समितिले बुझायो सरकारलाई सञ्चार नीति (प्रतिवेदनको पूर्ण पाठसहित)

समितिले बुझायो सरकारलाई ‘समानुपातिक समावेशी’ सञ्चार नीति (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं – सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले आज प्रस्तावित आमसञ्चारसम्बन्धी आधारभूत नीति तथा सिद्धान्त सरकारलाई बुझाएको छ ।

सञ्चार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी सूचना तथा सञ्चार मन्त्री शेरधन राईमार्फत आमसञ्चारसम्बन्धी आधारभूत नीति तथा सिद्धान्त बुझाएको हो ।

समितिले प्रस्ताव गरेको २१ वटा बुँदाको दोस्रो बुँदामा राष्ट्रिय एकताको प्रबर्द्धनद्वारा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामुूलक सञ्चार प्रणालीको विकास गरिनुपर्ने उल्लेख छ ।

त्यस्तै समाचारमूलक अनलाइन माध्यमलाई पनि वर्गीकरण गरी अन्य समाचार माध्यम सरह सुविधा र नियमनको व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

सञ्चार उद्योगमा राष्ट्रिय लगानीको लागि प्रोत्साहन गर्ने, नेपाली जनताको विचार र अभिव्यक्ति स्वतन्त्रता र राष्ट्रिय हितमा असर नपुर्‍याउने गरी विदेशी लगानी खुल्ला गर्नुपर्ने अवस्थामा सम्पादकीय स्वतन्त्रताको सुनिश्चिताको निम्ति विशेष शर्तहरु तोकी पत्रकार, कामदार र कर्मचारी नेपाल नागरिक मात्र रहने व्यवस्था गर्त र लगानीकर्ताको भूमिका निर्णायक नहुने गरी व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

मिडिया एकाधिकार र सघनताबाट उत्पन्न हुनसक्ने नकारात्मक परिणामलाई निरुत्साहन गर्न छापा र विद्युतीय प्रकाशन, प्रशारण एउटै व्यक्ति, परिवार वा समूहलाई स्वामित्व निर्णायक हिस्सा नहुने गरी आवश्यक कानुनी व्यवस्था मिलाउने पर्ने उल्लेख छ ।

सरकारी विज्ञापनको समानुपातिक वितरण, पत्रकार, कर्मचारी, कामदारहरुको श्रम विवाद लगायतको समस्या समाधान गर्न राष्ट्रिय आमसञ्चार प्राधिकरणको गठन गरिनुपर्ने, उच्चत्तम व्यवसायिक अभ्यासका लागि सीप तथा दक्षता अभिवृद्धि गर्न राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्नुपर्ने उल्लेख छ ।

जेष्ठ पत्रकार सम्मान वृत्ति कोष स्थापना गर्नुपर्ने, विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउने नीति अवलम्बन गर्ने र प्रशारण अनुमति लिइसकेका टेलिभिजन च्यानललाई अवधि तोकेर विज्ञापनरहित बनाउन आवश्यक व्यवस्था गर्ने उक्त नीतिमा उल्लेख छ ।

प्रस्तावित आधारभूत नीति तथा सिद्धान्त सूचना तथा आमसञ्चारसम्बन्धी उच्चस्तरीय समितिका अध्यक्ष काशिराज दाहालले वाचन गरेर सञ्चार मन्त्री शेरधन राईलाई बुझाएका हुन् । हस्तान्तरण गर्ने क्रममा अध्यक्ष दाहालले लोकतन्त्र संस्थागत गर्न प्रस्तावित नीतिले राज्यलाई सहयोग पुर्‍याउने दाहालले दाबी गरे ।

DSC00528

 

नीति तथा सिद्धान्त पूर्णपाठ

Aamsanchar niti 2073

Posted by on May 29 2016. Filed under दस्तावेज. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

10 Comments for “समितिले बुझायो सरकारलाई सञ्चार नीति (प्रतिवेदनको पूर्ण पाठसहित)”

  1. Cannot best dose for daily cialis online pharmacy soft mail.

  2. Debbie,I just wanted to come back by and say ‘thank you’ for your sweet, kind words of enmruoagecent. I so needed to hear them. Sending you a great big ((hug)) from Florida!! And again, thank you!

  3. whoah this blog is wonderful i like reading your articles.

  4. Thanks so much for the post.Really thank you! Awesome.

  5. 1000s of Show Gambler, since the Lastly associated with Sept ..

  6. Good blog! I really love how it is easy on my eyes and the data are well written. I am wondering how I could be notified whenever a new post has been made. I have subscribed to your feed which must do the trick! Have a nice day!

  7. Pfrzyo Keep up the good work, I think you are doing a good job

  8. Way cool! Some extremely valid points! I appreciate you penning this post and also the rest of the website is extremely good.

  9. A big thank you for your article.Really thank you! Will read on…

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com