सत्ताको बहिर्गमनसँगै हावा खाएका ओलीका सबै फर्मुलाः डिआर गुरुङ

 डिआर गुरुङ

                  डिआर गुरुङ

ओली नेतृत्वको उखान टुक्के सरकार ढल्ने निश्चित हुँदा मलाई पनि एउटा उखान नै याद आयो, ‘के गर्छौ मंगले, आफ्नै ढंगले ।’ मेरो बुझाइमा एमाले, माले, मसाले, मण्डले र माओवादी केन्द्र गठबन्धन लामै जान्छ भन्ने लागेको थियो । अरु साना पार्टीहरूलाई छोड्ने हो भने तुलनात्मक रुपमा एमाले र माओवादी केन्द्रको गठबन्धन अलि स्वाभाविक र प्राकृतिक जस्तो लाग्थ्यो तर त्यस्तो हुन सकेन ।
प्रधानमन्त्री भएपछि ओली बाको रबैया हेर्दा उनले खिचड़ी सरकार बनाएको कुरा नै भुलेजस्तो लाग्थ्यो । उनको सरकारको प्राण पखेरु अरुकै हातमा छ भन्ने नै भुलेजस्तो भान पनि हुन्थ्यो । यतिका लामो समयसम्म राजनीति गरेका मान्छेले त्यति सजकता पनि अपनाएका छैनन् होला भन्ने हामीलाई पत्याउन गार्हो भएको थियो । सायद उनले धेरै समय आफ्नो समय नभएको कुरालाई सधैं सम्झिन्थे क्यार ! थोरै समय भए पनि देशको कार्यकारी प्रमुख प्रधानमन्त्री हुने र केही लोकप्रिय कामहरू गरेर जाने सोँच कताकति राखेका पनि हुन सक्छन् । प्रधानमन्त्री भएदेखि नै उनले सस्तो लोकप्रियताको शृङ्खला नै शुरु गरे । दुई/चारवटा हावादारी फर्मुलाहरु अगाडि सारे ।


…ओलीको यस्तो व्यवहार र सोँचले प्रष्ट भयो कि नेपाली राष्ट्रवादको नारा उराल्नु आन्तरिक राष्ट्रवादलाई समाप्त पारेर एकात्मक नश्लवादी शासन सत्ताको निरन्तरता र यसलाई अझ मजबुत गरी स्थापित गर्ने सुनियोजित योजना थियो । राष्ट्रवादी नेताको रुपमा स्थापित हुन चाहने प्रधानमन्त्री ओली बिस्तारै महेन्द्र पथतर्फ लम्किदै गरेको र पहाडे ब्राह्मणवादी राष्ट्रवाद मात्रै स्थापित गर्न चाहने खोक्रो राष्ट्रवादी नेताको रुपमा चित्रित हुन थाले…


एकः राजा महेन्द्रपथको खोक्रो राष्ट्रवाद

पहिलो अस्त्रको रुपमा भारतको विरुद्धमा आफूलाई खडा गरेजस्तो गरेर राष्ट्रवादी नेताको रुपमा स्थापित हुने कोशिस गरेको प्रष्टै भुझ्न सकिन्छ । सायद, उनले राजा महेन्द्रबाट यो पाठ सिकेका हुन सक्छन् । त्यसमा उनले केही सफलता पनि पाएकै हुन् । तर कालान्तरमा उनी खोक्रो राष्ट्रवादी नेताको रुपमा स्थापित हुन पुगे । त्यसो हुनुमा अरु कसैको कारणले नभएर उनी आफ्नै कारणले भएको हो । नेपाली राष्ट्रवादको भावनालाई ‘बुष्ट’ गरेर लोकप्रिय हुने कोशिस गरिरहँदा १ सय २५ मानव समुदायहरू बस्ने देशभित्र कै विविध आन्तरिक राष्ट्रवादलाई उनले बुझ्नै सकेनन र बुझ्नै चाहेनन् । कतै बुझेकै ठान्ने हो भने पनि बुझ पचाए । संयोग पनि यस्तो परिदियो कि उनकै पालामा नेपाल भित्रको आन्तरिक राष्ट्रवादको बहस उत्कर्षमा पुगिरहेको अवस्था सिर्जना भयो । देशभित्रकै ८० प्रतिशतभन्दा बढी जाति तथा समुदायहरूले आफ्नो पहिचान, अस्तित्व, स्वाभिमान, आत्मसम्मान, पहुँच, प्रतिनिधित्वलाई संस्थागत गरिनुपर्दछ भनेर जोड्दार माग गरिरहेको अवस्थामा उनको फर्मुला फेल खायो । उनी त्यत्रो महान राष्ट्रवादी नेताको रुपमा स्थापित हुन चाहेकै हुन् भने किन आन्तरिक राष्ट्रवादलाई संस्थागत गर्ने कार्यतर्फ पटक्कै चासो देखाएनन् ? चासो नदेखाएको मात्र हैन, उल्टो धज्जी उडाउँदै हिड्न थाले । उनको यस्तो व्यवहार र सोँचले प्रष्ट भयो कि नेपाली राष्ट्रवादको नारा उराल्नु आन्तरिक राष्ट्रवादलाई समाप्त पारेर एकात्मक नश्लवादी शासन सत्ताको निरन्तरता र यसलाई अझ मजबुत गरी स्थापित गर्ने सुनियोजित योजना थियो । राष्ट्रवादी नेताको रुपमा स्थापित हुन चाहने प्रधानमन्त्री ओली बिस्तारै महेन्द्र पथतर्फ लम्किदै गरेको र पहाडे ब्राह्मणवादी राष्ट्रवाद मात्रै स्थापित गर्न चाहने खोक्रो राष्ट्रवादी नेताको रुपमा चित्रित हुन थाले ।
ओलीका एउटा स्वार्थ समुह ‘चेनेमेने ठेनेमेने’(भुराभुरी)हरूले ‘सोसल मिडिया’हरूमा रूइकराइ गरेको, उनको सपोर्टमा आत्माहत्या नै गरूँजस्तै गरेर आत्तिएको हेर्नुभयो भने एउटा अचम्मको संयोग पाउनु हुन्छ । जुनसुकै त्यस्ता स्टाटस वा लेखहरूमा हेर्नुहोला, ९० प्रतिशत त्यस्ता मान्छेहरू आर्य वा खस समुदायका छन् । बाँकी १० प्रतिशत मात्रै अरु समुदायका हुन्छन् । पत्यार लाग्दैन भने यो लेख पढ्न छाडेर अहिले हेरी हाल्नुस् । यस्तो गम्भीर प्रकृतिको र डरलाग्दो कित्ताकाट नेपाली समाजको इतिहास मै पहिलो पटक देखा पर्न थालेको छ । यसले हाम्रो सामाजिक सद्भावको अवस्थालाई कुन दिशातर्फ मोड्दै गरेको छ ? यो सबै अवस्था किन आयो त ? उनकै सोँचको कारणले आएको हैन ? खस आर्य समुदायको पनि न्यायप्रेमी, समानताप्रेमी ठुलो समुहले उनको ढोँगी नश्लीय राष्ट्रवादको खुलेरै विरोध गरेका छन् । उनको सानो स्वार्थ समुहले उनलाई महान राष्ट्रवादी नेता भन्दैमा हुन्छ ? बाँकी सबैले त उनि खोक्रो, ढोँगी र नश्लवादी नक्कली राष्ट्रवादी भनेकै छन् ।


…लोकप्रिय हुने उनको दोस्रो फर्मुला हो, जनतालाई ठुला–ठुला विकास र सम्बृद्धिको सपना देखाउने । उनले सुने जति, देखे जति, सम्झे जति सबै सपना देखाए । यति धेरै सपना देखाए कि अब त देखाउनुपर्ने सबै देखाएर सकियो ।… रेल कुदाउँछु भन्नेले ठाउँ–ठाउँमा भत्किएको बाटो मर्मत गर्नुपर्ने हो । जनताले त पत्याएनन् र पत्याउने कुनै आधारै थिएन पनि ।…


दुईः हावादारी विकास र सम्बृद्धिको सपना
लोकप्रिय हुने उनको दोस्रो फर्मुला हो, जनतालाई ठुला–ठुला विकास र सम्बृद्धिको सपना देखाउने । उनले सुने जति, देखे जति, सम्झे जति सबै सपना देखाए । यति धेरै सपना देखाए कि अब त देखाउनुपर्ने सबै देखाएर सकियो । विगत केही दिनदेखि ओली चुपचाप छन् । चाहेर पनि उनीसँग देखाउने सपना नै बाँकी रहेन । सपना देखाउनु कुन ठुलो कुरा भयो र ? वरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेलजीले त झन् भिजअुल गरेर देखाएकै छन् । त्यस्ता सपना मात्रै देखाउने नेताहरू कति आए कति गए । जनतालाई देशको अवस्था थाहा छैन र ? त्यस्तो सस्तो लोकप्रियताले जनता आश्वस्त हुन्छन र ? सानो भए पनि काम शुरु गरी हाल्नुपर्यो, परिणाम देखाउनुपर्यो । नौ–नौ महिनामा केही लक्षण त देखिनुपर्ने हो । शान्ति सुरक्षा बहाली हुनुपर्ने हो । भ्रष्ट्रचार, कमिसनखोर, गुण्डागर्दी कम हुनुपर्ने हो । केही नभए पनि काठमाडौं शहर सफा हुने स्पष्ट रुपरेखासहित कार्यको थालनी हुनुपर्ने हो । भुकम्प पीडितहरूको घर त बन्न शुरु हुनुपर्ने हो । रेल कुदाउँछु भन्नेले ठाउँ–ठाउँमा भत्किएको बाटो मर्मत गर्नुपर्ने हो । कुनै समय रत्नपार्कमा मुकुन्देले जस्तै गफ मात्रै दिएर हामीले पत्याइ दिनुपर्ने ? स्वाभाविक रुपमा जनताले त पत्याएनन् र पत्याउने कुनै आधारै थिएन पनि । उदेक लाग्दो कुरा, ओलीकै आफ्नो झुण्डले पनि खै कुन्नि यसै भन्न सकिन्न र देखिएन पनि । यसरी यो फर्मुलामा पनि उनी असफल नै शिद्ध भए ।


…ओलीले काठमाडौंको बाटोमा खाल्डो परेर पानी जमेको देख्दैनन्, हिन्द महासागरमा पानी जहाज चलेको देख्छन् । कच्ची बाटोमा दुर्घटना भएर दिनदिनै सयौं जनताको ज्यान गएको देख्दैनन् तर चुच्चे रेल काठमाडौंमा गुडेको देख्छन् । ग्यास नपाएर जनता भोकै बसेको देख्दैनन् तर ग्यासको पाइप चैँ घर–घरमा पुर्याएको कल्पना गर्छन् । पेट्रोल नपाएर जनताले सास्ती भोग्नुपरेको देख्दैनन् तर उनी नेपालले साउदीलाई पेट्रोल बेचेको सपना देख्छन् के–के न बजेट ल्याउने भनेर ढोल पिटे तर बजेटसँगै एकाएक समानको भाउ दोब्बर भएर चुलियो, गरिब जनतालगायत सबैको ढाड सेकिन थाल्यो, अनि त तैँ चुप, मैँ चुप । अरु फर्मुलाजसरी यो फर्मुलामा पनि ओलीको धोती खुस्कियो ।…


तीनः नीति, कार्यक्रम र बजेट आधारहिन सपनाको पुलिन्दा मात्रै
उनको तेस्रो फर्मुला हो, सरकारको नीति तथा कार्यक्रम र बजेट । नीति तथा कार्यक्रममा पनि सबैजसो दीर्घकालिन योजनाहरू प्रस्तुत गरे । नीति तथा कार्यक्रमबाट पनि उही सपनाबाहेक जनताले अरु केहि पाएनन् । यस्तो लाग्थ्यो कि प्रधानमन्त्री ओली नेपालको गाउँबस्तीहरूमा घुमेकै छैनन् र उनलाई नेपाली जनताको तत्कालिन आवश्यकताहरूको बारेमा बोध नै छैन । उनले काठमाडौंको बाटोमा खाल्डो परेर पानी जमेको देख्दैनन्, हिन्द महासागरमा पानी जहाज चलेको देख्छन् । कच्ची बाटोमा दुर्घटना भएर दिनदिनै सयौं जनताको ज्यान गएको देख्दैनन् तर चुच्चे रेल काठमाडौंमा गुडेको देख्छन् । ग्यास नपाएर जनता भोकै बसेको देख्दैनन् तर ग्यासको पाइप चैँ घर–घरमा पुर्याएको कल्पना गर्छन् । पेट्रोल नपाएर जनताले सास्ती भोग्नुपरेको देख्दैनन् तर उनी नेपालले साउदीलाई पेट्रोल बेचेको सपना देख्छन् के–के न बजेट ल्याउने भनेर ढोल पिटे तर अन्तमा पहिल्यैदेखि कमाइ गरिरहेको कर्मचारीको चाहिँ ह्वात्तै तलब बढाइ दिए । दुई÷चार दिन उनको पÞm्याउराहरू ‘वाहा वाहा’ गर्दै यस्तो बजेट उस्तो बजेट भन्दै थिए, एकाएक समानको भाउ दोब्बर भएर चुलियो, गरिब जनतालगायत सबैको ढाड सेकिन थाल्यो, अनि त तैँ चुप, मैँ चुप । अरु फर्मुलाजसरी यो फर्मुलामा पनि ओलीको धोती खुस्कियो र उनी असफल नै साबित भए ।


…प्रधानमन्त्री ओली संघीयता भनेकै बाख्राको टाउकोमा भैसीको सिङजस्तो देख्छन् । उनले यसो भनिरहँदा उता आम जनतालाई चाहिँ लागिरहेको थियो कि यो प्रधानमन्त्रीको कुर्ची केपी ओलीलाई वास्तवमै बाख्राको टाउकोमा भैंसीको सिङजस्तै भयो, थाम्नै सकेकन् । नभन्दै उनको बोझ अब हल्का हुने भयो । अब उनले यो भैसीको सिङ बोक्न नपर्ने भयो । नश्लवादलाई ब्युँझाउन खोज्ने केपी ओलीको दुसप्रयासको शिलशिला र सिरियलको सम्पूर्ण इपिसोड समाप्त हुने भयो ।…


चारः मधेसी जनतालाई भारतपरस्त देखाउने असफल बदनियत
ओलीको अर्को फर्मुला भनेको आन्दोलनरत मधेसी जनताहरूलाई भारत परस्त देखाउने, विखण्डनकारी, अराष्ट्रिय देखाउने, उनीहरूलाई उत्तेजित गरेर अवाञ्छित गतिविधि गर्न लगाएर हिंसा भड्काउने र त्यही बहानामा निरकुंशता लादेर सत्ता टिकाउने । तर, जब आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गर्न पुग्यो, शान्तिपूर्ण रुप लियो, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा व्यापक समर्थन र ऐक्यवद्धता प्राप्त गर्न थाल्यो, उनको त्यो फर्मुलाले पनि पानीको फोकाजस्तै फुट्यो र हावा खायो ।
टिभी सिरियलजस्तो ओलीको फर्मुलाले हावा खान थालेदेखि अहिले भने कमल थापा र चित्रबहादुर केसीको कित्तामा पुगेछन् । सायद, धेरै लोकप्रिय भएपछि त्यस्तैहरूसँग दोस्ती बढ्छ क्यारे ! संघीय गणतन्त्र नेपालको संविधान कार्यन्वयन गर्ने जिम्मा पाएका प्रधानमन्त्री संघीयता भनेकै बाख्राको टाउकोमा भैसीको सिङजस्तो देख्छन् । उनले यसो भनिरहँदा उता आम जनतालाई चाहिँ लागिरहेको थियो कि यो प्रधानमन्त्रीको कुर्ची केपी ओलीलाई वास्तवमै बाख्राको टाउकोमा भैंसीको सिङजस्तै भयो, थाम्नै सकेकन् । नभन्दै उनको बोझ अब हल्का हुने भयो । अब उनले यो भैसीको सिङ बोक्न नपर्ने भयो । नश्लवादलाई ब्युँझाउन खोज्ने केपी ओलीको दुसप्रयासको शिलशिला र सिरियलको सम्पूर्ण इपिसोड समाप्त हुने भयो ।
अहिले आएर संसद बिघटनको चर्चा पनि उनका फ्याउराहरूले गरेको सुनिन्छ । त्यसो भयो भने उनिसँग रहलपहल भएको अलिअलि नैतिकता पनि स्वाहा हुनेछ । त्यसपछि उनी लोकतन्त्रको इतिहासमा एउटा जोकर प्रधानमन्त्रीको रुपमा रहने छन् ।

(गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष छन् ।)

प्रकाशित, २९ असार २०७३

Posted by on Jul 13 2016. Filed under Breaking News, दृष्टिकोण. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

5 Comments for “सत्ताको बहिर्गमनसँगै हावा खाएका ओलीका सबै फर्मुलाः डिआर गुरुङ”

  1. जनघाती संविधान सँग पद र कुर्चीको सम्झौता गरेका खड्ग प्रसाद ओली र विद्या भण्डारीले खुशियाली मनाउँदै दिपावली गर्न थाल्दा मैले सामाजीक सञ्जाल बन्द गरेर तीन दिनसम्म शोक मनाएँ। मुन्छे मन नपरेर पक्कै होईन, उत्पिडीत जनताले मुक्ती नपाउने अनि देशको हालत झनै नाजुक हुने चिन्ताले।

    सरकार बनाउँदै र ढाल्दै निकम्मा, जाली फटाहा र एउटै नश्लका नेताहरुले जनतालाई कुनै न कुनै वहानामा अल्झाएर आफुहरु पालैसँग सरकारी ढुकुटीमा रजाँईं गर्ने सँस्कार टिकाउने काममा हामीहरुकै हात छैन र?

  2. हरि घर्तिमगर

    लेख वस्तुपुरक छ, लेखकलाई धन्यवाद !

  3. Utterly pent content material, Really enjoyed studying.

  4. Google

    That would be the end of this write-up. Right here you will discover some web pages that we believe you will enjoy, just click the links.

  5. NEVTml I truly appreciate this article.Really thank you! Will read on

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com