संघीय गठबन्धनले माग्यो कांग्रेस र माओवादी केन्द्रसँग प्रष्ट सीमांकन रोडम्याप

Ghathabandhan_Congress-Maoist Meeting_15 Saun

सहमति जुटे सोमबार राति नै साझा कार्यक्रमको मस्यौदामा हस्ताक्षर हुन सक्ने

बसन्त बस्नेत,
काठमाडौं, १६ साउन- मधेसी मोर्चासहितको संघीय गठबन्धनले संघीय प्रदेशको प्रधानमन्त्री चुनावअघि नै सीमांकन हेरफेरबारे कांग्रेस र माओवादी केन्द्रको प्रष्ट धारणा आउनुपर्ने माग गरेको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दल कार्यालयमा बसेको साझा न्युनतम कार्यक्रम तथा सहमति निर्माणका लागि गठित त्रिपक्षीय कार्यदल बैठकमा गठबन्धन नेताहरुले मधेस आन्दोलनको सबैभन्दा मूख्य माग नै सीमांकन हेरफेर भएकाले त्यसमा प्रष्ट प्रतिबद्धता प्राप्त भएपछि मात्रै आगामी सरकारलाई सघाउन सकिने अडान राखेका हुन् ।

कांग्रेस माओवादी र आन्दोलनरत गठबन्धनबीच साझा न्युनतम कार्यक्रमसहित आगामी चुनावसम्मको रोडम्याप तयार गर्न शनिबार कार्यदल गठन भएको हो । बैठकपछि कान्तिपुरसग कुरा गर्दै संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले दुवै पक्षले तयारीसहित सोमबारको बेठकमा आउने, सम्भव भए रातिभित्रै सहमतिको मस्यौदामा हस्ताक्षर हुने बताए । ‘आज विषयमा आ–आफ्ना तर्फबाट पोजिसन् राख्ने काम भएको छ, भोलि पहिलो चरणमा हामी पार्टी नेतृत्वसग छलफलपछिका कुरा राख्नेछौं,’ श्रेष्ठले भने, ‘दोस्रो चरणमा छलफल हुदा सहमति भयो भने साझा ड्राफ्ट तयार हुनेछ ।’ उनले ठोस एजेन्डा अझै आइनसकेकाले सहमति हुने सम्भावनाबारे अहिल्यै यकिन गर्न नसकिने बताए ।

‘आन्दोलनको मूख्य माग सीमांकन भएकाले अहिल्यै प्रष्ट गर्नुपर्छ भनेर ठूला दललाई भनेका छौं,’ कार्यदल सदस्य रहेका संघीय लिम्बुवान पार्टी अध्यक्ष कुमार लिङेनले भने, ‘आज पहिलो छलफल भएकाले औपचारिक रुपमा विषयमा प्रवेश गर्ने काम भयो । भोलि आ–आफ्नो दलमा छलफल गरी विस्तृतमा कुरा गर्नेछौं ।’

कांग्रेसको प्रस्ताव : सात बुदेलाई नै आधार बनाऔं
बैठक स्रोतका अनुसार कांग्रेसले माओवादीसग गरेको सातबुदे सम्झौतामा नै सीमांकनको कुरा प्रष्ट राखेकाले त्यसलाई नै मूल आधार बनाउनुपर्ने धारणा राखेको थियो ।

कार्यदल सदस्य रहेका कांग्रेस नेता विमलेन्द्र निधिले आफ्नो दलले माओवादी केन्द्रसग असार अन्तिम साता गरेको सातबुदे सहमतिको पहिलो बुदामै मधेसी, थारु, जनजातिलगायतका मुद्दा सम्बोधन गर्ने उल्लेख भएकाले त्यसैलाई साझा न्युनतम कार्यक्रमको मूख्य आधार बनाउन प्रस्ताव गरेको बताए । ‘हामीले सातबुदेलाई साझा न्युनतम कार्यक्रम बनाऔं भनेर प्रस्ताव गरेका छों, आज त्योलगायत अन्य केही सैद्धान्तिक विषयमा छलफल भएका छन्,’ निधिले भने, ‘भोलि सबैले आ–आफ्नो दलमा परामर्श गरी आउने कुरा भएको छ ।’

माओवादीले भन्यो : संयन्त्रलाई अघि बढाऔं
माओवादीका तर्फबाट नेता कृष्णबहादुर महराले सीमांकनलगायत सबै मुद्दामा खुला ढंगले छलफल गर्न आफ्नो दल तयार भएको भन्दै गठबन्धनलाई आश्वस्त पार्न खोजेका थिए । उनले यसअघि माघ पहिलो सातासम्म भएका छलफलमा सीमांकनसम्बन्धी उच्चस्तरीय राजनीतक संयन्त्रमार्फत् जान सकिने सम्भावना खुला राख्नुपर्ने समेत बताए । ‘अघिल्लो सरकारले गठन गरेको संयन्त्रले पूर्णता पाएन, त्यसलाई नया ढंगले परिमार्जन गरेर जाऔं,’ बैठकमा महराको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘नत्र अन्य विकल्पमा पनि हामी खुला ढंगले छलफल गर्न तयार छौं ।’

आन्दोलरत पक्षसग ओली सरकारले जारी राखेको वार्ता माघ पहिलो सातायता अघि नढबेका बेला आसन्न सत्ता गठबन्धनका साझेदार कांग्रेस र माओवादीले सरकार नबन्दै मोर्चासहितको गठबन्धनसग वार्ता थालेका हुन् । कार्यदलले ठोस सहमति जुटाए गत वर्ष साउन ३१ देखि सुरु आन्दोलनले निकास पाउने ठानिएको छ ।

कार्यदलमा माओवादीले नाम पठायो
माओवादी केन्द्रले साझा न्युनतम कार्यक्रम तयार पार्न शनिबार गठित त्रिपक्षीय कार्यदलमा आफ्ना तर्फबाट तीन सदस्यको नाम पठाएको छ । अध्यक्ष पुष्पकमल दाहालले कार्यदलमा नेता कृष्णबहादुर महरा, वर्षमान पुन र गिरिराजमणि पोखरेललाई पठाएका हुन् ।

यसअघि कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र रमेश लेखक तथा आन्दोलनरत संघीय गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी र लिम्बुवान पार्टी अध्यक्ष कुमार लिङदेन कार्यदल सदस्यका सहभागी छन् । कार्यदलले साझा कार्यक्रम लगायत आन्दोलनमा माग सम्बोधन हुदै निर्वाचनसम्म सगै जान सक्ने रोडम्याप तयार गर्ने बताइएको छ ।

http://kantipur.ekantipur.com/ बाट

Posted by on Jul 31 2016. Filed under Breaking News, पत्रपत्रिकाबाट, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com