मेरो कालो रङ फिर्ता देऊ !

Arjun Khaling (2)

अर्जुन खालिङ, ०४ असार, ०७३–

मैले तिमीसँग तिम्रो रङ मागेकै हैन
जुन मलाई चाहिएको पनि छैन
तिम्रो रङ तिमी नै राख
मलाई केवल मेरै कालो रङ फिर्ता देऊ
जसलाई जुगौंदेखि
तिम्रो रङले बलात्कार गर्दै आएको छ
मेरो कालो रङ
जुन तिमीलाई दिगमिग लागेको छ
तर पनि मलाई अहिलेसम्म तिम्रो ‘पीत’ रङ
अच्छा नै लाग्दैथियो
तर
एक त तिमी नै मलाई
साम्प्रदायिकताको भीरतिर धकेल्दैछौ
अर्को त
तिम्रो विभेदी व्यवहारले जो माग्दैछ
कि अब तिम्रो रङ पनि मलाई
दिगमिग लाग्न थालेको छ
र पनि सम्मान गर्दैे रङको सापेक्ष अस्तित्वलाई
गणतान्त्रिक नागरिकको नैसर्गिक हैसियतले
माग्दैछु मेरो आफ्नै कालो रङ
तर
तिमीलाई भने ठूलो भ्रम रहेछ
कि तिमी सधै दाताको आसनमा
विराजमान भईरहने छौ यसरी नै
र म मेरो रङको भिख मागिरहनेछु तिमीसङ्ग
र तिमी सधै नदिईरहनेछौ मलाई यसरी नै
हुन त
म अब लगभग छ्याङ्ग भईसके कि
तिमीसँग रहेछ नै के र दिन्छौ ?
कि दिनको लागि त केही हुनुपर्यो नि
जस्तो कि म दिईरहेछु तिमीलाई वर्षौदेखि मेरो माटो
मेरो पसिना, यौवन र रगत
दिन त तिमी पनि दिईरहेछौ मलाई गोली
मेरै पसीनाले किनेको
तर याद राख !
समय सधै एउटै पात्रोमा रहदैन
जबसम्म तिमी मेरो कालो रङको लाभालाई
बलात छोप्नेछौ तिम्रो मूर्ख अहमले
भूकम्प आन्दोलनको गईरहने छ
र ढाल्नेछ सत्ताको तिम्रो अस्थायी धरहरा
त्यो बेला उल्टो घुम्नसक्छ घडीको सुई
कि तिम्रो ठाउँमा म र मेरो ठाउँमा तिमी हुनेछौ
त्यो दिन म मेरो रङ त खोसेर लिन्छु, लिन्छु
तिम्रो रङ समेत मेटाईदिन सक्छु !

(संघीय गठबन्धनको रिले अनसन गत जेठ २५ गतेदेखि शहिदमञ्चमा जारी छ । सोही अनसनप्रति ऐक्यबद्धतास्वरुप कवि अर्जुन खालिङले असार ३ गते अनसनस्थलमा वाचन गरिएको कविता ।)

Posted by on Jun 18 2016. Filed under इतिहास/कला/साहित्य. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “मेरो कालो रङ फिर्ता देऊ !”

  1. Good day! Would you mind if I share your blog with my twitter group? There’s a lot of folks that I think would really enjoy your content. Please let me know. Thank you

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com