केपी ओली एक नम्बर राष्ट्रघाती नेता हुन् : हरिबहादुर घर्ती मगर

 Hari Gharti Magar (1)

०६ असार, २०७३-

गफै गफको चाङ्ग लगाएर, सारा जनतालाई उल्लू बनाउन अहिले,केपी ओलीलाई भ्याई नभ्याई भएको छ।  उनलाई कत्तिपनि फुर्सद छैन। उल्लू बनाउने तौर तरिका भने,उनको नयाँ होइन। केहिवर्ष पछाडी फर्केर हेरौं,  महाकाली सन्धी गर्दा पनि, वर्षेनी नेपाललाई १ खर्व २० अर्व फाइदा हुन्छ भन्दै, नेपाली जनतालाई उल्लू बनाउने पनि यिनै केपी नै थिए । यिनलाई  लाग्छ होला नेपाली जनताको याद निकै कमजोर छ।

अहिले जनता महाकाली सन्धिको कुरा भुली सके…यदी केपी ओली मुलुकका साच्चैका राष्ट्रवादी नेता हुन् भने, पहिला नम्बरमा नेपाली जनतालाई बताउन पर्यो, त्यो वर्षेनी नेपाललाई फाइदा हुने १ खर्व २० अर्व कहाँ छ … केपी ओलीसँग यस सवालको जवाफ छैन किनभने उनी राष्ट्रवादी नेता नभएर एक नम्बर राष्ट्रघाती नेता हुन् ।

अझ सत्य कुरा त के हो भने केपी ओली भारतका असली एजेण्ट भएकोले नै विगतमा उक्त महाकाली सन्धी गरेका थिए। नेपाली राजनीतिमा चाख राख्ने जो कोहीलाई पनि थाहै  छ, वर्षौं-वर्षदेखि केपीको उपचार एवं राजनैतिक खर्च भारतले ब्यहोर्दै आइरहेको छ। आन्तरिक रूपमा केपी भारतका प्रिय एवं विश्वासिला पात्र हुन् । यति छिटो एकैपटक केपी कसरी भारतको दुश्मन हुन सक्छन् …  बाहिर-बाहिर भारतको बिरोध गरेको स्वाङ्ग रचेर, महान राष्ट्रवादी बन्ने…तर भित्र भित्र भारतको निर्देशनमा केपी नेपालमा ठूलो र डरलाग्दो खेल खेल्दै छन् ।

सारा मुलुकलाई अस्त व्यस्त बनाएर, आफ्नो नालायक एवं निकम्मापन लुकाउन मुलुकको औकात भन्दा ठूलो बजेट ल्याउनु, हावावाट विजुली, घरघरमा ग्यासका पाइप, प्रसान्त महासागरमा नेपाली ध्वजाबाहक पानी जहाज, इन्धन निकालेर साउदीलाई बेच्ने, विजुली निकालेर चाइनालाई बेच्नेजस्ता गफ चुट्दै हिड्नु आफ्नो राष्ट्रघातबाट जनताको ध्यान अनेत्र मोड्ने दुस्प्रयास मात्रै हो ।

विदेश मामलाका जानाकारहरु बताउने गर्छन्, केपी ओली नेपाल पक्षराष्ट्र भएका अन्तर्राष्ट्रिय कानून, नेपालको अन्तरिम संविधान २०६३ नेपालका आदिवासी जनजाति,मधेसी लगायतका उत्पीडित जनतासँग विगतमा पटक-पटक गरेका सहमती सम्झौता कार्यन्वयन नगरेर देशमा अशान्ती मच्चाउने, गृहयुद्ध गर्याउने र अस्थिरताको बाहनामा भारतलाई नेपालमा हस्तक्षेप गर्याउने उदेश्य रहेको छ । सतहमा देखिएका घटनाक्रमलाई विश्लेषण गर्दा पनि यहि कुराको पुष्टि हुन्छ ।

पहिलो संविधान सभाबाट पहिचान सहितको समावेशी संविधान बनाउन नदिनु, अन्तरिम संविधान भन्दा पछाडी फर्केर संविधान जारीको नाटक गर्नु, देशभर भएको आदिवासी जनजाति, थारु, मधेसी जनताको न्यायिक आन्दोलनलाई सम्बोधन नगरी, अत्यधिक बल प्रयोग गरी मधेसमा ५ दर्जन भन्दा बढी नागरिकको हत्या गर्नु, पहाडीका विरुद्धमा मधेसीलाई उचाल्नु, मधेसीका विरुद्धमा पहाडीलाई उचाल्नु, आदिवासी जनजाति, मधेसीका विरुद्धमा बाहुन क्षेत्रीलाई उचाल्नु केपीका विशेषता हुन् । यस्ता विविध निष्कृट गतिविधी गर्दै, देशभर अशान्ति मच्चाएर भारतलाई नेपालमा चलखेल गराउने केपीको मास्टर प्लान हो । भुकम्प पिडितहरुलाई एक वर्ष नाघिसक्दा पनि  तिनिहरुको किन कुनै किसिमको राहतको व्यवस्था हुन सकेको छैन ? यसको पनि ओलीसँग कुनै मनासिब जवाफ छैन ।

सारा मुलुकलाई अस्त व्यस्त बनाएर, आफ्नो नालायक एवं निकम्मापन लुकाउन मुलुकको औकात भन्दा ठूलो बजेट ल्याउनु, हावावाट विजुली, घरघरमा ग्यासका पाइप, प्रसान्त महासागरमा नेपाली ध्वजाबाहक पानी जहाज, इन्धन निकालेर साउदीलाई बेच्ने, विजुली निकालेर चाइनालाई बेच्नेजस्ता गफ चुट्दै हिड्नु आफ्नो राष्ट्रघातबाट जनताको ध्यान अनेत्र मोड्ने दुस्प्रयास मात्रै हो ।

http://rajyasatta.com/ बाट

Posted by on Jun 20 2016. Filed under Breaking News, दृष्टिकोण, पत्रपत्रिकाबाट. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

2 Comments for “केपी ओली एक नम्बर राष्ट्रघाती नेता हुन् : हरिबहादुर घर्ती मगर”

  1. I like what you guys are up also. Such intelligent work and reporting! Keep up the superb works guys I have incorporated you guys to my blogroll. I think it will improve the value of my website 🙂

  2. JSLAd6 Wow, awesome blog layout! How long have you been blogging for? you make blogging look easy. The overall look of your web site is wonderful, let alone the content!

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com