गर्ने हामी प्रधानाध्यापक र शिक्षक मात्रै हौं: – डा. विद्यानाथ कोइराला

bidhyanath-edukhabar
को हौं हामी ?

प्राज्ञिक दुनियाँले उच्चतम् अङ्क खोज्छ । जीवन्त संसारले व्यावहारिक क्षमता । बजारले बिक्ने, बिकाउने तागत खोज्छ । पढ्नेले अन्तरनिहित क्षमता बाहिर्याउँन खोज्छ । राज्यले आफना रहर पुर्याउन खोज्छ । यसरी हेर्दा खोज्नेहरुको रहरमै शिक्षा घुमेको हुन्छ । कस्को रहर पु¥याउँने ? लडाँइ यही हो । सबैका रहरहरु कसरी मिलाउँने ? पीडा यहीं हो । यी रहरहरु पु¥याउँन केले सघाउला ? चिन्तन यहीं हो । प्रविधिले ? पाठ्यक्रमले ? पाठ्यपुस्तकले ? शिक्षक तालिमले ? राजनीतिक दलहरुको दीक्षाले ? अभिभावकले ? व्यवस्थापन समितिले ? विद्यार्थी स्वयंले ? प्र.अ.एवं शिक्षकको पेशाकर्मी मानसिकताले ? सन्दर्भले ? नीति, नियम र विनिमयले ? राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिवद्धताले ? विदेशी दाता र साहुहरुको आर्थिक, भौतिक र मानवीय लगानीले ?

मेरो ठम्याइमा प्र.अ.एवं शिक्षक एक्लैले । किनभने उ ज्यूँदो जीव हो ।

प्रविधि, पाठ्यक्रम, तालिम, नीति नियम, विनिमय, सन्दर्भ सबै मूर्दा हुन् । चलाए चल्छन् । चलाउँने प्र.अ.एवं शिक्षक मात्रै हो । दलीय दीक्षा तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रतिवद्धता बाटा मात्रै हुन् । हिड्नेहरु प्र.अ.एवं शिक्षक मात्रै हौं । अभिभावक, व्यवस्थापन समिति, विदेशी दाता र साहू सघाउँने हुन् । दुहुन जाने दिन्छन् । नत्र आफैं दूध लुकाउँछन् । दुहुनेहरु प्र.अ.एवं शिक्षक मात्रै हौं । कर्मचारीतन्त्र त नोकर हो । मालिकको आदेश मान्ने । यस अर्थमा विद्यार्थीमार्फत सबैले खोजेको पुर्याउने कडी प्र.अ.एवं शिक्षक हौं । हामी मात्रै हौं । अरु गौण हुन् । हिजो पनि त्यही हौं । आज पनि त्यही छौं । भोलि पनि त्यही हुन्छौं ।

कस्ता छौं हामी ?

हामी केही पेशाकर्मी छौं । बदलिँदो अभिावकीय र विद्यार्थीय चाहना अनुसार चल्न सक्ने । शिक्षणका अनेकन् विकल्पहरु खोज्न सक्ने । प्रयोग गर्न सक्ने । नवीन प्रविधिलाई कक्षाकोठामा भिœयाउँन सक्ने । यस अर्थमा प्र.अ.एवं शिक्षक हुनुमा गर्व गर्ने । कोही सम्मानित भएका । कोही सम्मानको अपेक्षा गरेका । कोही स्वसम्मानित अनुभूति भएका । अर्को किनारामा केही शिक्षक छौं । जो पेशाधारी हौं । पेशाकर्मी होइनौं ।

चिमट्ता, टोक्ता र सुम्सुम्याउँदा पनि नतात्नेहरु । यस अर्थमा ढिट । औषतन् प्र.अ.एवं शिक्षक चाहिँ दलीय राजनीतिका विज्ञ छौं । ठूला कुरा भन्न जान्ने । गर्न सक्ने । कक्षाकोठामा टार्न जान्ने । प्र.अ.एवं शिक्षक हुनुमा गर्व नगर्ने । संगठित सँस्थाको वा दलको भन्न भनाउनमा गर्व गर्ने । मजा मान्ने । अर्को अर्थमा भन्दा देशको डिँग हाक्न सक्ने । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिक र कर्मचारीतन्त्रलाई हल्लाउँन सक्ने । कज्याउँन सक्ने । कक्षाकोठामा केही नगर्ने । तीमध्ये थोरै चाहिँ दलीय विज्ञ हँुदाहुँदै पनि कक्षाकोठामा पनि प्रभावकारी छौं ।

गर्यौं के हामीले ?

पेशाकर्मी प्र.अ.एवं शिक्षकहरुले उच्चतम् अङ्क ल्याउने विद्यार्थी बनाउँन धेरै बल गर्यौं । तीमध्ये कोहीले पढाइलाई सन्दर्भमा जोड्यौं । विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने प्रयास ग¥यौं । थोरै विद्यार्थीलाई उनीहरुको रहरमा सघायौं । सघाउँने परिवेश बनायौं । तर बजारमा बिक्ने र बिकाउँने तागत सबैमा निकाल्न सकेनौं । सबैलाई व्यावहारिक बनाउँन सकेनौं । व्यवहार र पढाइबीच अन्तरसम्बन्ध बुझाउँनै सकेनौं । पेशाधारी प्र.अ.एवं शिक्षकहरुले चाहिँ ठग्यौं । कामचोर बन्यौं । हरामीको खाना खायौं । नूनको सोझो पनि गरेनौं ।

औषतन् प्र.अ.एवं शिक्षकले चाहिँ दलीय कुरामै जिन्दगी बितायौं । विद्यालय धायौं । पाठ्यपुस्तक समातेर पढायौं । विद्यार्थीको झोलामा भएकै पाठ्यपुस्तक उसैसँग माग्यौं । उसैले जानेको कुरालाई सविस्तार बर्णन ग¥यौं । यस अर्थमा हामी प्र.अ.एवं  शिक्षक भएनौं । प्रत्युत्पादक (reproducer) बन्यौं । परिणामतः हामीले दोष्याउँने मनोवृति लियौं । पाठ्यक्रम भएन । पाठ्यपुस्तक भएन । नीति भएन । तलब भएन । अनुगमन भएन । हामी भएनवादी औषतन् प्र.अ.एवं शिक्षकहरुले विद्यार्थीको टाउकोमा निराशा थोप¥यौं । राजनीतिक रुझानले । विद्यार्थी एवं अभिभावकको ध्यान अन्यत्र मोडिदिए आफू र आफनो पेशा सुरक्षित हुन्छ भन्ने हेतुले । राजनीतिक दलको नजदिकीबाटै आफूलाई संरक्षित गर्न सकिन्छ भन्ने दृढ विश्वासी मनोदशाले । परिणामत हामीले दलीय रहत त पु¥यायौं । तर विद्यार्थी, प्राज्ञ, बजार, जीवन्तसंसार र राज्यको रहरमा बज्र प्रहार ग¥यौं ।  निजी शिक्षालयहरु खोल्यौं । त्यसैमा शेयर हाल्यौं । त्यसबाटै मान, धन आदि कमायौं । अरुहरुलाई पनि त्यसमै तान्यौं ।

अर्थात् भएन वादी औषतन् प्र.अ.एवं शिक्षकले शैक्षिक संसारमा दलीयतालाई सँस्थागत ग¥यौं । भागबण्डालाई जीवनाधार बनायौं । प्राज्ञिक दुनियाँलाई खिस्यायौं । परिणामतः सरकारी क्याम्पस र विश्वविद्यालयमा विद्यार्थी घटे । विश्वविद्यालय, सरकारी विद्यालयहरु रित्तिदै गए । अनुदान आयोग त्यसै भन्छ । अर्कोतिर निजी स्कूल र क्याम्पसमा विद्यार्थी बढिरहे । फ्ल्यास रिपोर्ट त्यसै भन्छ । हामीले दिने अङ्कहरु घटिरहे । इआरओको प्रतिवेदन त्यसै भन्छ । यी तथ्याङ्कहरु आउँनुमा दोषी को त ? अर्को बलियो प्रश्न हो । हामीले यो प्रश्नको सहज उत्तर दियौं । अनुगमन नगर्ने सरकार दोषी हो । आफनो विचार लाद्ने दाता र साहूकार विदेशी दोषी हुन् । छोराछोरीको पढाइमा उदासीन अभिभावकहरु दोषी हुन् । नीति र नीति बनाउँने शिक्षाविदहरु दोषी छन् । गतिला प्र.अ.एवं शिक्षक उत्पादन नगर्ने शिक्षाशास्त्र संकाय दोषी छ । विश्वविद्यालय र क्याम्पसका नपढाउने तथा नोट लेखाउँने प्र.अ.एवं शिक्षक दोषी हुन् । राजनीतिक दलका नेताहरु दोषी हुन् । नपढ्ने विद्यार्थीहरु दोषी हुन् ।

सबैलाई दोषी ठान्दा हामीले स्थापित गर्यौं, प्र.अ.एवं शिक्षकहरु निर्दोष छौं । क्याम्पसका शिक्षक निर्दोष छौं । हामीले त सकेको काम गरेकै छौं । के यो साच्चै हो त ? हामीले आफैंलाई चाहिँ कहिल्यै प्रश्न गरेनौं । हामीले खाएको राजस्वको रकम हो भन्ने नै बुझेनौं । घरजग्गा र बन्दव्यापारको करको पैसा हो भन्ने बुझेनौं । त्यसैले जनताको तिरेको करको रकम खाने मैले जनतालाई दोष्याउँन मिल्दैन भन्ने नै बुझेनौं । देवस्व खाँदा पाप लाग्छ भन्ने संस्कार बोकेका हामीले राजस्व खान डराएनौं । जनकर खान हिच्किच्याएनौं । यस अर्थमा हामी आर्थिक भ्रष्टाचारी बन्यौं भन्ने नै थाहा पाएनौं । नैतिक भ्रष्टाचारी भयौं भन्ने नै जानेनौं । पेशागत भ्रष्टाचारी बन्यौं भन्ने नै सोचेनौं ।

के गर्न सक्छौं हामी ?

पेशाकर्मीहरु दुईवटा काम गर्न सक्छौं । पहिलो, गरेकै काममा विकल्पहरु खोज्ने । दोस्रो, भए गरेका कामहरु अरुहरुमा पुर्याउने । सँस्थागत ढँगले । व्यक्तिगत उपायले । अरु कुनै उपायले । यसो गर्दा पेशाकर्मी समूहहरु अग्रमोर्चाका सिपाही बन्छौं । भएनवादी औषतन् प्र.अ.एवं शिक्षकलाई झक्झक्याँउन सक्छौं । पेशाधारीलाई सघाउँन सक्छौं । न सघिए वा नबदलिए तिनलाई बाहि¥याउँन सक्छौं । भएनवादी औषतन् प्र.अ.एवं शिक्षकहरुले विकल्प के होला भनी खोज्न सक्छौं ।

अरुहरुले के गरेछन् भनी हेर्न सक्छौं । तिनका जानकारीलाई सान्दर्भिकरण (contextualize) गर्न सक्छौं । मेरो सन्दर्भमा के गर्न सकिएला त भनी घोत्लिन सक्छौं । आफू दीक्षित भएको राजनीतिक दलको घोषणा र कार्यक्रम अनुसारको शिक्षालाई विद्यालय तहमा लागु गर्न सक्छौं । स्वेच्छामा दायिन सक्छौं । सक्तैनौं भन्ने मनमारा, निचमारा, हेपाहा, अल्छी, नजान्ने प्र.अ.एवं शिक्षकहरु चाहिँ व्यवस्थापक तथा शिक्षक पेशै छोड्न सक्छौं । नसक्ने हो भने बेत बसेको गाई वा जोत्न नसक्ने गोरु जस्तै थलोमा घाँसपानी माग्न सक्छौं । स्कूलमा विथोल्न नजाने प्रतिज्ञा गर्न सक्छौं । ‘हग न बाटो छोड’ को स्थितिबाट आफूलाई मुक्त राख्न सक्छौं ।

केही प्र.अ.एवं शिक्षकहरु स्थायी हुने कुरा गछौं । स्थायी सरहको सुविधा खोज्छौं । त्यस्ता प्र.अ.एवं शिक्षकले वर्षेनी शिक्षक सेवा आयोग खोल्ने व्यवस्थाका लागि पहल गर्न सक्छौं । शिक्षक महासंघमार्फत । शिक्षक युनियनहरुमार्फत । केही स्थायी प्र.अ.एवं शिक्षकको अर्को लर्को छौं । बुढो गोरुले कोरली ओगटेको अवस्थाका । तिनले दर्शन फेर्न सक्र्छौ । अनुभवविज्ञता (empiricism) को आधारमा आफूलाई बदल्न सक्छौं । समयसापेक्ष बन्ने बनाँउने विकल्पमा लाग्न सक्छौं । सक्तैनौ भन्ने हो भने थलोमै घाँसपानी माँग्न सक्छौं । बृद्धभत्ता पाए जस्तो । काम गर्नु नपर्ने दाम चाहिँ पाउँने । त्यस्तो व्यवस्थाका लागि पहल गर्न सक्छौं ।

कसैले गरेका छन् त ?

हामी सरकारी स्कूलका प्र.अ.एवं शिक्षकले गरेका अनेकन् उम्दा कामहरु छन् (हेर्नुहोस् tcmd.org) । आधुनिक प्रविधि प्रयोग गर्ने प्र.अ.एवं शिक्षकहरुले विद्यार्थीलाई स्लाइड बनाउँन लगाएका छौं । स्थानीय तहमै गाँउ वस्ती वा घटनाको छायाँकन गरेका छौं । प्र.अ.एवं शिक्षकबाटै । विद्यार्थीबाटै । गाँउलेबाटै । सुर्खेत, डडेलधुरा, तनहुँ, काभ्रे, बाग्लुङ, धादिँङ्गका केही स्कूलहरु यो कोटीमा पर्छन् । निजी विद्यालयको सिको गरेर आफनो स्कूललाई रुपान्तरण गर्ने केही प्र.अ.एवं शिक्षक छौं । निजीमा सिक्छौं । सरकारी स्कूलमा लागु गछौं ।

सिराहा, धनुषा, रुकुम, जाजरकोट, रुपन्देहीका केही स्कूलहरु यस समूहमा पछौं । आफना स्कूलका कक्षा ८ र १० का विद्यार्थीको शैक्षिक ल्याकत के कति छ भनी अरु स्कूलका प्र.अ.एवं शिक्षकबाट थाहा पाउँन जाँच लिने दिने व्यवस्था गरेका छौं । रामेछापका केही स्कूलहरु यस कोटीमा पछौं । गणित, विज्ञान र अंग्रेजी विषय सिकाउँन लमजुङका केही प्र.अ.एवं शिक्षकले स्काइपको सहायता लिएका छौं । विद्यार्थीहरु काठमाडौंका स्वयंसेवी शिक्षकबाट लमजुङमा अन्तरक्रियात्मक ढँगले पढने गर्छन् ।

सरकारी तथा गैरसरकारी सँस्थाहरुले दिएका तालिमहरुलाई आ-आफनो सन्दर्भमा कसरी लागु गर्न सकिन्छ भनी छलफल गर्ने केही प्र.अ.एवं शिक्षकहरु छौं । तिनले आफनो स्कूलका मूल्य र मान्यता अनुकुल हुनेगरी तालिममा सिकेका कुराहरुको छाँटकाँट गरेका छौं । आ-आफनो स्कूलको अनुकुल हुनेगरी लागु गरेका छौं ।

शिक्षा र उत्पादन जोडन र विद्यार्थीलाई उत्पादनमुखी बनाउँन प्रयास गर्ने केही प्र.अ.एवं शिक्षकहरु छौं । बाग्लुङका केही प्र.अ.एवं शिक्षक यस कोटीमा पर्छौ । गाउँका स्वयंसेवी शिल्पीको सहयोगमा यस्ता काम गर्नेहरु पनि हामी प्र.अ.एवं शिक्षक नै हौं । श्रोतकेन्द्र तहका प्र.अ.एवं शिक्षक र स्रोतव्यक्ति मिलेर आ¥आफनो क्षेत्रका विद्यालयहरुको वस्तुस्थिति विश्लेषण गर्नेहरु पनि हामीबीचमै छौं । विश्लेषित वस्तुस्थितिको आधारमा अब के गर्ने त भनी चिन्तन गर्ने हामै्र साथी छौं । तदनुसार शिक्षा र शिक्षणकला (pedagogy) सुधार्नेहरु हामी भित्रै छौं ।

कपिलवस्तु, धादिङ्गका केही प्र.अ.एवं शिक्षहहरु यस कोटीमा पर्छौं । विद्यार्थीलाई प्राकृतिक विपत्तिबारे अध्ययन गर्न लगाउने र त्यसकै आधारमा सिकाउँने चरिकोटमा छौं । उर्दू, हिन्दी, अरबी, अवधि, अंग्रेजी र नेपाली एकसाथ जान्न बाध्य हुने मुस्लिम बालबालिकालाई एकैपटक तीन भाषा (उर्दू, अंग्रेजी र नेपाली) सिकाउँने पुस्तक बनाउँने मौलवी र मुफतीहरु बाँकेमा छौं । उर्दू लिपीबाट अंग्रेजी र नेपाली एकैपटक सिकाउँने प्र.अ.एवं शिक्षकहरु । ज्यामी काम गर्न जाँदा कोदालो आफैं र आफनै लानुपर्छ भन्ने सोच भएका प्र.अ.एवं शिक्षकहरु हामीमै छौं । सिन्धुपाल्चोकका केही प्र.अ.एवं शिक्षकहरुले गणित र विज्ञानका काठे सामग्री आफनै खर्चमा बनाएकै छौं । विद्यार्थीलाई आफूले कथेका गीतबाटै विज्ञान र गणित जस्ता विषय पढाएकै छौं ।

आफनै खल्तीको मोबाइलबाट हिमाल, पहाड र मधेसका संस्कृति सिकाँउने हामी प्र.अ.एवं शिक्षक नै हौं । अछाम र धादिङ्गका केही विद्यालयमा त्यस्ता प्र.अ.एवं शिक्षक छौं । निजी स्कूलमा छोराछोरी पढाउँन खोज्ने आमाबुवाका चाहना सर्वेक्षण गर्ने प्र.अ.एवं शिक्षकहरु मोरङ्गमा छौं । काठमाडौंमा छौं । ललितपुरमा छौं । तदनुसार निजी विद्यालयमा झैं अंग्रेजी माध्यममा पढाउँछौं । प्राज्ञिक स्तर कायम गरेका छौं ।

अभिभावकलाई सम्मानित गर्ने र जतिवेला चाहियो त्यतिवेला सहयोग लिने प्र.अ.एवं शिक्षकहरु काठमाडौंमाा छौं । ताप्लेजुङ्गमा छौं । झापामा छौं । पाँचथरमा छौं । इलाममा छौं । चितवनमा छौं । डोटीमा छौं । गुल्मीमा छौं । राजनीतिक दलहरुको क्रियाशीलता र तिनका प्र.अ.एवं शिक्षकहरुको सहयोगमा विद्यालय सुधार्नेहरु भक्तपुरमा छौं । काभ्रेमा छौं । माइजन र नाइकेले मिलेर आफना जातजातिका बालबालिका विद्यालयमा पु¥याँउने प्र.अ.एवं शिक्षक मोरङ्गमा छौं ।

माथिका केही उदाहरणहरुले भन्छन् – प्र.अ.एवं शिक्षकहरु गर्न सक्छौं । कँही प्रधानाध्यापकको नेतृत्वले । कँही २–३ जना मनकारी स्वयंसेवी शिक्षक समूहको नेतृत्वले । कँही व्यवस्थापन समितिको क्रियाशीलताले । कँही आमा समूहको दवाबले । कँही सर्वदलीय राजनीतिक नेतृत्वले । कँही गैरसरकारी सँस्थाको सहयोगले । कँही क्रियाशील स्रोतव्यक्तिको मेहनतले । कँही जिल्ला शिक्षा अधिकारीको सक्रियताले । कँही सबै शिक्षकहरुको एकमतको निर्णयले । अर्थात् कहीं क्रियाशील पेशाकर्मी (assertive professional) भएर । कहीं वाध्यकारी पेशाकर्मी (reactive professional) भएर । यस अर्थमा गर्नेहरुले अनेकन् मोडेलहरुका अभ्यास गरेका छौं । अर्थात् नीति, लगानी, पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा प्रणाली आदि उहीँ हुँदा पनि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्र.अ.एवं शिक्षकरु हामी बीचमै छौं । कर्मचारीतन्त्रको उदासीनता र राजनीतिक दलहरुको अकर्मण्यताले गर्दा त्यस्ता धेरै प्र.अ.एवं शिक्षकहरु गुमनाम छौं । स्वनामधन्य भएर पनि गुमनाम हुन बाध्य हुनेहरु छौं ।

रहनी के त ?

पूँजीवादी र साम्यवादी देशमा सरकारी विद्यालयहरु नै गुणस्तरीय छन् । एजुकेशन इन्टरनेशनल (EI) को शव्दावलीमा गुणस्तरीय प्र.अ.एवं शिक्षक छन् । नभए बन्छन् । किनकि ती पेशाकर्मी हुन् । उनको धर्म सिक्ने हो । नयाँ विद्यार्थी पढाँउन पुरानो दिमाग काम लाग्दैन भनेर आफैं उजिल्याँउनेहरु । अनुसन्धान गरेर । अनलाइनमा पढेर । जानकारसँग साझेदारी गरेर । आफनै पैसाले योग्यता बढाएर । तालिम खोजेर । तालिम किनेर । यस अर्थमा तिनीहरु डिडिटी पचाउँने लामखुट्टे जस्ता छैनन् । हामीमध्ये धेरै त्यस्तै लामखुट्टे बनेका छौं । किनभने हामीले तालिमहरु खाएका छौं । पचाएका छौं । लागु गरेका छैनौं ।

यस अर्थमा औषतन् हामी गुणस्तरीय प्र.अ.एवं शिक्षक हैनौं । किनकि नयाँ पुस्तासँग सिक्तैनौं । सिक्ने प्रवन्ध मिलाउदैनौ।  पढाउने तरीका बदल्दैनौं । विकल्प खोज्दैनौं । पढ्दैनौं । अनुसन्धान गर्दैनौं । विद्यार्थीको पाठ्यपुस्तक पढेर फुँदा जोड्ने र विस्तार गर्ने बानी छोड्दैनौं । नोट र गाइडबुकका आश्रित छौं । हुन्छौं । यो स्थितिमा गुणस्तरीय प्र.अ.एवं शिक्षक बनौं । समाधान हामीसँगै निस्कन्छ ।
हाइटी जस्ता केही देशहरु छन् । निजी स्कूलले खाएकाहरु । आफनो देशमा सरकारी स्कूल बलियो बने बनाएको देखेर पनि गरीब देशलाई निजीको चंगुलमा फसाउँने बदमास विदेशी तथा स्वदेशी सल्लाहकारहरु पनि छौं ।

त्यस्ताले निजी स्कूलकको वकालत गछौं । त्यसैमा लगानी गर्छौं । सरकारी स्कूललाई भित्री शहरको स्कूल (inner city school) बनाउँदैछौं । समस्या मूलक । निजीलाई छाडा छोड्ने र सरकारीलाई गाभ्ने बुद्धि बोकेका कर्मचारीतन्त्र प्रकारान्तले तिनकै मतियारा भएका छौं । नभए पनि बन्दैछौं । त्यसैले मेरो दोस्रो रहनी हो–निजी र सरकारी दुवैथरि स्कूलमा गाभ्ने, गाभिने अभियान चलाऔं । विद्यालयको क्षेत्र (catchment) बाहिर पढन नपाउँने प्रबन्ध मिलाँऔं ।

केन्द्रिय संघीयता, विकेन्द्रित संघीयता र अन्तरनिर्भर संघीयता विश्वका प्रचलन हुन् । पहिलोमा केन्द्र बलियो हुन्छ । भारत जस्तो । दोस्रोमा प्रान्त बलियो हुन्छ । अमेरिका जस्तो । तेस्रोमा साम्यवादी शव्दावलीमा जनवादी केन्द्रियता हुन्छ । खाको केन्द«को । प्रयोग स्थानीय तहको । अहिलेको नेपाली शिक्षाको स्वरुप खिचिएको छैन । पूर्व सचिवहरु खिच्न क्रियाशील छन् । यसको संकेत हो  केन्द्रको खाका हुन्छ । पाठ्यक्रमको खाका । पाठ्यपुस्तकको खाका । नीति नियमको खाका । लगानीको खाका । गुणस्तरको खाका । समकक्षिताको खाका । अन्य खाकाहरु । नेपालको संघीय संविधानले भने केन्द«लाई त्यो अधिकार दिएकै छैन । स्थानीय एवं प्रान्तीय सरकारहरुले हामी नै गर्न सक्छौं भन्ने आधार पनि देखिएको छैन ।

हाम्रो केन्द्राभिमुखी सँस्कार र पंचायती व्यवस्थामा दाङ्ग, डडेल्धुरा आदि ठाउँमा गरेको अध्ययनले भन्छ – हामीसँग त्यस्तो सँस्कार छैन । गैससले सिकाएका कथित सशक्तिकरण र मानव अधिकारवालाले पढाएका कथाले पनि हामीलाई आसे नै बनाएको छ । स्थानीय सरकार र क्षेत्रीय प्रशासनका हाम्रा अभ्यासले पनि हामीलाई परामुखी नै बनाएको छ । लोकतन्त्रको वकालत गर्ने राजनीतिक दलहरुले पनि जनतालाई सार्वभौम भनेका छन् । मानेका छैनन् । यस अर्थमा हाम्रो अभ्यास हो –नेताहरु सार्वभौम हौं । छौं । प्र.अ, शिक्षक, एवं विद्यार्थी रैती हौं । नेताले पडकाँउदा त्यही गति, लय र तालमा पडकिनेहरु । तिनी मिल्दा मिल्नेहरु । छुटिदा छुटिनेहरु ।

यो स्थितिमा मेरो रहनी हो सर्वपक्षीय विचारहरुलाई मिलाउँने (encapsulte) काम गरौं । गाँउपालिकाको तहमा । नगरपालिकाको तहमा । प्रान्तीय तहमा । केन्द्रिय तहमा । सरकारका बन्ने बनाइने सबै तहमा । यसरी बने बनाइएका विचारहरुलाई लागु गरौं । परीक्षणको तहमा । कार्यान्वयनको तहमा । विचारको तहमा ।

संघीय संविधानले स्थानीय सरकारलाई शिक्षा सुम्पियो । यसको संकेत हो गुणस्तरका निर्णायकहरु गाउँपालिका तथा नगरपालिकामै छौं । हुन्छौं । हुनुपर्ने बाध्यात्मक परिस्थितिमा छौं । यस स्थितिमा हामी प्र.अ.एवं शिक्षकहरु गाँउपालिका तथा नगरपालिका स्थरमा संगठित हुनुपर्ने टडकारो आवश्यकता छ । त्यँही सरकारी नीतिको अनुकुलित (adjusted) नीति बनाउँनका लागि । पाठ्यक्रम समायोजन गर्नका लागि । स्थानीय पाठ्यपुस्तक बनाउनका लागि ।

भाषिक सह-अस्तित्व (language co-existence) को नीति तय नर्गका लागि । शैक्षिक गुणस्तर सुनिश्चित गर्नका लागि । अर्थात् पढेका विद्यार्थीमा उच्चतम् अंक, व्यावहारिक क्षमता, बजारमा बिक्ने, बिकाँउने तागत र अन्तरनिहित क्षमताको प्रस्फुटन यकिन गर्ने स्थानीय खाका बनाउनका लागि । यस क्रममा स्थानीय सरकारकै तहमा स्वेच्छाले सरुवा गर्ने गराइँने संस्कार सिर्जना गर्नका लागि । सबैलाई सिकाइ व्यवस्थापनका लागि । जनताबाटै सिक्ने र जनतालाई सिकाउँने अभ्यास सँस्थागत गर्नका लागि ।

यस स्थितिमा मेरो अर्को रहनी हो– सरकार देखाँउने प्र.अ.एवं शिक्षकको बानी बदलौं । आफूहरु मिलेर गाँउपालिका तथा नगरपालिका तहमा शैक्षिक संसदको अभ्यास थालौं । आफैमध्येको व्यवस्थापिका । आफैमध्येको कार्यपालिका । आफैमध्येको न्यायपालिका । संघीयता भए यही संविधानको तहमा । नभए स्थानीय स्वायत्त शासन ऐनको तहमा । त्यो पनि नभए शिक्षक महासंघका साधारण सदस्यहरुको जनस्तरीय संगठनको रुपमा । सचेत नागरिकको हैसियतले अनिवार्य जिम्मेवारीको तहमा । प्र.अ. हरुबाटै तत्स्थानमै व्यवस्थापकीय सुधार गर्ने प्रवन्धकारको रुपमा ।

पेशाकर्मी, पेशाधारी र भएन वादी प्र.अ.एवं शिक्षकहरु जहाँकहीँ छौं । स्थानीय तहमा । क्षेत्रीय, उपक्षेत्रीय वा प्रान्तीय तहमा । राष्ट्रिय तहमा । अहिलेको जनस्तरदेखि केन्द्रस्तरकै नेतृत्वमा भएनवादी हावी छौं । परिणामतः शिक्षामा नकारात्मक उर्जा संचारित गरिरहेका छौं । पढेर के काम ? जागिर छैन । बेरोजगार बन्ने बनाइने पढाइ छ । बुर्जुवा शिक्षा छ । सैद्धान्तिक शिक्षा छ । प्राविधिक एवं व्यावसायिक शिक्षा छैन । यी र यस्ता भएनवादी सोचहरु स्थानीय सरकारकै तहमा विनिर्माण (deconstruct) गर्नुपर्छ । पुनर्निमाण गर्नुपर्छ । नवनिर्माण गर्नुपर्छ । त्यो गर्ने काम हामी प्र.अ.एवं शिक्षककै हो । हाम्रै नेतृत्वमा हुने हो । हुनैपर्छ । यस अर्थमा मेरो रहनी हो – दगुर्ने मन र शरीरलाई ‘ओम्’ को जप औषधि हुन्छ । थाकेको शरीरलाई निन्द्रा जस्तो । भोको शरीरलाई खाना जस्तो । यसैले हाम्रा भएनवादी सोचहरुलाई स्थानीय सरकारकै तहमा छलफल गर्न थालौं । त्यहीँ समाधान खोजौं । त्यही परीक्षण गरौं । त्यहीँ भएनवादीहरुलाई गरे हुँदो रहेछ भन्ने सन्देश दिऔं ।

पेशाकर्मी प्र.अ.एवं शिक्षकहरुका अनेकन् अभ्यासहरु छन् । सबैका रहरहरुको सन्तुष्टि गर्न सकिने । पेशाधर्मी र भएनवादीहरुमा पनि राम्रा अभ्यासका अनेकन् सोचहरु छन् । भोगाइहरु छन् । तिनीहरुको कम्प्यूटर लिखत राखौं । गाँउपालिकाको तहमा । नगरपालिकाको तहमा । तिनलाई वेभसाइटमा उपलव्ध गराऔं । तत्स्थानमै विचारहरुलाई पुरस्कृत गरौं । अभ्यासहरुलाई सम्मानित गरौं । यसरी स्थानीय सरकारकै तहमा प्र.अ.एवं शिक्षकलाई सम्मान गर्ने प्रबन्ध गरौं । प्र.अ.बाटै । शिक्षकबाटै । स्थानीय सरकारबाटै । तिनका सहकर्मी संघसँस्थाहरुबाटै ।

बदल्ने कस्ले ? अधिनायकवादी शासन भए शासकको सदिच्छाले । जात-जातीय राज्य बने बनाएको भए तिनै जातजातीका माउडेहरुको लहडले । स्वायत्त प्रदेश बने बनाएको भए त्यँहीको नेतृत्वले । हामीले चाहिँ अधिनायकवादी नेतृत्व अस्वीका¥यौं । जात जातीवादी नेतृत्वलाई सांस्कृतिक संसारमा बस भन्यौं । क्षेत्रीयतालाई उदार दिलका बन भन्यौं । सार्वभौम नेताहरुलाई व्यक्तिको सार्वभौमिकता स्वीकार भन्यौं । उदार अर्थनीति सका¥यौं । व्यक्तिगत सम्पत्तिको रक्षा गर्ने कानूनी प्रावधान मान्यौं । लोकतान्त्रिक निर्वाचन पद्धति अपनायौं । यस्तो स्वीकारले हामीलाई भन्यो अब हाम्रो काम हामीले नै गर्नुपर्छ । ग्रामीण स्वाबलम्बन कार्यक्रमको सोच जस्तो । आफनो गाँउ आफैं बनाऔं भन्ने कार्यक्रम जस्तो । यसको अर्थ हो हाम्रो बुझाइ बदलौं । बदलिएको बुझाइ अनुसार हाम्रा काम गर्ने शैलीहरु बदलौं । सोचहरु बदलौं । समाधान त्यँही हुन्छ ।

कन्फेक्सनरी उद्योग बनाउँनुपूर्व जापानको मेजी सरकारको एउटा तरीका थियो । घर घरमा कन्फेक्सनरी । चकलेट बनाउनेहरु । विष्कुट बनाउनेहरु । गम बनाउनेहरु । स्थानीय सरकारको काम हुन्थ्यो बने बनाइएका कन्फेक्सनरीहरु घरघरबाटै बटुल्ने । काठमाडौंमा गलैंचा उद्योग बन्द हुँदा उद्यमीले त्यही तरीका अपनायौं । अहिले गाँउपालिकाले त्यो काम गर्न सक्छौं । नगरपालिकाले सक्छौं । यसको नेतृत्व हामी प्र.अ.एवं शिक्षकले लिन सक्छौं । हाम्रा विद्यार्थी र तिनका आमाबुवालाई पौरखी व्यक्तित्व बनाउँन सक्छौं । त्यसैले मेरो रहनी हो – क्रियाशील बनौं । बोली खानेबाट गरीखाने बनौं । बनाऔं ।

विद्यार्थीहरु धेरै जानकार भए । प्र.अ.एवं शिक्षक पछि पर्यौं । पेशाकर्मी प्र.अ.एवं शिक्षकहरुले यो कुरा स्वीकारेका छौं । पेशाधारी र भएनवादीले पनि स्वीकारौं । यो स्वीकारले हामी सिक्न थाल्छौं । अनुसन्धान गरेर । सहसिकाइको सँस्कार बनाएर । गैह्र शिक्षक (lay teachers) लाई शिक्षक बनाउँने अभ्यास गरेर । विद्यार्थीलाई परियोजनाबाट सिक्न सघाँउने अभियान थालेर । समाज बदल्ने अनेकन् कार्यक्रममा क्रियाशील भएर । प्रत्येक विषयमा व्यावहारिकता भित्रयाएर । विज्ञान खोजाएर । उत्पादनमुखी अभ्यासी वा अन्तरसंवादी बनाएर । स्थानीय, राष्ट्रिय एवं अन्तराष्ट्रिय बजारमा प्रवेश गर्ने कडीहरु सिके सिकाएर ।

यँहीनेर मेरो रहनी हो– हामी सक्छौं । किनकि स्रोतहरु जथाभावी छन् । टिप्न जाने पुग्छ । पुर्खाले दिएको बुद्धि काफी छ । जस्ले भन्छ – अम्बाको जरो औषधि हो । डाँठ पनि औषधि हो । बोक्रा औषधि हो । पात औषधि हो । फूल औषधि हो । फल औषधि हो । तर एउटै रोगका औषधि हैनन् ती । यही सूत्रले उपलव्ध स्रोतहरु चिनौं । चिनाऔं । चिन्न सघाऔं । शिक्षा बदल्ने मियो हामी नै हौं । अरुले हाम्रो अभियानमा सघाउँछन् । पेशाकर्मी प्र.अ.एवं शिक्षकहरुको अनुभव त्यसै भन्छ । पेशाधारी र भएनवादीहरु भने अरुले गरेनन् भन्न थाल्छौं । तिनले पनि मैले पो केही गर्न सक्छु कि भनी सोच्न थालौं । केही गर्ने जाँगर आउँछ । गर्न थालौं । रमाइलो लाग्न थाल्छ । हामी सुध्रिदै गए पछि राजनीतिज्ञहरु हाम्रा पछि हिड्न थाल्छन् ।

अभिभावकहरु हामीलाई सघाँउन थाल्छन् । नोकरशाही हामीलाई नसघाई घरै पाउन्न । क्रमशः हामी सबै पेशाकर्मी हुन्छौं । विकल्पहरु खोजी रहने । बनाइ रहने । हुन्छ कि भनिरहने । अभ्यास गरिरहने । अध्ययन गरिरहने, अनुसन्धान गरिरहने । यसो गर्यौं भने हामी विद्यार्थीहरुबाट सिक्न सक्छौं । सिकाउँन सक्छौं । तत्स्थानमै विज्ञता पहिल्याँउन सक्छौं । पाइताले विज्ञ barefoot बाटै आधुनिक विज्ञता चिन्न चिनाउँन सक्छौं । धार्मिक ज्ञानमै आधुनिकता जोड्न सक्छौं । खोज्न सक्छौं । यसो गर्ने क्रममा हामी स्वतः पेशाकर्मी बनिसक्छौं ।

स्केण्डेनेभियन देशहरुले प्र.अ.एवं शिक्षकलाई पाठ्यक्रमको खाका दिए । विद्यार्थीलाई पनि पाठ्यपुस्तक दिएनन् । प्र.अ.एवं शिक्षकलाई सन्दर्भपुस्तकको सूची पनि दिएनन् । तिनलाई भने उद्देश्य यँही छ । विधि तपाईको । परिणति के हुनुपर्छ भनी दिएकै छ । किताब तपाईले नै सुझाउँने हो । कोरियाले भन्यो अब बिना किताब कापीका स्कूल बनाउँने हो । रेडियो, टिभी, मोवाइल, कम्प्यूटर आदिबाट सिक्ने सिकाउने स्कूल । उनीहरुको अनुभवले भन्यो– प्र.अ.एवं शिक्षकले नै गर्न सक्छन् ।

डेनमार्क र न्यूजिलैण्डको अनुभवले पनि त्यही कुरा भन्यो । नेपालमा शंका किन ? किनकि हामी बोल्छौं । गर्दैनौं । उनीहरु जे बोल्छन् त्यही गर्छन् । यँही मेरो रहनी हो –आफू लद्दु छौं भने सिक्न थालौं । अल्छी छौं भने जाँगरिलो बन्न थालौं । गरिरहनेहरु त त्यसै छँदै छौं । हैन सक्तैनौ भने बाहना बन्द गरौं । सक्ने र चाहनेलाई ठाँउ छोडिदिँऔं । गर्ने प्र.अ.एवं शिक्षकले नै हो । अरुको आश गर्ने र अरुलाई दोष्याँउने काम बन्द गरौं । प्र.अ.लगायत शिक्षकले चाहेमा गर्न सक्छन् भन्ने ५ वर्ष स्वयंसेवी मेरो अनुभव साक्षी छ । अरुहरु स्वत सघाउन आउछन् ।

(जिल्ला शिक्षा कार्यालय सिन्धुलीले २०७३ जेठ ८ गते आयोजना गरेको ‘शैक्षिक अन्तरक्रिया तथा गोष्ठी’ मा डा.कोइरालाद्धारा प्रस्तुत कार्यपत्र: सं.)

www.edukhabar.com बाट

Posted by on May 23 2016. Filed under Slide News, दस्तावेज, पत्रपत्रिकाबाट, फोटो, शिक्षा. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “गर्ने हामी प्रधानाध्यापक र शिक्षक मात्रै हौं: – डा. विद्यानाथ कोइराला”

  1. I’m so happy to read this. This is the kind of manual that needs to be given and not the random misinformation that is at the other blogs. Appreciate your sharing this greatest doc.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com