संघीय समाजवादी फोरममा कांग्रेस, एमाले र माओवादी केन्द्र परित्याग गरी प्रवेश

Mirchaiya Party prabes (1)

मिर्चैया, सिरहा २६ साउन- सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सयौं स्थानीय नेता कार्यकर्ताहरु संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका छन् ।

मंगलबार सिरहाको मिर्चैयामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हुन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरु लगायत नवप्रवेशीहरुलाई संघीय समाजवादी फोरम, नेपालका नेता तथा सांसद डा. विरेन्द्र महतोले अविर तथा माला लगाएर स्वागत गरेका थिए ।

Mirchaiya Party prabes (4)

पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै सांसद महतोले भने, ‘आफ्ना अधिकार प्राप्तिको लागि सम्पूर्ण मधेशी जनताहरु एक जुट हुनुपर्छ, विभाजित हुनुभएन्, सँगै मिलेर लडियो भने परिवर्तन सम्भव छ ।’

उनले मधेशी जनताको हक, अधिकार सुरक्षित गर्नको लागि पनि आफ्नो पार्टी संघर्षरत रहेको उल्लेख गर्दै आगामी दिनमा सबै नेता तथा कार्यकर्ता एक भएर लागि परे राज्यसँग अधिकार लिन सकिने विश्वास व्यक्त गरे ।

कांग्रेस, एमाले र माओवादी केन्द्र परित्याग गरी फोरम नेपालमा प्रवेश गर्ने अधिकांश व्यक्तिहरु स्थानीय तहका प्रभावशाली नेताहरु हुन् । नवप्रवेशीहरु मिर्चैया नगरपालिका वडा नम्बर ९ र १० का हुन् ।

Mirchaiya Party prabes (3)

http://reportersnepal.com/ बाट

Posted by on Aug 10 2016. Filed under Breaking News, पत्रपत्रिकाबाट, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

3 Comments for “संघीय समाजवादी फोरममा कांग्रेस, एमाले र माओवादी केन्द्र परित्याग गरी प्रवेश”

  1. EyWf82 This blog is no doubt entertaining and besides factual. I have picked up a bunch of helpful stuff out of this amazing blog. I ad love to visit it every once in a while. Thanks a bunch!

  2. A round of applause for your post.Much thanks again. Want more.

  3. OELYrI I truly appreciate this article post.Really thank you! Will read on

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com