दोष संसदीय व्यवस्था र रंगमञ्चमा देखिने पात्रहरूमा : लेनिन गुरुङ

Lenin Grg

लेनिन गुरुङ

दशैंमा टाउको छिनेको राँगाले अझै केहीबेर बाँच्छु कि भनेर खुट्टा फट्फट्याए झैँ केपी ओली र उनका पार्टी एमालेले पनि केही दिन सरकार लम्ब्याएर सत्ताको ढुकुटी दोहन गर्नतर्फ लागेको प्रष्ट देखिन्छ । एक त संसदीय व्यवस्था आफैंमा झुर व्यवस्था ठहरिसकेको अवस्था हो । गणितीय हिसाबले ओली अब बालकोट दरबारको हाकिम बाहेक अरु केही नरहने निश्चित भयो । त्यस्तो अवस्थामा केपी ओलीले म राजिनामा गर्दिन भन्नू उखान टुक्के काकाको उखान टुक्का जस्तै हास्यास्पद छ ।


…अब देशलाई भाँडाकुटी खेल्ने क्रिडास्थल बनाउनेहरूलाई सिधै जनताले ‘राइट टु रिजेक्ट’ गर्न सक्ने ताजा जनमतबाट राष्ट्रप्रमुख हुने प्रत्यक्ष निर्वाचित व्यवस्थातिर जान ढिलो गर्नु हुन्न । यो बेतिथिको अन्त्य हुनु जरुरी छ ।…

सरकार ढल्नुमा स्वयम् ओली प्रमुख कारक

बाहिरी आवरणमा माओवादी केन्द्रले ओलीको सरकार ढालेजस्तो देखिए पनि मसिनो गरी केलाउने हो भने सरकार ढल्नुको कारण मुख्यतः प्रधानमन्त्री ओलीको राजनीतिक लज्जाजनक बेइमानी हो अर्थात राजनीतिक नैतिकता नहुनु हो । सबैलाई थाहा छ, नयाँ संविधान बनेपछि ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति तोड्दा नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई उखान टुक्का हालेर औंला ठाडो पार्दै राजनीतिक नैतिकताको प्रश्न उठाउने तिनै ओली आफूलाई प्रधानमन्त्री बनाउने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको ७ बुँदे, ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमति चाहिँ किन पूरा गरेनन् ? आफ्नै पार्टीका वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमसम्मले भद्र सहमति भएको हो, ओलीजीले सरकारको नेतृत्व प्रचण्डलाई छोड्नुपर्छ भनेर सार्वजनिक कार्यक्रमहरूमा भाषण गर्दा समेत ओली किन उदासिन ? यो फट्याइँको नैतिकताविहिन राजनीति ओलीले कहिले सम्म गर्लान् ? तसर्थ अहिले ओलीको सरकार गिर्नुको मुख्य कारण ओली–प्रचण्ड बिचको भद्र सहमति, त्यसको प्रमुख कारक ओली र अरु कारण सहायक मात्रै हुन् ।


…दुःखद भनुँ या सुखद, मधेसी र जनजातिलाई घृणा गरेर आर्जन गरेको ओलीको कुमाई राष्ट्रवादको जरा छिनेको छ । गणतन्त्र नेपालको प्रधानमन्त्रीको कुर्सीमा बसेर बाख्राको टाउकोले भैंसीको सिङ धान्न सक्दैन भनेर गणतन्त्रलाई व्याख्या गर्ने ओली, संघीयता नमान्ने चित्र बहादुर केसी, राजतन्त्र र हिन्दुराष्ट्रको वकालत गर्ने कमल थापाहरू अर्थात समग्रमा फेरि एकपटक गणतन्त्र, संघीयता र धर्म निरपेक्षता नमान्ने जमातहरू बिचको ध्रुवीकरण भयो भने पनि आश्चर्य नमाने हुन्छ ।…


 ओलीको कुमाई राष्ट्रवाद

‘आई एम विथ केपी ओली’भन्ने एमालेहरूले के कुरा बुझ्नु जरुरी छ भने ओली कत्तिको राष्ट्रवादी हुन् भन्ने कुरा टनकपुर सन्धिमा माधवकुमार नेपाल र स्वयम् केपी ओली गुटले सहिछाप लगाएर राष्ट्रघात गरेको कुरा बिर्सनु हुन्न । सोप्रति असन्तुष्टि जनाउँदै २०५३ सालमा एमाले फुटेर बामदेव गौतमको नेतृत्वमा बनेको मालेका तत्कालीन युवा नेताहरू र हालका पनि एमालेका चर्चित युवा नेताहरू घनश्याम भुसाल, रविन्द्र अधिकारी, योगेश भट्टराईहरूको समुहले प्रकाशन गरेको ‘एमालेका ५१ अपराधहरू’ शिर्षकको बुकलेट पुस्तक पढे हुन्छ । जहाँ राम्ररी देखिन्छ ओलीको राष्ट्रवाद । अहिलेको ओलीको राष्ट्रवाद बाध्यात्मक परिस्थिति जन्य राष्ट्रवाद हो । त्यो पनि उ एक्लैले आर्जन गरेको होइन त्यसमा प्रचण्डले ठूलो गुन लगाएको छन् । जसरी ओलीलाई प्रधानमन्त्री बनाउनदेखि नाकाबन्दीको सामना गर्न प्रचण्डले दरो साथ दिए तर पछिल्लो क्रममा भैंसीको सिङ उम्र्या झैँ टुप्पामा आफैं पलाएकोजस्तो ठान्ने ओलीको घमण्डले सरकार दुर्घटनामा परेको हो ।
सरकार गुल्टेर ऊँटको मण्टो झैँ उँधोमुण्टो भएर रनाहा परेको बेला असह्य पीडा ओकल्ने एउटै बाटो सामाजिक सञ्जालहरूमा माओवादी केन्द्र र प्रचण्डलाई गाली गर्नु केपीका आसेपासे र दिग्भ्रमित जमातहरूको दैनिकी अझै केही दिन लम्बिन सक्ला । अहिले फेसबुक र ट्वीटरमा समेत चटकीहरूले ‘आई एम विथ केपी ओली’ भन्दै असह्य पीडामा प्रचण्डलाई गालीको वर्षा वर्षाउँदै छन् । उट्पट्याङ र उरन्ठेउला जमातहरूलाई पोस्न महिनाको पकेट खर्च मात्रै १५ लाख खर्च गरेका ओलीले गणितीय हिसाबमा सरकार गिरिसकेको बेला म राजीनामा गर्दिन संसदको सामना गर्छु भन्नू उहीँ टाउको छिनेको राँगाको जस्तो फेरि बाँच्छु कि भन्ने चीत्कार मात्रै हुन् । दुःखद भनुँ या सुखद, मधेसी र जनजातिलाई घृणा गरेर आर्जन गरेको ओलीको कुमाई राष्ट्रवादको जरा छिनेको छ । गणतन्त्र नेपालको प्रधानमन्त्रीको कुर्सीमा बसेर बाख्राको टाउकोले भैंसीको सिङ धान्न सक्दैन भनेर गणतन्त्रलाई व्याख्या गर्ने ओली, संघीयता नमान्ने चित्र बहादुर केसी, राजतन्त्र र हिन्दुराष्ट्रको वकालत गर्ने कमल थापाहरू अर्थात समग्रमा फेरि एकपटक गणतन्त्र, संघीयता र धर्म निरपेक्षता नमान्ने जमातहरू बिचको ध्रुवीकरण भयो भने पनि आश्चर्य नमाने हुन्छ ।


…‘आई एम विथ केपी ओली’भन्ने एमालेहरूले के कुरा बुझ्नु जरुरी छ भने ओली कत्तिको राष्ट्रवादी हुन् भन्ने कुरा टनकपुर सन्धिमा माधवकुमार नेपाल र स्वयम् केपी ओली गुटले सहिछाप लगाएर राष्ट्रघात गरेको कुरा बिर्सनु हुन्न । सोप्रति असन्तुष्टि जनाउँदै २०५३ सालमा एमाले फुटेर बामदेव गौतमको नेतृत्वमा बनेको मालेका तत्कालीन युवा नेताहरू र हालका पनि एमालेका चर्चित युवा नेताहरू घनश्याम भुसाल, रविन्द्र अधिकारी, योगेश भट्टराईहरूको समुहले प्रकाशन गरेको ‘एमालेका ५१ अपराधहरू’ शिर्षकको बुकलेट पुस्तक पढे हुन्छ । जहाँ राम्ररी देखिन्छ ओलीको राष्ट्रवाद ।…


 दोष संसदीय व्यवस्था र रंगमञ्चमा देखिने पात्रहरूको

अन्तमा, सरकार ढाल्ने बनाउने, बनाउने ढाल्ने भनेर हामी जसले जतिसुकै ओलीलाई गाली गरौं या प्रचण्ड गाली गरौं या त शेरबहादुर देउवालाई गाली गरौं । सबै दोष संसदीय व्यवस्था र त्यसको रंगमञ्चमा देखिने पात्रहरूको हो । संसदीय व्यवस्था देखिँदा आफैंमा बेठिक नहोला तर हाम्रा राजनीतिका पात्रहरूमा इमान्दारिता, नैतिकताको अभाव र जनउत्तरदायित्व बोध नहुँदा पटक–पटक सरकार ढाल्ने र बनाउने भाँडाकुटी खेलजस्तै बन्दै आएको छ । हामी जनताले जतिसुकै ती पात्रहरूलाई दाँत किटेर गाली गरे पनि तिनीहरूलाई हटाउन सक्ने अधिकार जनतामा छैन । उनीहरू आफुलाई जनप्रतिनिधि त भन्छन्, चुनावमा जितेर गएका पनि हुन् तर जनताको चाहना कहिल्यै नबुझ्नेहरू केको जनप्रतिनिधि ? केको नेता ?संविधान संशोधनमार्फत नेपालमा अभ्यास भइरहेको संसदीय व्यवस्थाको विकल्प खोज्न जरुरी भएको छ । छिटो–छिटो सत्ता परिवर्तनको घिनलाग्दो खेलबाट जनता आजित भएका छन् । देशको विविधता सम्बोधन गरी देशलाई विकास र समृद्धिको बाटोमा दोर्याउन पनि निश्चित समयका लागि जनताबाट प्रत्यक्ष निर्वाचित स्थायी सरकारको आवश्यकता झन बढेर गएको देखिन्छ । तसर्थ, अब देशलाई भाँडाकुटी खेल्ने क्रिडास्थल बनाउनेहरूलाई सिधै जनताले ‘राइट टु रिजेक्ट’ गर्न सक्ने ताजा जनमतबाट राष्ट्रप्रमुख हुने प्रत्यक्ष निर्वाचित व्यवस्थातिर जान ढिलो गर्नु हुन्न । यो बेतिथिको अन्त्य हुनु जरुरी छ ।

प्रकाशित, ३० असार २०७३

Posted by on Jul 14 2016. Filed under Breaking News, दृष्टिकोण. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “दोष संसदीय व्यवस्था र रंगमञ्चमा देखिने पात्रहरूमा : लेनिन गुरुङ”

  1. I like this web site very much, Its a very nice place to read and obtain info . “…when you have eliminated the impossible, whatever remains, however improbable, must be the truth.” by Conan Doyle.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com