कांग्रेस–एमाले मुक्त मधेस अभियानसँगै बाराबाट दुई सय भन्दा बढी ससफो नेपालमा प्रवेश

Barako FSF Nepal ma Prabesh
संजय तिवारी,
बारा, १४ असार– बारा जिल्लामा नेपाली कांग्रेस र नेकपा एमाले पार्टी छोड्ने क्रम जारी छ । संघीय समाजवादी फोरम, नेपालले ‘कांग्रेस–एमाले मुक्त मधेस अभियान’ शुरु गरेसँगै कांग्रेस, एमाले र विभिन्न पार्टी परित्याग गरेर दुई सय नेता तथा कार्यकर्ताहरू ससफो नेपालमा प्रवेश गरेका छन् ।
७० वर्षदेखि मधेसी जनतालाई भोट बैंक बनाई शोषण गरी आएका कांग्रेस र एमालेलाई मधेसी जनताको मनबाटै निकाल्ने उद्धेश्यका साथ संघीय समाजववादी फोरम नेपाल बाराले सो अभियान शुरु गरेको हो ।
ससफो नेपालले पकडिया गाविसको चिकनि पकडिया चोकमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टीका राजनिति समिति सदस्य तथा पूर्वसभासद प्रमोदप्रसाद गुप्ताले मधेसबाट कांगे्रस एमालेको भोटको सफाया गरीदिन सबैसँग आग्रह गरे, ‘मधेसका जनताले कांग्रेस, एमालेको साथ नछोडुन्जेल अधिकार नपाउने भएकाले सबैले ती मधेसविरोधी पार्टीहरूबाट राजीनामा दिन आग्रह गर्दछु ।’
अहिले पनि कुनै न कुनै बहाना बनाई खासगरी ठूला दलहरूका नेताहरूले मधेसको समस्याप्रति उदासीन रहेको बताउँंदै अधिकारका लागि सबै मधेसी समुदायहरू निर्णायक आन्दोलनमा होमिनुपर्ने कुरामा नेता गुप्ताले जोड दिए ।

Barako FSF Nepal ma Prabesh1
कार्यक्रममा बोल्दै ससफो नेपालका केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज रामकिशोरप्रसाद यादवले वर्षौदेखिको शोषणबाट मुक्त हुन र आफ्नो पहिचान सहितको प्रदेशको विकास गर्न मधेसीहरूले कांग्रेस, एमालेलाई बिर्सनुपर्ने बताए । मधेसमा कांग्रेस, एमाले मुक्त अभियान शुरु भइसकेको र अब संघीय समाजवादी फोरम, नेपालले हरेक गाउँ र टोलका कांग्रेस र एमालेका नेता कार्यकर्तालाई अनुरोधसहित पार्टी छोड्न सांकेतिक प्रदर्शन गर्ने समेत नेता यादवले भने ।
पार्टीका जिल्ला अध्यक्ष रामबाबु कुमार यादवले मुक्तिका लागि भएको आन्दोलनमा पक्ष–विपक्ष गर्नुभन्दा पनि एक भएर सबै मधेसकेन्द्रित दलहरू अगाडि बढनुपर्ने कुरामा जोड दिएका थिए ।
चिकनी पडडिया गाविसका कांगे्रस पूर्व सभापति झाबु साह र एमालेका जिल्ला नेता रामएकवाल ठाकुरको नेतृत्वमा १ सय ९८ जनाको जम्बो टोली विभिन्न पार्टी परित्याग गरी संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका थिए ।
नवप्रवेशीहरूलाई प्रमोदप्रसाद गुप्ता, रामकिशोर यादव र कार्यक्रममा उपस्थित ससफो नेपालका नेताहरूले टिका लगाई पार्टी प्रवेश गराएका थिए ।
कांग्रेस–एमाले मुक्त मधेस अभियानले संघीय समाजवादी फोरम, नेपाल मधेसमा मधेसी जनताको मनमा बस्न सफल हुने नेताहरूको दाबी छ ।

http://www.madheshvani.com/ को सहयोगमा

Posted by on Jun 28 2016. Filed under Breaking News, पत्रपत्रिकाबाट, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

4 Comments for “कांग्रेस–एमाले मुक्त मधेस अभियानसँगै बाराबाट दुई सय भन्दा बढी ससफो नेपालमा प्रवेश”

  1. Very interesting topic, appreciate it for posting.

  2. mYPsKU I truly appreciate this article post.Thanks Again. Want more.

  3. Hj5Eh3 Thank you for the auspicious writeup. It in fact was a amusement account it. Look advanced to more added agreeable from you! However, how can we communicate?

  4. aHqqTb Some truly excellent content on this website , thanks for contribution.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com