता भनेको चिया बिस्कुट खानका लागि मात्र होइन । चिया बिस्कुट खान वार्तामा नै जानुपर्दैन ।’
सम्बोधनकै क्रममा संविधान नश्लवादी चिन्तनबाट बनेकाले मधेसी, आदिवासी जनजाति, शिल्पी (दलित), मुस्लिम, खस, महिला र उत्पीडित क्षेत्रका जनताले विरोध गर्नुपरेको समेत यादवले बताए, ‘संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहन्छ । पुनर्लेखन भनेको ठाउँ–ठाउँमा रहेका विभेदकारी धारा÷दफाहरु सच्याउने नै हो । आन्दोलनको कारण विभेदकारी नश्लवादी संविधान नै हो ।’
त्यसैगरी तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले २९ दलीय संघीय गठबन्धन सबै उत्पीडितहरुको गठबन्धन भएको बताए, ‘कांग्रेस–एमाले र एमाओवादीले उत्पीडित जनतालाई धोका दिएजस्तो गठबन्धनले धोका दिने छैन । मधेसले अब गल्ती गर्दैन र धोका दिदैन ।’ ‘प्रचण्डले मधेससँग झूटो लभ गरे,’ उनले थप भने, ‘राज्यले मधेस, आदिवासी जनजातिलगायत उत्पीडित जनताको आन्दोलनसँग गरेका सम्झौताहरु कार्यन्वयन नभए यो संविधान लागू हुन सक्दैन ।’

13254125_1214914735198784_9080615945163135917_n
त्यसैगरी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले उत्पीडित मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, खसलगायत जनताको पीडा एउटै भएकाले गठबन्धन बनेको बताए, ‘हिमालको शेर्पादेखि मधेसको मधेसी, पूर्वको लिम्बुवानदेखि पश्चिमको थरुहट र खसानसम्मका जनताको पहिचान स्थापित नभएकाले पीडा भोगिरहेका छौं । यदि शेर्पा प्रदेश बन्दो हो त, शेर्पाले गर्वसँग भन्थ्यो म शेर्पा नेपाली, लिम्बुवानका लिम्बुले गर्वसाथ भन्थे, म लिम्बु नेपाली । त्यसैले यो पहिचान स्थापितको आन्दोलन हो । पहिचानको पीडाबाट मुक्त हुन चाहन्छौं ।’ ‘मधेसी र थारु गोलीदेखि डराउँदैन,’ उनले अर्को प्रसंगमा भने, ‘उत्पीडित जनताको मागहरु सम्बोधनतर्फ गम्भीर हुनुको अलवा सरकारका प्रधानमन्त्री जहाँ समुद्र छैन त्यहाँ पानी जहाज बनाउँछु भन्दै छन् ।’

13240558_1214915521865372_6772148068946584647_n

बुधबार दिउँसो लगभग २ बजेदेखि ६ सम्म लगभग ४ घण्टा लामो चलेको विरोध सभामा अनिल झा, कुमार लिङ्देन ‘मिराक’, प्रा. डा. ओम गुरुङ, दानबहादुर विश्वकर्मा, दुर्गा राई, लाक्पा शेर्पा, मोहन गोले तामाङलगायतले विरोध सभालाई सम्बोधन गरेका थिए । सम्बोधन गर्ने सबैले गठबन्धनको मागहरु पुरा नहुन्जेल आन्दोलन जारी रहने बताएका थिए । जुलुससहित उपत्यकाका विभिन्न ठाउँहरु परिक्रमा गरी शान्तिवाटिकामा पुगेर गठबन्धनको विरोध सभा भएको थियो ।
गठबन्धनले उपत्यकामा जुलुसदेखि विरोधसभासम्मको १० दिने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ भने विरगञ्ज र पोखरामा पनि विरोध सभाको कार्यक्रम घोषणा गरेको छ । बुधबार विहान बसेको गठबन्धनको बैठकले सो कार्यक्रम तय गरेको हो ।
उपत्यका केन्द्रित मात्र आन्दोलन गर्ने बताउँदै आएको गठबन्धनले उपत्यका बाहिरका दुई ठाउँमा पनि विरोध सभा आयोजना गर्नुलाई आन्दोलनको स्वरुप जे पनि हुन सक्ने संकेत गरेको विश्लेषकहरुको भनाइ रहेको छ ।

Posted by on May 19 2016. Filed under Breaking News, Slide News, फोटो, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

2 Comments for “सिंहदरबार र बालुवाटार घेराउ ‘कास्टिङ’ मात्र होः उपेन्द्र यादव”

  1. vnh3La look your post. Thanks a lot and I am taking a look ahead

  2. Cd3zYS Lovely blog! I am loving it!! Will come back again. I am taking your feeds also

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com