मुक्ति

Kaman Dewan_reciting a poem (1)
कमन देवान,

०५, असार, २०७३-

मलाई थाहा छैन
कहिलेदेखि सुरु भएको हो ?
यो तिम्रो निषेधको सहिष्णुता !
मलाई दलानमा छेक्ने
पँधेरामा रोक्ने
शासन र सुविधाबाट पाखा लाउने
थाहा छैन –
तिम्रो राज्यको परिभाषामा
कहिलेदेखि म गवाँर हुँ ?
मेरै श्रमले कुँदेको भाँडोमा
जीवनका पाकवान बनाउँछौ
अनि
मैले कुँदेको कलामा
तिमी आफ्नो सभ्यताको लाज लुकाउँछौ
सायद त्यसैले हुनसक्छ
तिमीबाटै म निःशव्द थिचिनुपर्ने ।
मेरो मौलिक बोलीमा
तिमीले रोपेको तातो झिर
मेरा लागि केहिल्यै योग्यता हुन सकेन
दशगजा रुँघेर
म निरन्तर बैरीलाई खबरदार ! भन्छु
सायद त्यसैले
तिम्रो चौघेराको राष्ट्रियतामा
म आज पनि बर्जित छु ।
इतिहासमा कतै
मैले काटिएका नाक, कानको हिसाब मागेको छैन
खोसिएका खोरियाको निसाफ मागेको छैन
क्रुर युद्ध अपराधी भनेर तिम्रा विरुद्ध
मुद्दाको मिसिल पनि लेखेको छैन ।
मलाई पाखा राखेर
तिमीले मनोमानी लेख्छौ अधिकार
मलाई खोँचमा थुनेर
तिमी एक्लै ताप्छौ शासनको पारिलो घाम
सदियौंदेखि यही माटोमा
म सुगन्ध गुमाउने सुनाखरी भएँ
तिमीले दिने कागजी नागरिकतामा
म दोस्रो दर्जाको नागरिक भएँ ।
मलाई थाहा छैन
तिम्रो शासनको ताप्केमा
कहिलेदेखि म डामिँदै आएँ ?
युद्धमा डामिएँ
भाडाको सिपाही बनाएर डामिएँ
शासनले, अधिकारले
पत्तो छैन । म के–केले डामिएँ,
तर
बल्ल बुझ्दैछु
एउटै धरातलमा
तिम्रो मात्रै शासन वर्जित छ मेरो शास्त्रमा
त्यसैले
एकछत्र सिंहदरबार भत्काएर
मुक्त पार्नुछ कैदी मेरो भविष्यलाई ।

(संघीय गठबन्धनको शहिदमञ्चमा जारी रिले अनसनमा ऐक्यबद्धतास्वरुप गत असार ४ गते वाचन गरिएको कविता)

 

Posted by on Jun 19 2016. Filed under इतिहास/कला/साहित्य. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

15 Comments for “मुक्ति”

  1. certainly like your web-site but you need to take a look at the spelling on quite a few of your posts. Many of them are rife with spelling problems and I in finding it very bothersome to tell the truth however I’ll definitely come again again.

  2. zxncfgbho okxuo xvszsju hqmd ldruxibtbyjnskb

  3. “I think you have noted some very interesting points , thankyou for the post.”

  4. I cannot thank you enough for the blog.Really thank you! Awesome.

  5. I really liked your blog.Much thanks again. Awesome.

  6. Thanks a lot for the blog.Thanks Again. Great.

  7. “Awesome post.Really looking forward to read more. Awesome.”

  8. Really appreciate you sharing this post.Really thank you! Much obliged.

  9. Im thankful for the blog article. Great.

  10. Muchos Gracias for your article post. Awesome.

  11. Really appreciate you sharing this article.Much thanks again. Great.

  12. Thanks a lot for the article.Really looking forward to read more. Cool.

  13. Usually posts some very interesting stuff like this. If you are new to this site.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com