हामी विभेदविरुद्धको लडाइँमा छौं, अरू सबै कुरा हाम्रा लागि गौण हुन् : उपेन्द्र यादव

संघीय समाजवादी फोरमका अध्यक्ष तथा संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव

मधेसी जनजातिका २९ दल मिलेर बनेको संघीय गठबन्धन संयोजक उपेन्द्र यादव संघीय समाजवादी फोरमका अध्यक्ष हुन् । उनले आसन्न सत्ता गठबन्धनबाट आन्दोलनकारी पक्षसँग साझा सहमति खोज्ने प्रयत्नलाई सकारात्मक सुरुवातका रूपमा लिँदै परिणाममुखी संवादको प्रतीक्षा गर्ने बताएका छन् । यादवसँग बसन्त बस्नेतले गरेको संक्षिप्त कुराकानी

कार्यदल बनेपछि अनौपचारिक संवाद अघि बढेको हो ?
हो, लामो अवधिदेखि मधेसी, जनजातिलगायतको आन्दोलन चलिरहेको छ । जनताका असन्तुष्टि सम्बोधन गर्ने अवसर राज्यलाई फेरि एक पटक आउँदैछ । राज्यले यो अवसरलाई कतिको सदुपयोग गर्छ, त्यसैमा संवाद परिणाममुखी हुन्छ कि हुँदैन, निर्भर हुनेछ ।

कांग्रेस र माओवादी पक्ष वार्तामा गम्भीर छ कि प्रधानमन्त्री चयनका लागि तपाईंहरूलाई उपयोग मात्रै गर्न खोजिएको हो ?
उहाँहरूको बोली सकारात्मक सुनिएको छ । तर वार्तामा भएका कुराकानी व्यवहारमा नउतारी यो सकारात्मक र परिणाममुखी हुनै सक्दैन । हामी मीठो कुरा होइन, व्यवहारमा उतारिएको हेर्न चाहन्छौं ।

कार्यदल निर्माणलाई कसरी हेर्नुभएको छ ?
सुरुवात सकारात्मक छ, तर यसैलाई प्रगति नमानी हालौं । अहिलेलाई ड्राफ्ट बन्ने हो । त्यसमा सहमति हुन्छ कि हुँदैन, हस्ताक्षर हुन्छ कि हुँदैन भन्ने कुराले कार्यान्वयन निर्भर हुन्छ । जेहोस्, यो सकारात्मक सुरुवात हो ।

कार्यदलमा सहमति कहिलेसम्म जुटिसक्नुपर्छ ?
कार्यदलले नै सहमतिको मस्यौदा तयार पारेपछि छलफलमा बस्ने हो । प्रधानमन्त्री चुनावमा भोटिङभन्दा अगाडि सहमति हुनुपर्छ भन्ने हाम्रो माग हो ।

ओली सरकार बहिर्गमनसँगै नयाँ बन्ने सरकारमा तपाईंहरू जाने हो ?
पहिले त राजनीतिक मुद्दामा सहमति भयो भने प्रचण्डजीलाई भोट हालिन्छ । अहिल्यै सरकारमा जाँदैनौं । बाहिरैबाट समर्थन हुन्छ । मागहरू सम्बोधन र कार्यान्वयन भइसकेपछि अरू कुरा विचार गर्ने हो ।

दाहालले आफू नेतृत्वको सरकारमा मोर्चा सहभागी हुने संकेत गर्नुभएको छ, कुरा के हो ?
हामी सरकारमा जान्छौं, तर मागहरू सम्बोधन भए, कार्यान्वयन भयो भन्ने अनुभूति भइसकेपछि । अब हामीलाई आन्दोलन आवश्यक छैन भन्ने महसुस हुनुपर्यो । त्यसका लागि वार्ता कसरी अघि बढ्छ, पहिले हेरौं ।

अब वार्ता कोसँग हुन्छ, मोर्चा कि गठबन्धनसँग ?
गठबन्धनसँगै हुने हो, त्यसमा मोर्चा पनि छ । यसलाई अलग–अलग ढंगले व्याख्या गरिदिनुभएन ।

कांग्रेस र माओवादीले मात्रै सहमति गरेर हुने त होइन होला, संविधान संशोधनमा एमाले चाहिन्न ?
अहिलेलाई सत्ता गठबन्धन कांग्रेस र माओवादीबीच भएको हो । संविधान संशोधनबाट हुने कुरालाई हाम्रोसमेत सहमतिमा त्यो प्रस्ताव संसद्समक्ष प्रस्तुत गर्ने, पारित गराउने दायित्व सरकारको हो । त्यसका लागि उसले सबैसँग छलफल गर्नुपर्ने हुन्छ ।

फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार फेरि सरकारमा आउने चर्चा छ, तपाईं उहाँलाई रोक्न लागिरहेको भन्ने कुरा के हो ?
नचाहिँदो कुरा । उपेन्द्रले गच्छदारलाई रोक्न खोज्यो भन्ने हल्ला किन आइरहेको छ, बुझ्न सकेका छैनौं । को सरकारमा आउँछ, जान्छ त्यो हाम्रा लागि सरोकार होइन । कसलाई राख्ने, नराख्ने प्रधानमन्त्रीको इच्छाको कुरा हो । त्यसमा हामी वा अरू कसैले किन हस्तक्षेप गर्ने ? हामी विभेदविरुद्धको लडाइँमा छौं, अरू सबै कुरा हाम्रा लागि गौण हुन् ।
प्रकाशित, १६ साउन, ०७३

http://kantipur.ekantipur.com/ बाट

Posted by on Jul 31 2016. Filed under Breaking News, अन्तरवार्ता, पत्रपत्रिकाबाट, फोटो. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

9 Comments for “हामी विभेदविरुद्धको लडाइँमा छौं, अरू सबै कुरा हाम्रा लागि गौण हुन् : उपेन्द्र यादव”

  1. amDx1B Thanks a lot for the blog article.Much thanks again. Great.

  2. By investing in a uniform exercise program, it will be easy to significantly lessen your weight
    inside off a few months to your year. The workout will need
    about twenty minutes too accompkish sso you only have to try
    this triple every week this alo is more potent than your family cardio workout.
    Also, there may be more to weight-loss than only diet and exercise.

    Also visit mmy blog; how to lose weight fast at home for fre (griffinhxnb471blog.jiliblog.com) http://griffinhxnb471blog.jiliblog.com/403486/great-muscle-building-guidance-for-getting-ripped-out-in-no-time

  3. His work has appeared in Design Book Six and Design Book Seven, and his shop was featured in The Workshop by Taunton Press.

    My weblog; DIY Smart saw https://www.facebook.com/DIYSmartSawReview

  4. Dedicados absolutamente a la satisfacción de nuestros más de cuatrocientos clientes en todo el territorio abalear, mejoramos cada día la calidad de nuestros servicios contando con el mejor equipo técnico y humano, cualificado y formado, que
    hace de nuestra empresa la más adecuada para el tipo
    de servicio que precisan. http://www.makitech.com.my/?option=com_k2&view=itemlist&task=user&id=1677375

  5. I just want to say I am just new to blogging and site-building and actually loved your blog. Almost certainly I’m want to bookmark your blog post . You amazingly come with incredible articles. Kudos for sharing with us your website.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com