आन्दोलनको सम्बोधन नै राष्ट्रको समाधान हो : परराष्ट्रविद रमेशनाथ पाण्डे

ramesh3

संघीय गठबन्धन पछिल्लो समय काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेको छ यसै प्रसंगमा समसामयिक राजनीति र जारी आन्दोलनसँग केन्द्रित भएर पूर्व परराष्ट्र मन्त्री तथा परराष्ट्रविद रमेशनाथ पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंशः

संघीय गठबन्धनको नेतृत्वमा काठमाडौंमा जारी आन्दोलनलाई कसरी लिनु भएको छ?
आन्दोलन किन भइरहेको छ, पहिले त्यो बुझ्न जरुरी छ । आन्दोलनको मर्म बुझ्न जरुरी छ । आन्दोलन हुनुको मुख्य कारण के हो, सरकार यसमा प्रष्ट हुनुपर्छ । मधेश आन्दोलन काठमाडौं उक्लेको छ । जतिबेला मधेशमा आन्दोलन भयो, त्यतिबेला एक थरिका मान्छेले के हल्ला चलाए भने यो आन्दोलन विखण्डनवादी छ, राष्ट्रिय एकताको विपक्षमा छ, नेपाललाई टुक्र्याउने खालको छ । त्यही आन्दोलन चर्को असन्तुष्टिका साथ अहिले काठमाडौं आएको छ । यो आन्दोलनमा मधेशका जनता मात्रै छैनन् । देशको हरेक भू–भागका जनता यसमा सहभागी छन् । मधेशीसहित आदिवासी जनजाति, थारु, दलित, लिम्बूवान, मगरात, खसलगायत सबै समुदायका जनता यो आन्दोलनमा होमिएका छन् । मधेशी जनताको आन्दोलन विखण्डनवादी थियो भन्नेहरूलाई आन्दोलनको यो स्वरुप र सहभागिताले एउटा गतिलो झापड दिएको छ । यसबाट राज्यले बदमासी गरेको प्रमाणित हुन्छ । जारी आन्दोलनमा देखिएको सहभागिताले प्रष्ट पारिदिएको छ, यो आन्दोलन जायज छ । सरकारले तत्काल वार्तामार्फत् माग सम्बोधन गर्नुपर्दछ ।
यसरी आन्दोलन हुनु पछाडिको मूल कारण के हो जस्तो लाग्छ?
२०६३ सालतिर मधेशमा भीषण आन्दोलन भयो । त्यो आन्दोलन ऐतिहासिक थियो । तत्कालीन सरकारमा सहभागी तीन दल र आन्दोलनकारीबीच सम्झौता भयो । सरकारले बाकाइदा सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौता भनेकै पालना गर्नलाई हो, ढाट्ने वा बेइमानी गर्नलाई होइन । विगतमा आन्दोलनकारीसँग भएको सहमति वा सम्झौता पालना गर्ने प्रमुख दायित्व सरकारको हो । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले त्यो सम्झौता अक्षरस पालना गर्नुपर्दछ । यो उनीहरूको दायित्व हो । प्रमुख तीन दलले त्यो सम्झौता पालना नगरेर मधेशलाई आन्दोलनमा जान बाध्य पारेका छन् । जिम्मेवारीबाट पन्छिएर तीन दलले बेइमानी गरिरहेका छन् । मूल कुरा के हो भने नेपाल सरकारले वा तीन दलले नेपालको एउटा वर्ग, समुदायसँग विगतमा गरेको सम्झौता पालना गर्नुपर्छ कि पर्दैन? सम्झौता गरिसकेपछि कार्यान्वयन गर्नुपर्दैन? तीन दलले यसमा बेइमानी किन गरेको ?


आन्दोलनमा सहभागी बाहेकका जनताको मागलाई पनि व्यापक रुपमा समेटिनुपर्यो । आन्दोलनकारीले खुट्टा कमाउनु भएन । हतास वा निराश पनि हुनुभएन । जीत सुनिश्चित छ । परिवर्तन हुन्छ नै । सबै वर्ग र समुदायलाई समेटेर यसरी नै अघि बढियो भने चाडै नै यो आन्दोलनले राष्ट्रिय स्वरुप हासिल गर्नेछ ।


सरकारले विगतका सम्झौता लागू गरेन भने?
मधेशसँग भएको सम्झौता लागू नगर्ने हो भने नेपाल सरकार र तीन दलको विश्वासनीयता रहँदैन । सम्झौता लागू भएन भने नेपाली जनताको मात्र होइन, अन्तर्राष्ट्रिय समुदायको समेत नेपाल सरकारप्रतिको विश्वासनीयता गुम्न सक्छ । विश्वासनीयता कायम राख्नका लागि पनि सरकारले मधेशसँग न्याय गर्नुपर्दछ । मधेशसँग भएको सम्झौता सरकारले तत्काल अक्षरस कार्यान्वयन गर्नुपर्छ । सरकारले विगतको सहमति र सम्झौता लागू गर्न बेइमानी गरेकोले यो संविधान विवादित बनेको हो, र देशको विभिन्न भागमा आन्दोलन भएको छ । जनता सडकमा उत्रिएका छन् । यसकारण पनि जारी आन्दोलनको औचित्य प्रमाणित हुन्छ । सम्झौता लागू नगरी सरकारलाई सुखै छैन ।


२०४७ वा २०६३ साल अघिका आन्दोलनहरू कैयौं महिना वर्षसम्म शिथिल थिए । औपचारिकतामा सीमित थियो । बीस पच्चिस जना मानिसहरू रत्नपार्कमा आएर बस्थे । नेताहरू एक घन्टा बसेर जान्थे । त्यो कसरी चलिरहेको थियो ? सबैलाई थाहा छ । त्यसबेलाको सरकार पनि यो आन्दोलन शिथिल छ, कमजोर छ, गति लिन सक्दैन, तुहिएर जान्छ भन्दै दंग परेर बसेको थियो । तर, परिणाम के भयो ? परिवर्तन कसरी आयो ? ती सरकार कता बढारिए ? जनजाहेर छ । जनताको आन्दोलनलाई कसैले पनि कम आँकलन गर्नु हुँदैन, जनताको आवाजलाई बेवास्ता वा उपेक्षा गर्न हुँदैन ।


आन्दोलनलाई समग्रमा कसरी बुझ्न सकिन्छ?
उपेन्द्र यादवको नेतृत्वमा काठमाडौंमा भइरहेको आन्दोलन विफल भयो भने राष्ट्र विफल हुन्छ, नेपाल सरकार विफल हुन्छ, प्रमुख तीन दल विफल हुन्छन् । जारी आन्दोलन सफल भए नेपाल सरकार वा प्रमुख तीन दल पराजित हुँदैनन् । आन्दोलनको सफलता सरकारको सफलता हो । बरु आन्दोलन असफल भयो भने नेपालको राष्ट्रिय एकता खतरामा पर्छ । आन्दोलन तुहियो भने यसमा नेपाल सरकारसहित तीन दलको पनि हार हुन्छ । आन्दोेलनलाई यथास्थितिमा बुझ्ने होइन, देशको व्यापक हितमा यसलाई बुझ्न जरुरी छ ।
सरकार र खासगरी प्रमुख तीनको भूमिका वा रवैया कस्तो लागेको छ?
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीको समस्या के हो भने उनीहरू आफ्नै अनुभवलाई सम्झिदैनन् । उनीहरू इतिहास पढ्दैनन् । इतिहासमा घटनाहरू कसरी हुन्छन्, परिवर्तन कसरी हुन्छ, त्यसको हेक्का राख्दैनन् । २०४७ वा २०६३ साल अघिका आन्दोलनहरू कैयौं महिना वर्षसम्म शिथिल थिए । औपचारिकतामा सीमित थियो । बीस पच्चिस जना मानिसहरू रत्नपार्कमा आएर बस्थे । नेताहरू एक घन्टा बसेर जान्थे । त्यो कसरी चलिरहेको थियो ? सबैलाई थाहा छ । त्यसबेलाको सरकार पनि यो आन्दोलन शिथिल छ, कमजोर छ, गति लिन सक्दैन, तुहिएर जान्छ भन्दै दंग परेर बसेको थियो । तर, परिणाम के भयो ? परिवर्तन कसरी आयो ? ती सरकार कता बढारिए ? जनजाहेर छ । जनताको आन्दोलनलाई कसैले पनि कम आँकलन गर्नु हुँदैन, जनताको आवाजलाई बेवास्ता वा उपेक्षा गर्न हुँदैन । आन्दोलनले एउटा गति लिएपछि ठूला–ठूला परिवर्तन हुन थाल्दछन् । आन्दोलन जब व्यापक हुन्छ, त्यसका असरहरू देखिन थाल्छन् । व्यापक बनेपछि आन्दोलन स्वतः सफल हुन्छ । जारी आन्दोलनलाई आजको दृष्टिबाट हेर्नु हुँदैन । विगतका अनुभवको आधारमा हेर्नुपर्छ । तीन दलमाथि निर्भर छ, आन्दोलनले ल्याउन सक्ने आँधीबेहरीसँगै बढारिएर जाने कि आफू समेत सहभागी भएर यसलाई सफल बनाउने भन्ने हो ।
आन्दोलनकारी शक्तिलाई दमन बेवास्ता गरेर सरकार अघि बढ्न सक्छ वा सक्दैन?
इतिहासमा सँधै आन्दोलनको प्रारम्भमा, आन्दोलनको मध्यकालमा सत्तामा बस्ने सबैले यस्तै व्यवहार गरे । सोँच, चरित्र र रवैयाका हिसाबले विगतका सरकार र आजको सरकारमा कुनै भिन्नता छैन । जनताको व्यापक सहभागितामा आन्दोलनले उचाई प्राप्त गरेपछि सत्तामा बस्ने जो कोही पनि बढारिएर जान्छन् । त्यो चाहे जस्तो सुकै तानाशाह नै किन नहोस् । इतिहास यसको साक्षी छ । प्रतिपक्षी कांग्रेस र सत्तापक्ष एमाले–माओवादीले आन्दोलनलाई मिनिमाइज गर्ने भूल गर्न हुँदैन । नभए इतिहास फेरी दोहरिन्छ । दोहरिने बेलामा इतिहासले क–कसलाई बढारेर फाल्दिन्छ भन्न सकिन्न ।


विभिन्न खालमा समस्याहरू चर्किदै गएका छन् । राज्यको उपस्थिति सून्य हुँदै गएको छ । भ्रष्टाचार र कालोबजारीले हद पार गरेको छ । त्यसैले, आम जनताको पीडालाई आन्दोलनकारी शक्तिले प्रतिनिधित्व गर्न सक्नुपर्दछ ।


अहिलेको समाधान के हो त?
समाधान जटिल छैन । मुलुकको समाधान तीन दल र सरकारको इमान्दारिता माथि निर्भर छ । विगतको लिखित सम्झौता इमान्दारीपूर्वक लागू गर्नु नै समाधान हो । इतिहाससित सबैले डराउनु पर्छ । इतिहाससँग सबक सिक्नुपर्छ । आफैले लिखित रुपमा गरेको सम्झौतालाई तीनवटा दलहरूले लागू नगर्ने हो, भावी अस्थिरतालाई कसैले रोक्न सक्दैन । मुलुकको समाधान र निकास यसैमा छ ।
सरकारले दमन गरेर जान खोज्यो भने परिणाम के हुन सक्छ?
सरकारले दबाउन खोज्यो भने आन्दोलनले देशमा ठूलो आँधीबेहरी ल्याउने छ । जसले गर्दा अन्तर्राष्ट्रिय समुदायले पनि तीनवटा प्रमुख दलमाथि विश्वास गर्दैनन् । नेपालमा लिखित सम्झौता पनि पालन नहुने रोग छ भन्दै नेपालको विश्वासनीयतामाथि प्रश्नचिन्ह् खडा हुन्छ । यसले राष्ट्रलाई धेरै ठूलो क्षति पुर्याउछ । त्यसैले तीन प्रमुख दलहरूले के सोच्नुपर्छ भने उनीहरूले जारी आन्दोलनलाई दबाएर वा उपेक्षा गरेर आफू सत्ता लम्ब्याउने दिवास्वप्न देख्न हुँदैन । आन्दोलनको सम्बोधन नै राष्ट्रको समाधान हो । तीन दलमाथि निर्भर छ, आन्दोलन दबाएर मुलुकलाई थप अस्थिरतामा लैजाने कि इमान्दारीपूर्वक माग सम्बोधन गरेर मुलुकलाई शान्ति र स्थिरतातर्फ लैजाने ।
अन्त्यमा, सरकार विरुद्व सडकमा रहेका आन्दोलनकारी दलहरूलाई के सुझाब दिनुहुन्छ?
आन्दोलनरत संघीय गठबन्धनले देशको आवाज बोक्न सक्नुपर्यो । देशको सबै भू–भागका समुदायको माग र एजेन्डालाई समेट्नुपर्दछ । आन्दोलनको नेतृत्वले देशका सबै उत्पीडित जनताको मागलाई एकत्रित ढंगले लैजानुपर्छ । देशका सबै वर्ग, समुदायमा अहिले निराशा छाएको छ । विभिन्न खालमा समस्याहरू चर्किदै गएका छन् । राज्यको उपस्थिति सून्य हुँदै गएको छ । भ्रष्टाचार र कालोबजारीले हद पार गरेको छ । त्यसैले, आम जनताको पीडालाई आन्दोलनकारी शक्तिले प्रतिनिधित्व गर्न सक्नुपर्दछ । हिंशाबाट जोगिनुपर्दछ । उनीहरूले शान्तिपूर्ण आन्दोलनमा जोड दिनुपर्दछ । आन्दोलनमा सहभागी बाहेकका जनताको मागलाई पनि व्यापक रुपमा समेटिनुपर्यो । आन्दोलनकारीले खुट्टा कमाउनु भएन । हतास वा निराश पनि हुनुभएन । जीत सुनिश्चित छ । परिवर्तन हुन्छ नै । सबै वर्ग र समुदायलाई समेटेर यसरी नै अघि बढियो भने चाडै नै यो आन्दोलनले राष्ट्रिय स्वरुप हासिल गर्नेछ ।
प्रस्तुति : महेश चौरसिया

Posted by on Jun 5 2016. Filed under Breaking News, अन्तरवार्ता, फोटो. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

14 Comments for “आन्दोलनको सम्बोधन नै राष्ट्रको समाधान हो : परराष्ट्रविद रमेशनाथ पाण्डे”

  1. Excellent read, I just passed this onto a colleague who was doing some research on that. And he actually bought me lunch as I found it for him smile Therefore let me rephrase that: Thanks for lunch!

  2. Im grateful for the blog. Fantastic.

  3. I think this is a real great blog article.Much thanks again. Awesome.

  4. Looking forward to reading more. Great blog.Really looking forward to read more. Keep writing.

  5. Im grateful for the blog article.Thanks Again.

  6. Fantastic blog.Thanks Again. Really Cool.

  7. Very good blog article.Really looking forward to read more. Want more.

  8. Im grateful for the blog post.Thanks Again. Much obliged.

  9. Despite a huge search assassin swears vengeance on you get lucky buy viagra online art for the.

  10. Wynn documented revenue before last number of quartersit could possibly preserve stagnating, or maybe counterpicking.

  11. FT9js0 Very good post! We are linking to this great post on our website. Keep up the good writing.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com