मलाई जातिवादी भन्नेहरुको राजनीतिक चेतना कमजोर छ : उपेन्द्र यादव

????????????????????????????????????

सङ्घीय गठबन्धनका संयोजक एवं सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई विरोधीहरुले आत्मकेन्द्रित, अहङ्कारी र सङ्कीर्ण नेताका रुपमा चिन्ह्ति गर्दैआएका छन् । यस्तैखालका आरोपप्रत्यारोपका बीच उनको राजनीतिक साख र व्यक्तित्वको ओजलाई तेजोबध हुने गरी सत्ताका अभ्यासार्थीहरुले उनी नेतृत्वको पार्टीलाई विगतमा कयौंपटक चोइट्याए । पार्टी विभाजनको दर्दलाई मेट्दै उनले संविधानसभा दुईसम्म आइपुग्दा मधेशको उत्पीडन विरुद्धको आन्दोलनलाई व्यापक र राष्ट्रिय स्वरुप दिन जनजातिसम्बद्ध दलसँग एकता गर्दै सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षका रुपमा आन्दोलनलाई पुनर्गठन गरेका छन् । जसले गर्दा उनी मधेशकेन्द्रित केही मूलाधारका दलहरुबाट निरन्तर प्रहार खपिरहेका छन् । तर आन्दोलनलाई सिँहदरबारको वरपर ल्याएर राज्यसत्ताका लागि चुनौति थपिदिएको अनुभूत गर्नेहरुका लागि आदर्श पात्र पनि बनेका छन्, उनी । जारी आन्दोलनलगायत अन्य विषयमा केन्द्रित रहेर सञ्चारक नेपाल डटकमका लागि कन्सल्ट्यान्ट एडिटर अनिलकुमार कर्ण र समाचार संयोजक (काठमाडौं) विजयकुमार यादवले अध्यक्ष यादवसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीका महत्वपूर्ण सम्पादित अंशहरु : 

अध्यक्षजी, जय मधेशबाट सङ्घीय अभिवादनसम्मको यात्रा कस्तो रह्यो ?
जय मधेश र सङ्घीय अभिवादन । सङघको ‘अभिवादन’ र मधेशको ‘जय’ दुईओटैलाई जोडिएको छ । अनि सङ्घीय अभिवादन जय मधेश बनेको छ ।
तर मधेश शब्द त छुट्यो नि ?
कहाँ छुट्यो रु सङ्घीय अभिवादन जय मधेशभन्दा मधेश शब्द छुटेको छ ?
मधेश शब्दलाई अझ व्यापक बनाउनुभएको हो ?
हो, अझ व्यापक । सङ्घभित्र न मधेश छ । नेपाल जब सङ्घ बन्छ । अनि सङ्घभित्र एउटा चम्किलो स्वायत्त मधेश प्रदेश हुन्छ । सङ्घ बिनाको स्वायत्त मधेश प्रदेश हुन्छ र हुँदैन नि । सम्भव नै छैन । त्यसकारणले मधेशसँग जुन सङ्घ जोडिएको छ । त्यसले मधेशको भविष्यलाई सङ्केत गर्छ । अझ त्यसमा विशेषण थपिएको छ । मधेश शब्द छोड्ने कुरा हुँदैन । अझ कस्सिएर समातिएको छ ।
यसरी निकै फराकिलो र व्यापक भइरहँदा औंधी खुसी र गौरवको अनुभव भएको होला हैन रु मधेश शब्दभन्दा माथि उठेपछि ?
हैन, मधेशको मुद्दा छोड्ने कल्पना पनि गर्न सकिँदैन । मधेशको जगमा मधेशी जनताले जुन मुक्तिको लडाइँ लडे । जातिय, वर्गीय र क्षेत्रीय उत्पीडनबाट मुक्ति पाउन , नश्लवादी चिन्तनलाई समाप्त पार्न, आफ्नो स्वशासन र स्वायत्तता तथा समावेशितालाई सुनिश्चित गर्न मधेश आफ्नो पहिचान, स्वाभिमान र सम्मानको लाडाइँ लडिरहेको छ । त्यो लडाइँको आवश्यकता हिमाल, पहाडका आदिबासी जनजाति, दलित भन्ने शिल्पी समुदाय, सीमान्तकृत समुदाय, बहिष्करणमा पारिएका ठूलो समुदायलाई पनि छ । उनीहरु पनि त्यही अधिकार पाउनका लागि छटपटाइ रहेका छन् । मधेशले अब मधेशको मुक्तिसंगै नेपालमा मधेशीहरुजस्तै अधिकारविहीन, पहिचानविहीन र अवसरविहीन बनाएर राखिएका ती शोषित एवं पीडित जनताहरुको दर्दलाई बुझ्नु जरुरी छ । बुझेर नै हो, मधेशमा मधेशीले नै जलाएको मसाल आज हिमाल र पहाडमा जल्न थालेको छ । जुन पीडा मधेशले भोगेको छ, पहाडका आदिबासी, जनजाति, सीमान्कृत समुदायले त्यही पीडा भोगेका छन् । सबै क्षेत्रका उत्पीडित जातजातिलाई साथमा लिएर मधेश आज घाँटीमा घाँटी जोडेर एउटा संयुक्त लडाइँको अभ्यासमा नश्लवादी, एकल जातियवादी चिन्तन, सामन्तवादी उत्पीडन र शोषण तथा दमनको विरुद्धमा सिङ्गो राष्ट्रका उत्पीडित जातजाति वर्ग तथा समुदायलाई मधेशले बालेको मसालको उज्यालोमा बाटो अगाडि देखाउने प्रयास गर्दैछ । त्यो मधेशका लागि एउटा थप उपलब्धि नै मान्नुपर्छ ।


मधेशले अब मधेशको मुक्तिसंगै नेपालमा मधेशीहरुजस्तै अधिकारविहीन, पहिचानविहीन र अवसरविहीन बनाएर राखिएका ती शोषित एवं पीडित जनताहरुको दर्दलाई बुझ्नु जरुरी छ । बुझेर नै हो, मधेशमा मधेशीले नै जलाएको मसाल आज हिमाल र पहाडमा जल्न थालेको छ । जुन पीडा मधेशले भोगेको छ, पहाडका आदिबासी, जनजाति, सीमान्कृत समुदायले त्यही पीडा भोगेका छन् । सबै क्षेत्रका उत्पीडित जातजातिलाई साथमा लिएर मधेश आज घाँटीमा घाँटी जोडेर एउटा संयुक्त लडाइँको अभ्यासमा नश्लवादी, एकल जातियवादी चिन्तन, सामन्तवादी उत्पीडन र शोषण तथा दमनको विरुद्धमा सिङ्गो राष्ट्रका उत्पीडित जातजाति वर्ग तथा समुदायलाई मधेशले बालेको मसालको उज्यालोमा बाटो अगाडि देखाउने प्रयास गर्दैछ ।


मधेशी र आदिबासी जनजातिको उत्पीडन वा पीडा एकै खालको छ । तर हिजो मधेश आफ्नो पीडालाई लिएर सडकमा उत्रिँदा आदिबासी जनजातिको समर्थन देखिएन नि ?
त्यो हाम्रो कमजोरी थियो । हामीले अरुको समर्थन प्राप्त गर्ने र साथ लिने कुरामा चुकेका थियौं । त्यो हाम्रो ठहर हो । अब हामीले त्यो छुट भएका कुरालाई, त्यतिबेला गर्न नसोचेका कुराहरुलाई गर्न थालेका छौं । काठमाडौंको सिँहदरबार घेर्दाखेरि तमुवानबाट मान्छेहरु आए । मगरातबाट मान्छे आएका थिए । नेवाबाट मान्छे आएका थिए । तिब्बतको सीमानजिकको सोलुखुम्बुबाट शेर्पाहरु आएका थिए । पूर्व लिम्बुवानबाट लिम्बुहरु आएका थिए । पश्चिम दूर्गम पहाड कर्णालीबाट खसहरु आएका थिए । आउने दिनमा मधेश आन्दोलनको समर्थनमा पनि यो तस्बीर देखापर्छ । यो त भर्खर सुरुवात भएको छ ।
सिँहदरबार घेराऊमा हरेक क्षेत्र र समुदायका व्यक्तिहरु आएका थिए तर अपेक्षा गरिएजस्तो मधेशी समुदायका व्यक्तिहरु आएनन् नि ?
हामीले बढी संख्यामा बढी मान्छे उतार्ने सोचेका थिएनौं । हामीले भनेका थियौं कि यो काष्टिङ हुन्छ । भूकम्प आउनुभन्दा अगाडि पहिला अलिअलि हल्लिने पछि ठूलो भूकम्प आउने हल्लाइ हो । यो हल्लाइ मात्र हो यहाँका शासक वर्गका लागि ।
तर छ महिने लामो मधेश आन्दोलनको पराकम्प देखिएन नि सिँहदरबार घेराऊ गर्दा त ?
यसलाई त्यो ‘मधेश आन्दोलन’संग तुलना नगरौं । मधेश आन्दोलनको मोमेन्ट जुन उत्कर्षमा पुगेको थियो । त्यो उत्कर्षको मोमेन्टमलाई राज्यले बेवास्ता गर्यो । अब त्यो मोमेन्ट हिमाल र पहाडसम्म पुगेको छ । र, आज विभेदमा पारिएका सबै समुदायहरु एक ठाउँमा आउँदै छन् । एक ठाउँमा आउने जुन सुरुवात भएको छ , यसले नेपालमा नयाँ ‘रिवोल्युसन’ ल्याउँछ । त्यो ‘रिवोल्युसन’ भनेको नेपालमा सयकडौं वर्षदेखि लादिएको सामन्तवादी उत्पीडन, नश्लवादी चिन्तन, उच्चजातीय अहङ्कार र राज्यको विभेदकारी नीतिलाई चकनाचुर पारेर बास्तवमा प्रादेशिक स्वायत्तता र स्वशासन, पहिचानसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, विभेदरहित संवैधानिक राजनीतिक व्यवस्थाको दिशातर्फ लैजाने नयाँ क्रान्ति, नयाँ परिवर्तनको थालनी हो । जुनसुकै कुरा पनि सुरुवातमै ठूलो हुँदैन । सुरुमा बच्चा जन्मिदाँखेरि जवान हुन्छ त हुँदैन नि ? भूकम्पको सुरुवात सानो प्वाइन्टबाट हुन्छ । त्यसपछि जब त्यसको सक दिन थाल्छ अनि फैलिएर जान्छ । ज्वालामुखी पहिले सानो देखिन्छ । त्यसपछि त्यसको विष्फोट हुन्छ । नेपालमा पनि सातसालमा तीन/चारजना मान्छेलाई मारेपछि राणाहरुले अब ढुक्क भइयो भन्ने सोच्या थियो नि । गंगालाल, धर्मभक्त र शुक्रराज शास्त्रीलाई मारिसकेपछि यी चारजना थिए राणाका विरुद्धमा मारियो, सिद्धियो । त्यही न सोच्या थियो । चार जनाबाहेक अरु कोही देखिएनन् । तर त्यो राणा शासन के भयो त भन्दा त्यसको तीनचार वर्ष नबित्दै चकनाचुर भएर गयो । पञ्चायतकालमा पनि थोरै मान्छे थिए पञ्चायतका विरुद्धमा । तर के भइदियो भन्दाखेरि त्यो व्यवस्था ध्वस्त भयो । त्यसैले क्रान्तिको सुरुवातमा संख्याले महत्व राख्दैन । क्रान्तिको सुरुवातमा त्यसले उठाएका विचारधाराहरु र तिनले उठाएका मुद्दाहरु महत्वपूर्ण हुन्छन् क्रान्तिका लागि । भनिन्छ नि क्रान्तिमा, एउटै सलाईको काँटी एउटा जङ्गललाई जलाउन काफी हुन्छ । यहाँ त हरेकका हातमा सलाई छ ।
संख्याभन्दा नि मेरो जिज्ञासा सिँहदरबार घेराऊसँग थियो ?
सिँहदरबार घेराऊ नै हो । घेराऊ गर्ने भनेर सिँहदरबार अगाडि हामी बसेका थियौं । अब हाम्रो नीति सिँहदरबारका वरिपरि रहेका पुलिस र सेनालाई परास्त गरेर सिँहदरबारमा पस्नु थिएन । हाम्रो सिँहदरबार अगाडि उभेर र बसेर संसारलाई खास गरेर नेपालका शासकहरुलाई, सिँहदरबारका इँटाइँटालाई हाम्रो आवाजको वेभ अर्थात साउन्ड वेभले भाइब्रेट गर्नु थियो । त्यो भाइब्रेट भएको छ । त्यो भाइब्रेट गर्नमा हामी सफल भएका छौं ।


क्रान्तिको सुरुवातमा संख्याले महत्व राख्दैन । क्रान्तिको सुरुवातमा त्यसले उठाएका विचारधाराहरु र तिनले उठाएका मुद्दाहरु महत्वपूर्ण हुन्छन् । भनिन्छ नि क्रान्तिमा, एउटै सलाईको काँटी एउटा जङ्गललाई जलाउन काफी हुन्छ । यहाँ त हरेकका हातमा सलाई छ । सिँहदरबार अगाडि उभेर र बसेर संसारलाई खास गरेर नेपालका शासकहरुलाई, सिँहदरबारका इँटाइँटालाई हाम्रो आवाजको वेभ अर्थात साउन्ड वेभले भाइब्रेट गर्नु थियो । त्यो भाइब्रेट भएको छ ।


सिँहदरबार घेराऊलगायत सङघीय गठबन्धनका केही पछिल्ला कार्यक्रमहरुमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दुई/तीनओटा घटकहरुको सक्रियता खासै देखिएन नि ?
क्रान्ति वा सङ्घर्ष लामो चल्छ । यो सङ्घर्षले आमूल परिवर्तन खोजेको छ । यस्तो सङ्घर्ष जहाँ मधेशीले स्वायत्त मधेश प्रदेश, मधेशको पहिचान, उसको समावेशिता, उसको भागिदारी राज्यमा पाउन सकोस् । जहाँ आदिबासी जनजातिले स्वायत्तता, स्वशासन, समावेशिता र पहिचान प्राप्त गर्न सकोस् । यस्तो राज्य जहाँ सबैको समावेशिता होस् । नश्लवादीय र सामन्तवादीय चिन्तनको अन्त्य भएको होस् । यो भनेको एउटा क्रान्तिकारी बाटो हो । क्रान्तिकारी बाटो लामै हुन्छ । क्रान्तिको कुरा गर्नुस्, सबैले गर्छन् । तर क्रान्ति सबैले गर्दैनन् । युद्धको कुरा सबैले गर्छन् । तर साँच्चै नै युद्ध गर्नुपर्यो भने त्यो कुरा गर्ने कहाँ हुन्छ , कहाँ हुन्छ रु त्यसैले क्रान्तिको कुरा गर्नु सजिलो छ , तर क्रान्ति गर्नु गारो छ । त्यसकारण यो क्रान्तिको आरम्भ हो, आरम्भमै यतिका मान्छे जुटे । यसलाई यसरी हेरौं, यो क्रान्तिकै आरम्भमै यति मान्छे जुटे, यसले भविष्यमा के होला । म नेपालकै उदाहरण दिन्छु । माओवादी जनयुद्धको तयारी हुँदाखेरि ५०–५२ जना मान्छे मात्र थिए । त्यति थिए । हतियार क्यै पनि थिएन । कताबाट एकजनाले एउटा भरुवा बन्दूक ल्याइदिया थियो । त्यहाँबाट सुरु भएको जनयुद्ध नेपालको राज्यको मारक क्षमताभन्दा अगाडि बढ्दै गएको थियो । अत्याधुनिक रकेट लञ्चरसमेत प्राप्त गरेको थियो । अत्याधुनिक अटोमेटिक राइफल्सहरु समेत प्राप्त गरेको थियो । नेपाल राज्य र सरकारलाई सीमित दायरामा पारिदिएको थियो । नेपालका ७५ ओटै जिल्लामा नेपाल सरकारको चल्दैन्थ्यो । त्यो ठाउँमा पुर्याएको थियो नि । यहाँ त विशाल सहभागी भएका छन्, सङकेतको रुपमा ।

तपाईंले भने झैं विशाल सहभागिता भए पनि तपाईंकै सगोत्री सहयात्रीहरुको उल्लेख्य सहभागिता थिएन नि ?
हैन , यो समुन्द्र मन्थनजस्तै हो । समुन्द्र मन्थनमा को भाग लिन्छन् र को लिँदैनन् । इतिहासमा हामीले सबैलाई अवसर दिन्छौं । आउनुस् यो महान कार्यमा जुटौं । तर सबै त यो महान कार्यमा जुट्न सक्दैनन् नि । जसले आत्म बलिदान दिनसक्छ, जसले त्याग देखाउन सक्छ । जोहरु देश र जनताका लागि मर्न सक्छन् । उनीहरु नै क्रान्तिमा होमिन्छन् ।
महन्थ ठाकुर र राजेन्द्र महतोजीहरुसंग यस्तो सङ्कल्प छैन भन्न खोज्नुभएको हो ?
उहाँहरुको समर्थन छ । महन्थजीको आशिर्वाद छ र समर्थन पनि छ । म कसैलाई दोष दिन्न व्यक्तिगत रुपमा । तर यो महाअभियान सबैको वशको कुरा होइन । यो मुक्तिको अभियान हो । मुक्तिको अभियानमा जुट्नुपर्छ । हामीले सबैलाई आऊ, मुक्तिमा अभियानमा लाग भनेका छौं । जोहरु सहभागी हुन्छन् लिएर जाने हो । कसैले समर्थन गर्लान्, कोही सहभागी होलान् । कोही हामीभन्दा अगाडि पनि जान्छन् । कोही बढी भूमिकामा जान्छन् । कोही विरोध पनि गर्लान् र कोही चुप लागेर बस्छन् । तपाईंले हेर्नुभएन, महाभारतमा सबै सहभागी भएका थिए त ? युद्धका मैदानमा त योद्धाहरु नै लडेका थिए नि ।
तपाईं त कुरुक्षेत्रमा आफैँले आफैँलाई सेनापति घोषणा गर्नुभयो नि ?
त्यो गलत, भ्रामक र कपोलकल्पित कुरा हो । म त्यसमा आउँछु । महाभारतको लडाइँमा तटस्थ बस्ने पनि थिए नि । महारथीहरु पनि थिए र गैरमहारथीहरु पनि थिए । तर तिनले के पाए । केही अर्थ थिएन । यो महाभारत हो । यसमा सबै योद्धाहरुलाई आउनुस भन्या हो । कोही आएर तमाशा हेर्छन् । कोही विरोध गर्छन, कोही विरुद्धमा लाग्छन् । कोही समर्थनमा लाग्छन्, कोही युद्धमा लाग्छन् । कोही सङ्घर्षमा लाग्छन् । यो क्याटेगरी त हुने नै भयो नि दुनियाँमा ।
सङ्घीय गठबन्धनमा आन्दोलन परिचालन समिति बनेको छ । आन्दोलनलाई संयोजन गर्ने मान्छे त चाहियो नि । संयोजन गरिदिने र आन्दोलन सञ्चालन गर्ने मूल समितिको संयोजकका रुपमा साथीहरुले मैले इच्छा नगर्दा गर्दै पनि जिम्मेवारी दिनुभयो । जिम्मेवारीबाट म भाग्दिन कहिल्यै पनि क्रान्तिमा । मैले त जुन बेलादेखि होस सम्हालेको छु । जेलनेल र डण्डा खाएरै आएको हो । होस सम्हालेकै दिनदेखि ।


महन्थजीको आशिर्वाद छ र समर्थन पनि छ । म कसैलाई दोष दिन्न व्यक्तिगत रुपमा । तर यो महाअभियान सबैको वशको कुरा होइन । यो मुक्तिको अभियान हो । मुक्तिको अभियानमा जुट्नुपर्छ । हामीले सबैलाई आऊ, मुक्तिमा अभियानमा लाग भनेका छौं । जोहरु सहभागी हुन्छन् लिएर जाने हो । कसैले समर्थन गर्लान् , कोही सहभागी होलान् । कोही हामीभन्दा अगाडि पनि जान्छन् । कोही बढी भूमिकामा जान्छन् । कोही विरोध पनि गर्लान् र कोही चुप लागेर बस्छन् । तपाईंले हेर्नुभएन, महाभारतमा सबै सहभागी भएका थिए त, युद्धका मैदानमा त योद्धाहरु नै लडेका थिए नि ।


तपाईंजस्तो त्यागी व्यक्तिलाई अन्य दलका नेताहरुले किन अहङ्कारीका रुपमा चित्रित गर्छन् ?
म त्यागी पनि भन्दिनँ । मैले आफ्नो जीवनलाई जनताको मुक्तिका खातिर लगाउने हो । त्यसकारण मेरो जन्म नै कम्यूनिष्ट आन्दोलनबाट भएको हो ।
मधेशले तपाईंको भूमिकालाई स्वीकार गरेकै छ तर अन्य दलका नेताहरुले तपाईंलाई अहङ्कारी किन भन्छन् ?
म भन्छु , आउनुस ‘क्यारी’ गर्न । अगाडि बढाउनुस् । म सहयोगी बन्न तयार छु । म भन्छु उहाँहरुलाई कि आउनुस, ‘कमाण्ड’ सम्हाल्नुस । म सिपाही बनेर लड्न तयार छु । अग्रिम मोर्चाको साधारण सिपाही बनेर लड्न तयार छु । आउनुस योद्धाहरु अगाडि बढ्नुस न त ।
उहाँहरु आउन मान्नुहुन्न ?
त्यो उहाँहरुले विचार गर्ने कुरा हो । म उहाँहरुको आलोचना पनि गर्दिनँ । बदख्वाइँ गरेर हिँड्ने बानी पनि मेरो छैन । तर म के भन्छु भने यदि त्यस्तो मानसिकता छ भने म उहाँहरुलाई आउनुस, कमाण्ड सम्हाल्नुस । नेतृत्व गर्नुस त्यो क्रान्तिको, जहाँ मुक्ति हुन्छ जनताको । म सिपाही भएर युद्ध मैदानमा लड्न तयार छु ।
तपाईंले केही दिनअघि भन्नुभयो कि मधेशीहरुले एक्लैले सिँहदरबार घेराऊ गर्न सक्दैन्थ्यो । के भन्न खोज्नुभएको हो ?
जुन काम हामी एक्लैले गर्न सक्दैनौं । गर्न कठिन हुन्छ । हामी मिलेर गर्यौं भने हामी सफल हुन्छौं । आखिर मुक्ति अहिलेसम्म मधेशलाई मात्र चाहिएको हो र, यो देशमा मधेशी मात्र उत्पीडित छन् त ? मधेशीलाई मात्रै मुक्ति चाहिएको छ ? के दलित समुदायलाई मुक्ति चाहिएको छैन ? के महिलालाई मुक्ति चाहिएको छैन ? के सीमान्तकृत समुदायलाई मुक्ति चाहिएको छैन ? के आदिबासी जनजातिलाई मुक्ति चाहिएको छैन ?  समष्टिगतरुपमा जुन विपन्न वर्ग छ नि,  जसको न घरबार छ न ठेगान छ । फुटपाथमा सुत्छन्, दिउँसो प्लाष्टिकका पोलिथिनहरु खेलाबाट बटुलेर खान्छन् , त्यो वर्गलाई मुक्ति चाहिएको छैन ? जब हामी सबैलाई मुक्ति चाहिएको छ भने हामी एक्लाएक्लै लड्नुभन्दा सबैका मुक्तिका लागि हामी सबै मिलेर लड्नु बुद्धिमानी हो । तपाईं नै भन्नुस, एक्लाएक्लै लड्ने कि सबै उत्पीडितहरु मिलेर ठूलो शक्तिको निर्माण गरेर ठूलो शक्तिसँग लड्नु बुद्धिमानी हो ?
अध्यक्षज्यू, तपाईंसँग मधेश आन्दोलनको वैद्यता छ । अहिले मुक्तिकै नाउँमा धेरैओटा मधेशकेन्द्रित दलहरु छन् । ती दलहरुलाई समेटेर एउटा दल बनाउन तपाईंको विराट व्यक्तित्वले किन सकेन ?
यो मुलुकमा जुन सङ्घीयता, गणतन्त्र, समावेशिता र पहिचानको जुन सबाल स्थापित भइरहेको छ । त्यो मधेश आन्दोलनको देन हो । तपाईंलाई मैले एक दुईओटा कुरा भन्नैपर्ने हुन्छ । मधेश आन्दोलनमा मधेशियामाथि पहिलो गोली चलाउने कुनै पहाडिया थिएनन् , मधेशिया नै थिए । मधेश आन्दोलनलाई दमन गर्नुपर्छ र यसलाई सिध्याउनु पर्छ भनेर त्यस बेलाको मन्त्रिपरिषदमा प्रस्ताव राख्ने कुनै पहाडिया थिएनन्, मधेशिया नै थिए । त्यसपछि मधेश आन्दोलन गर्ने नेतालाई मार्नुपर्छ भनेर भैरहवा, गौरलगायतका ठाउँहरुमा आक्रमण गर्ने बेलामा मधेशिया नेता नै थिए, पहाडिया नेता त्यहाँ थिएनन् । रमेश महतो लहानमा ढलिसकेपछि राति १२ बजे लाश चोर्ने र लिएर भाग्ने पनि त मधेशिया नेता नै थिए । त्यसकारणले म सधैँ भन्ने गर्छु कि मान्छेलाई अनुहारले होइन, विचारले चिन्नुपर्छ । व्यवहारले चिन्नुपर्छ र चरित्रले चिन्नुपर्छ । मधेशी हुँदैमा मधेशी समुदायको हितमा मात्र काम गर्छन् भन्ने सोच्नु हुँदैन । पहाडी हुँदैमा पहाडी समुदायका लागि मात्र हितकर हुन्छ भन्ने सोच्नु हुँदैन । पहाडी हुँदैमा पहाडेका लागि मात्र हितकर हुन्थ्यो भने आज पनि पहाडमा कुसुण्डाहरु जङ्गलमा बस्छन् । आज कर्णाली प्रदेश वा कर्णाली क्षेत्रमा मान्छे खान लाउन पाइरहेका छैनन् । पहाडी हुँदैमा पहाडीको हित मात्रै गथ्र्यो भने भूकम्पपीडितको राहत भ्रष्टाचार गरेर त्यहाँका जनतालाई प्लाष्टिक मुनि जाडोमा कठ्याङिग्रएर मर्नुपर्ने स्थिति आउन दिदैन्थ्यो । पहाडिया शासक हो नि । त्यसकारणले म भन्छु, चिन्तन जातीय र वर्गीय पनि हुन्छ । मूल कुरा अनुहार होइन उसको विचार, व्यवहार चरित्र र मुद्दा हो ।


मधेश आन्दोलनमा मधेशियामाथि पहिलो गोली चलाउने कुनै पहाडिया थिएनन्, मधेशिया नै थिए । मधेश आन्दोलनलाई दमन गर्नुपर्छ र यसलाई सिध्याउनु पर्छ भनेर त्यस बेलाको मन्त्रिपरिषदमा प्रस्ताव राख्ने कुनै पहाडिया थिएनन्, मधेशिया नै थिए । त्यसपछि मधेश आन्दोलन गर्ने नेतालाई मार्नुपर्छ भनेर भैरहवा, गौरलगायतका ठाउँहरुमा आक्रमण गर्ने बेलामा मधेशिया नेता नै थिए , पहाडिया नेता त्यहाँ थिएनन् । रमेश महतो लहानमा ढलिसकेपछि राति १२ बजे लाश चोर्ने र लिएर भाग्ने पनि त मधेशिया नेता नै थिए । त्यसकारणले म सधैँ भन्ने गर्छु कि मान्छेलाई अनुहारले होइन, विचारले चिन्नुपर्छ । व्यवहारले चिन्नुपर्छ र चरित्रले चिन्नुपर्छ ।


मधेशकेन्द्रित दलहरुका बीचमा विचार, व्यवहार र मुद्दामा समानता देखिन्न नि त ?
मलाई त्यस्तो लाग्दैन । हामी सङ्घीयता, समाजवाद, लोकतन्त्र र सामाजिक न्यायका लागि लडेका छौं । समाजवादी लोकतन्त्र हाम्रो विचारधारा हो । त्यसका लागि जातिय विभेदहरु अन्त्य गर्नका लागि हामी सङ्घीयता भन्छौ । वर्गीय विभेदहरु अन्त्य गर्नका लागि हामी समाजवाद भन्छौ । हाम्रो बाटो स्पष्ट छ, संघीयतासहितको । रियल समाजवादका पक्षमा छौं हामी । कम्यूनिष्टहरुको समाजवाद होइन । हामीले लोकतन्त्रसहितको समाजवाद भन्छौ । मानव स्वतन्त्रता र सम्मानसहितको समाजवाद । हाम्रो विचार स्पष्ट छ । यहाँ अनुहारका आधारमा विचार बन्ने होइन । हामी भन्छौ, मधेश आन्तरिक उपनिवेशीकरणको शिकार भएको छ । त्यसबाट मुक्ति पाउनुपर्छ । मधेशले स्वायत्तता, स्वशासन, समावेशिता र उसको पहिचान र स्वाभिमान पाउनुपर्छ । हाम्रो नीतिले भन्छ ।
अधिकांश मधेशीकेन्द्रित दलहरुका विचार र नीति पनि त यस्तै हुन् नि ?
मैले त्यस्तो पाएको छुइनँ । म आलोचना गर्न चाहन्नँ । केही मधेशको दलहरुले पहाडियलाई गाली गर्यो भने आफूलाई आत्मसन्तुष्ट भएको ठान्दछन् । न कुनै दर्शन छ न कुनै विचारधारा छ । न कुनै नीति छ नत कुनै कार्यक्रम छ । न कुनै सिद्धान्त छ । फेरि त्यही मधेशमा गएपछि यिनी यादव हुन्, यिनी बाहुन हुन् र फलानो पचकुनिया हुन् भनेर गाली गर्न थाल्छन् । अनि जातपातमा जान्छन् । जातपातभित्र पनि आफ्ना नजिकका नातेदारमा पुग्छन् । त्यो विचारधाराको राजनीति नै होइन । त्यो राजनीतिको एउटा विकृति हो ।
तपाईमाथि पनि जातिवादीको आरोप लाग्दैआएको छ नि ?
आरोप लागाउनेहरु आरोप लगाउँदा लगाउँदै सिद्धिए । प्रमाणित त भएन र भविष्यमा पनि हुनेवाला छैन समाजवादीहरु जतिवादी हुनै सक्दैनन् । हामी बरु नश्लवादी र जातिवादीका विरुद्धमा छौं । हामी समाजवादी हौं । समाजवाद र जातिवाद एक ठाउँमा अट्नै सक्दैन । समाजवाद भनेकै जातिवाद र नश्लवादका दुश्मन हुन् ।
अध्यक्षज्यू, राष्ट्रिय मधेश समाजवादी पार्टीजस्ता मधेशका सानासाना दलहरुसँग एकाकार हुने कुरो कहाँसम्म पुग्यो ?
कुरा भइररहेको छ । राम्रै सौहाद्रता छ ।
एकीकरणको कुरा भाएको थियो नि ?
अब त्यो भविष्यमा असम्भव छैन । अहिले तत्कालै आन्दोलनमा भएकाले हामीले आन्दोलनलाई महत्व दिइरहेका छौं ।
कहाँसम्म पुग्यो ?
हैन कुरा राम्रै छ । हामीबीच राम्रो सम्बन्ध भएको छ । भविष्यमा अझ राम्रो भएर जान्छ । यो नै उपलब्धि हो अहिलेका लागि ।
सम्बन्धभन्दा एकीकरणबारे मेरो जिज्ञासा छ ?
हामी धेरैलाई मधेशमा वा पहाडमा रहेका विचार र मुद्दा मिल्नेहरुसंग एकीकरण गर्दै अगाडि बढ्दै गएका छौं । त्यसको उदाहरण त हामी आफैँ हौं नि । मैले भने नि अनुहार मात्र आधार होइन, विचार, नीति कार्यक्रम र सिद्धान्त पनि मूलआधार बन्नुपर्छ । मुद्दाहरुका आधारले एकता गराउँछ ।
किन उपेन्द्र यादवजीलाई उनकै पार्टीका नेताहरु जोहरु पार्टी छोडेर जान्छन् अथवा अन्य दलका नेताहरुले समेत आत्मकेन्द्रित र अहङ्कारी भनेर भन्दा रैछन् ?
हैन, यस्तो भन्नेहरुले आफैँ मभन्दा राम्रो गरेर देखाए भैगो नि ।
तपाईं त उनीहरुका बुझाइमा निरङकुश पनि हुनु हुँदोरहेछ त ?
हैन, उहाँ त किन पोइल जाने अर्कासंग । आफैँ गरेर देखाउनु न । कोही मन्त्री पदका लागि बिक्न गए, कोही गए दुईचार कौडीमा कुखुराको भाउ र खसीको भाउमा बिकेर गए । हैन र ? कुखुराको भाउ र खसीको भाउमा बिक्नेहरु जो अहिले आफैँ पतित भए उनीहरुले अरुतर्फ औलो ठड्याउने होइन । म त भन्छु कि मभन्दा राम्रो गरेर देखाए हुन्छ । कमीकमजोरी मेरा पनि होलान् । गलती मेरा पनि होलान् । त्यसका बाबजूद म निरन्तर लागिरहेको छु । मभन्दा राम्रो गरेर देखाउनुस् न, मत मान्न तयार छु नि ।
के उनीहरुले डाहा गर्या हुन् त ?
हैन, मैले डाहा गर्या पनि भन्दिनँ । राजनीतिक चेतना नै कमजोर भएर हो । राम्रो काम गर्नेलाई मैले स्वीकार्नुपर्छ । गएकाहरुले राम्रो काम गर्दिया भए त हुन्थ्यो नि । तर यहाँ जुन अवस्थामा थिए, त्यो अवस्थाबाट झन् गिरे नि दुख त लाग्छ नि ।
प्रदर्शनलाई काठमाडौंकेन्द्रित बनाउनु भयो नि । ओली सरकारले त सुन्ने छाँटकाँंट नै देखाउदैनन् ?
हैन । यस्तो सरकारले कहिले पनि सुन्दैन । यसलाई घोक्रेठ्याक लगाउनुपर्छ । नश्लवादी चिन्तन, सामन्तवादी चरित्र र उच्चजातीय अहङ्कार बोकेको सरकार र त्यसको नेतृत्व गरेका व्यक्तिहरुले संसारमा कहाँ सजिलै सुन्या छन् र ? जनताले विद्रोह गरेर नघोक्र्याउञ्जेल ऊ ठेकानमा आउँदै आउँदैनन् । यो त इतिहासले साबित गरेको छ ।
त्यो शक्ति र सामथ्र्य त अहिले तपाईंहरुको भइसकेको छैन नि ?
हैन । त्यो शक्ति र सामथ्र्य जनतामा छ । अपार र अपराजय शक्ति भनेको जनतामा छ । ती जनता चेतनशील र संगठित हुदै गएका छन् । शासकको निन्द्रा चाहिँ कम हुँदैगएको छ ।
तर जनता भनेको त आदिबासी, जनजाति र मधेशी मात्र होइनन् नि ?
होेइन । मैले विपन्न वर्ग पनि भनेँ । शोषित र पीडित अन्य जाति । शोषित र पीडित उच्चजातिका मान्छेहरु पनि मैले अघि भनेँ । पोलिथिन कलेक्सन गर्ने भनेँ । त्यहाँ त जातिवाद पनि छैन । राति हेर्नुहोला, हजारौं बालबालिका सडकका पेटीमा सुतिरहेका हुन्छन्, तीमध्ये कोही त ओली पनि होलान् नि । के केपी ओलीले मेरो जातभाइ भन्छन् ? कोही त कोइराला पनि होलान् नि । त्यहाँ कुनै कोइरालाले यिनी मेरा नातेदार हुन् भन्छन् र भन्दैनन् । किनभने शोषित वर्गको जात नै अलग हुन्छ । उच्चवर्गको जात नै अलग हुन्छ । त्यसकारण मैले अघि भनेँ कि वर्गीय र जातीय दुवै चिन्तनहरु दुवै खालका उत्पीडनहरु छन् । त्यसमा लैङ्गिक असमानता र विभेद पनि छ महिलाहरुको सन्दर्भमा । वर्गीय शोषण भनेको विपन्न वर्गलाई सभ्रान्त वर्गले उत्पीडन र शोषण गर्ने । राज्यसत्ता र शक्ति सभ्रान्त वर्गले कब्जा गर्ने अनि आफ्नो लागि मात्र नीति निर्माण गर्ने । यो वर्ग र दिनरात परिश्रम गरेर खानबस्न पनि नसक्नेका बीचमा भिन्नता छ । भुइँ यथार्थ हो यो । त्यसकारणले हामीले भनेको समाजवाद तिनै वर्गका लागि हो र सङ्घीयता, पहिचान, स्वशासन, स्वायत्तता भनेको जातीय उत्पीडनहरु अन्त्य गर्नका लागि हो । हाम्रो बाटो र चिन्तन स्पष्ट छ । हामी कुनै पनि ठाउँमा ‘कन्फ्यूज्ड’ छैनौं ।
भनेपछि ओलीलाई घोक्रेठ्याक नलगाइँदासम्म आन्दोलनका कार्यक्रमहरु जारी रहन्छ ?
हैन । सरकार परिवर्तन भयो भने एउटा ओलीको ठाउँमा अर्को ओली आउँलान्, ओलीको ठाउँमा कुनै दिन भट्टराई आउलान् । कुनै दिन नेपाल आउलान् । कुनै दिन दाहाल आउलान् । तर यो प्रवृति रहुञ्जेल त कहाँ सुन्छन् र ?
ओलीको ठाउँमा कोइराला र प्रचण्डलाई ल्याउन तपाईंहरु पनि जुट्नु हुन्छ त बीच-बीचमा ?
हैन । राज्यसत्तालाई हल्लाउने कुरा हो । एकधक्का दियो उताबाट र अर्को धक्का दियो यताबाट । त्यो अलग कुरा हो । हिजो चाहिँ कोइराला हुँदा पनि त हाम्रो मान्छेले लडेर बलिदान नै दिएका हुन् । राजा हुँदा पनि हाम्रो मान्छे लडेर बलिदान नै दिएका हुन् । ओली हुँदा पनि लडेर बलिदान नै दिएका छन् । बाबुराम भट्टराई हुँदाखेरि पनि लडेकै हुन् । त्यसकारणले यसमा के अन्तर पर्छ भने एकलजातिय सत्ता, नश्लवादी चिन्तन र सामन्तवादी चरित्र जबसम्म राज्यमा रहिरहन्छ, तबसम्म जनताले नलडिकन त्यसलाई भत्काउन सक्दैनन् । क्रान्ति भनेकै यही हो ।
ओली सरकार ढाल्न केही दिनअघि भएको अभ्यासमा काँग्रेस सभापति शेरबहादुर देउवाले मधेशकेन्द्रित दलहरु सहमत भइसकेको बताएका थिए नि ?
हैन, त्यो कुरा अलिक तोडमरोड भएको छ । हामी सत्ताका खेलमा छैनौं । सत्तामा सहभागी हुँदैनौं । तर हामी लडाइँका मैदानमा छौं । हाम्रा विरोधीहरुलाई पनि एक ठाउँ हुन दिँदैनौं । हाम्रो घोषित नीति नै त्यही हो । युद्धको नियम हो, यो एक्सपोज गर्ने कुरा पनि होइन । युद्धको नियम के हो भने आफ्ना विपक्षीहरुलाई विभाजित गर्नुपर्छ । र, आफ्ना समर्थकहरुलाई एकजुट पार्नुपर्छ । यो त युद्धको नीति हो नि ।


हामी सत्ताका खेलमा छैनौं । सत्तामा सहभागी हुँदैनौं । तर हामी लडाइँका मैदानमा छौं । हाम्रा विरोधीहरुलाई पनि एक ठाउँ हुन दिँदैनौं । हाम्रो घोषित नीति नै त्यही हो । युद्धको नियम हो, यो एक्सपोज गर्ने कुरा पनि होइन । युद्धको नियम के हो भने आफ्ना विपक्षीहरुलाई विभाजित गर्नुपर्छ । र, आफ्ना समर्थकहरुलाई एकजुट पार्नुपर्छ । यो त युद्धको नीति हो नि ।


सत्ता परिवर्तनताका भारत र चीनको संलग्नताको ‘डिस्कोर्स’ के हो ?
दुवै हाम्रा मित्र हुन् । दुवै हाम्रो देशको हित चाहने मित्रहरु हुन् ।
सत्ता परिवर्तनका अभ्यासहरुमा एउटाले सघायो अर्कोले बिगार्यो भनिन्छ नि ?
त्यसमा म ती देशहरुलाई दोष दिन्नँ । त्यो दोष हामीमै छ । सत्ताका लागि यदि हामी बाहिरीको चाकडी, चाप्लुसी र सत्ता प्राप्तिका लागि विदेशीको जुत्ता चाट्न गयौं भने उनले त एउटा जुत्ता चाट्यौं भने अर्को जुत्ता पनि थाप्छन् त । थाप्दैनन् त ? त्यो कमजोरी विदेशीको होइन, त्यो कमजोरी, गलती, अकर्मण्यता हाम्रै यहाँका नेताहरुको हो ।
यस्तो कुराहरुमा मधेशकेन्द्रित दलहरु मात्रै किन बदनाम छन् ?
जो कमजोर हुन्छ, उही बदनाम हुन्छ । मधेशीहरु कमजोर छन् । आदिबासीहरु कमजोर छन् । त्यसैले उनैलाई बदनाम गर्छन्, हेपेका पनि उनैलाई छन् ।
काठमाडौंबाट मधेश कहिले फर्किदैँ हुनुहुन्छ ?
मधेशमा आवतजावत भइरहेको छ ।
तर कार्यक्रम त काठमाडौंकेन्द्रित छ नि ?
केही कार्यक्रम मात्र काठमाडौंमा छन् । देशभरि नै कार्यक्रम छ । मधेशमा नि कार्यक्रम छ । पहाडमा पनि छ । १६ गते वीरगञ्जमा । १७ गते पोखरामा ।
ठूलो कार्यक्रम ?
हेर्नुस, क्रान्ति र परिवर्तन इच्छाअनुसार मात्र हुँदैन । त्यसका लागि मनोगत र वस्तुगत स्थिति तयार हुनुपर्दछ । मनोगत स्थिति भनेको जनताले सत्ता र संविधानलाई अस्वीकार गर्ने परिस्थिति हो । यसलाई हामी मान्दैनौं भन्ने जनताको स्थिति । अर्को हो, सांगठनिक र भौतिक रुपले त्यही अनुसारको तयारी । यी दुई कुरा मिल्यो भने मात्र क्रान्ति सफल हुन्छ । अहिले हामी नयाँ क्रान्तिको प्रयासमा छौं । सुरुवातमा छौं । त्यसको बीऊ छरिएको छ । सबै शोषित र उत्पीडित जाजाति, वर्ग र समुदायहरुको एकतामा आधारित उत्पीडनहरुलाई अन्त्य गर्ने राष्ट्रिय मुुक्ति आन्दोलनको सुरुवातमा छौं । साँच्चै भने हो भने ‘नेशनल लिबरेसन मुभमेण्ट’को बीऊ छर्ने काम भएको छ अहिले ।

http://www.sancharaknepal.com बाट

Posted by on May 24 2016. Filed under Breaking News, Slide News, अन्तरवार्ता, पत्रपत्रिकाबाट, फोटो. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

4 Comments for “मलाई जातिवादी भन्नेहरुको राजनीतिक चेतना कमजोर छ : उपेन्द्र यादव”

  1. Hi! Would you mind if I share your blog with my myspace group? There’s a lot of folks that I think would really appreciate your content. Please let me know. Cheers

  2. wmoepiguy imkdp wyuvyjs bbox mqikngigwvtnqeg

  3. A doctor will be able to determine if viagra jokes is right for you.

  4. How significantly of an special post, keep on posting much better half

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com