संसारका आदिवासी जनताले मात्रै मानव जातिको अस्तित्व बचाउन सक्छ : नोम चोम्स्की

noam-chomsky-800x500_c

चोम्स्कीले अमेरिका, क्यानडा र अस्ट्रेलियाजस्ता देशहरु तिनको इतिहासमा आदिवासी जनता र प्रथम राष्ट्र  (फस्ट नेसन भनिने आदिवासी) माथि गरिएको उत्पीडनका कारण आज ‘आफैले बनाएको घाउ’को पीडाबाट पिरोलिएको पनि बताए । ‘संसारभरि नै आदिवासी समुदायले नै हामीलाई त्यस्ता खतराबाट मुक्त राख्ने प्रयास गरिरहेका छन्, चाहे ती क्यानडाका प्रथम राष्ट्रहरु र बोलिभियाका आदिवासीहरु हुन् वा अस्ट्रेलियाका अबोरिजिन्सहरु र भारतका घुमन्तु जातिहरु नै किन नहुन् । जसलाई हामी ‘असभ्य’ भन्दै आएका छौं, उनीहरुले नै हामीले ‘सभ्य’ भन्ने गरेकाहरुलाई सबै सङ्कटबाट जोगाउन दिलोज्यान लगाइरहेका छन्,’ चोम्स्कीले भने ।


संयुक्त राज्य अमेरिकाका विख्यात प्राध्यापक नोम चोम्स्कीले ल्याटिन अमेरिकाका आदिवासी जनता दशकौंअघिदेखि चल्दै आएको कर्पोरेट उत्पीडनविरुद्ध लड्दै आएको बताएका छन् ।

चर्चित राजनीतिक टिप्पणीकार तथा विद्वान नोम चोम्स्कीले हालैको एउटा अन्तर्वार्तामा संसारभरका आदिवासी जनताले मानव जातिलाई ध्वस्त हुन र पृथ्वीलाई महासङ्कटको भुमरीमा फस्नबाट जोगाउँदै आएको बताएका हुन् ।

चोम्स्कीले ल्याटिन अमेरिका, संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाका आदिवासी जनताले अधिकारका लागि आफ्नो आवाज गुञ्जाउने र अधिकार पाउने क्रमसँगै मानव जातिलाई ध्वस्त हुन र पृथ्वीलाई महासङ्कटको भुमरीमा फस्नबाट जोगाउँदै आएको गम्भीर टिप्पणी गरेका हुन् ।


चोम्स्कीले आदिवासी जनताले आवाज गुञ्जाउने क्रमसँगै मानव जातिलाई ध्वस्त हुन र पृथ्वीलाई महासङ्कटको भुमरीमा फस्नबाट जोगाउँदै आएको टिप्पणी गरेका हुन् ।


‘बोलिभिया र इक्वेडरजस्ता आदिवासीहरुको धेरै जनसङ्ख्या भएका देशहरुबाट पहिलो पटक आदिवासी समुदायहरुले आफ्नो अधिकार पाउन थालेका हुन्’, ‘अल्टरनेट’ नामक समाचार स्रोतका अनुसार चोम्स्कीले केही समयअघि दिएको एक अन्तर्वार्तामा भनेका थिए ।

‘यो सम्पूर्ण विश्वको लागि एउटा अत्यन्त महत्वपूर्ण फड्को थियो । संसारभर सम्पूर्ण मानव जातिलाई सङ्कटबाट जोगाउने प्रयासमा रहेको नेतृत्वकारी शक्ति आदिवासी समुदाय हो भन्ने कुरा एकप्रकारमा अविश्वसनीय ढङ्गले विरोधासपूर्ण छ ।’ उनले भने ।

चोम्स्कीले संरा. अमेरिका, क्यानडा र अस्ट्रेलियाजस्ता देशहरु तिनको इतिहासमा आदिवासी जनता र प्रथम राष्ट्र  (फस्ट नेसन भनिने आदिवासी) माथि गरिएको उत्पीडनका कारण आज ‘आफैले बनाएको घाउ’को पीडाबाट पिरोलिएको पनि बताए ।

aadibasi-1

ब्राजिलको अमेजन क्षेत्रमा बनाउन लागिएको बाँधविरुद्ध सडक प्रदर्शनमा उत्रिएका मुन्दुरुकु जनता / रोयटर

संसारले ‘सम्भावित वातावरणीय महामारी झेल्नु पर्ने र त्यस्तो सङ्कट धेरै टाढा नभएको’मा जोड दिँदै उनले विश्वका आदिवासी जनता त्यसविरुद्ध जुझिरहेको बताए । उनले विश्वका आदिवासी जनता मात्रै त्यस्ता वातावरणीय सङ्कटको सम्भावनाको महसुस र मानव जातिबीच सेतुको भूमिकामा रहेको प्रस्ट पारे ।

‘संसारभरि नै आदिवासी समुदायले नै हामीलाई त्यस्ता खतराबाट मुक्त राख्ने प्रयास गरिरहेका छन्, चाहे ती क्यानडाका प्रथम राष्ट्रहरु र बोलिभियाका आदिवासीहरु हुन् वा अस्ट्रेलियाका अबोरिजिन्सहरु र भारतका घुमन्तु जातिहरु नै किन नहुन् । जसलाई हामी ‘असभ्य’ भन्दै आएका छौं, उनीहरुले नै हामीले ‘सभ्य’ भन्ने गरेकाहरुलाई सबै सङ्कटबाट जोगाउन दिलोज्यान लगाइरहेका छन्,’ चोम्स्कीले भने ।

चोम्स्कीका यस्ता विचार ल्याटिन अमेरिकी महादेशको राजनीतिमा त्यहाँका धेरै आदिवासी समुदायको संलग्नता बढिरहेको सन्दर्भमा बाहिर आएको देखिन्छ । सो क्षेत्रमा पश्चिमा राष्ट्रहरु, विशेषत: संरा. अमेरिकाको प्रभावका कारण विश्व पुँजीवादले त्यहाँका भूमि र स्रोतमाथि गर्दै आएको दोहनविरुद्ध आदिवासीहरुले थालेको सङ्घर्ष तीब्र बन्दै गएको छ ।

अनुवाद : निरज लवजु

स्रोत : http://www.telesurtv.net/english/news/Chomsky-World-Indigenous-People-Only-Hope-for-Human-Survival-20160726-0040.html

फिचर तस्बिर : www.popularresistance.org

http://esamata.com/ बाट

प्रकाशित, २९ साउन २०७३

Posted by on Aug 12 2016. Filed under Breaking News, पत्रपत्रिकाबाट, फोटो, समाज/संस्कृति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

10 Comments for “संसारका आदिवासी जनताले मात्रै मानव जातिको अस्तित्व बचाउन सक्छ : नोम चोम्स्की”

  1. सुदन खुस:

    आदिवासीहरूको “पिडा” पर्यटक हरू र “आप्रवासी”हरूले बुझ्न सक्दैन भन्ने मनोविज्ञान
    कतै “घरहरा”को चासो र “काष्ठ मण्डप”को “बेवास्ता” मा
    सरकारी अभिब्यक्ति यसैको परिणाम त हैन?

  2. “Really appreciate you sharing this blog.Really looking forward to read more. Will read on…”

  3. Very informative blog post.Really thank you!

  4. I think this is a real great blog.Much thanks again. Want more.

  5. This is one awesome blog post.Really looking forward to read more. Want more.

  6. Im thankful for the blog article.Really looking forward to read more. Fantastic.

  7. Awesome article post.Really looking forward to read more. Really Cool.

  8. Muchos Gracias for your article.Really thank you! Keep writing.

  9. I truly appreciate this blog post.Really looking forward to read more. Fantastic.

  10. Here is an excellent Weblog You might Find Interesting that we encourage you to visit.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com