ससफो नेपालका वरिष्ठ नेता अशोककुमार राईले इजरायल पुगेर आक्रोश पोखे

Ijrayal visit (1)

संघीय समाज इजरायलको दोस्रो अधिवेशनबाट सुन्दरसिंह योन्जन तामाङको अध्यक्षतामा २१ सदस्यीय नेतृत्व चयन

इजरायल १३ अगस्ट– आदिवासी जनजाति, मधेसी, शिल्पीलगायत उत्पीडित, उपेक्षित जनता सदिऔँदेखि पहिचान र अधिकारका लागि लडिरहेको तर अधिकार सुनिश्चित हुन नसकेकोप्रति संघीय समाजवादी फोरम, नेपालका वरिष्ठ नेता अशोककुमार राईले दुःख र आक्रोश व्यक्त गरेका छन् ।
२२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलद्वारा इजरायलको लेबेन्दामा गत शुक्रबार आयोजित कार्यक्रममा सो कुरा ब्यक्त गरेका हुन् ।
‘नेपालमा आदिवासी जनजाति, मधेसी, शिल्पी समुदायका जनताहरूले जे माग मागिरहेका छन् त्यो त राज्यले स्वतः बुझेर उनीहरूको मागहरू सुनिश्चित गरिदिनुपर्ने हो,’ सम्बोधनको क्रममा वरिष्ठ नेता राईले भने, ‘अन्तरदृष्टिले देखेर दिनुपर्ने हो तर माग्दा पनि नदिने र मान्छे मारिनुपर्ने देशको दुःखद अवस्था छ ।’
संसारभरका आदिवासीहरूले अगस्ट ९ तारिखको अवसरमा विविध कार्यक्रमहरू गरी विश्व आदिवासी दिवस मनाउने गरेको स्मरण गर्दै संसारभरका आदिवसीहरूलाई शुभकामना समेत नेता राईले दिएका थिए ।
नेपालको राष्ट्रियताको आडमा मागी खाने भाँडो नबनाउन र निहत्था जनतामाथि दमन गर्ने हतियार नबनाउन नेता राईले संकेत गरे,‘नेपाली राष्ट्रियता भनेको नै नेपालका सबै जाति, समुदाय, भाषा, संस्कृति, धर्मको योगफल हो । त्यसबाट उत्पत्ति भएको हामी भन्ने भावना नै बास्तविक राष्ट्रियता हो ।’
देशको एउटा नेता हुनुले अहिलेको देशको बेहाल अवस्था र उत्पीडित जाति समुदायको मागहरू सम्बोधन हुन नसकेकोप्रति दुःख लागेको र लज्जाबोध भएको राईले बताए ।
लामो समय चलेको तराई–मधेस र थरुहटको आन्दोलनप्रति इंगित गर्दै नेता राईले भने, ‘मधेस थरुहटमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलन हुँदा मान्छे मार्नु उचित थिएन । बिल्कुल अनुचित थियो ।’ सम्बोधनको क्रममा राईले थप भने, ‘बिना हातहतियार शान्तिपूर्ण ढंगले अधिकार माग्ने आन्दोलन थियो मधेस आन्दोलन । तर आफ्नै देशका जनता जो निहत्था छन् र शान्तिपूर्ण आन्दोलनमा सहभागी जनतालाई गोली ठोकियो ।’

Ijarayal visit (4)
नेपालका सबै संस्कृत र चाडपर्वहरूलाई राज्यले समान दृष्टि र व्यवहार प्रकट गर्नुपर्नेमा नेपाल सरकारले खासै महत्व दिन नसकेको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा पूर्व राजदूत डा. गणेश योन्जनले बताए ।
विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ इजरायलले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा. योन्जनले भने, ‘नेपालको सगरमाथाको मात्र कुरा गर्छौं, लुम्बिनीको मात्र कुरा गर्छौं तर नेपालका विविध जाति जनजातिमा रहेका सुन्दरतम् संस्कृतिहरूको त्यत्ति चर्चा गर्दैनौं र विश्वलाइै चिनाउन पनि हिच्किचाउँछौं ।’
कार्यक्रममा इजरायलमा रहेका नेपालका आदिवासी जनजातिहरू आ–आफ्नो भेषभुषासहित उपस्थित थिए भने कार्यक्रममा विविध सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघ इजरायलमा तामाङ, मगर, गुरुङ, नेवार, राई, ह्योल्मो, शेर्पा, लिम्बुलगायत जनजातीय संघसंस्थाहरू आबद्ध छन् ।
संसारभरका ७० भन्दा बढी देशहरूमा ३ सय ७० मिलियन जनसंख्या आदिवासीहरूको रहेको संयुक्त राष्ट्र संघले अनुमान गरेको छ ।

Ijarayal visit (1)
संघीय समाजवादी फोरम, नेपालको संसदीय दलका नेता तथा पूर्वमन्त्री अशोककुमार राई र केन्द्रीय सदस्य तथा पूर्वराजदूत डा. गणेश योन्जन तामाङ गत बिहिबार इजरायल पुगेका हुन् । नेपाल आदिवासी जनजाति महासंघ इजरायलद्वारा आयोजित २२ औं विश्व आदिवासी दिवस–२०१६ र नेपाली संघीय समाज, इजरायलको दोस्रो अधिवेशनमा सरिक हुन गत बुधबार नेपालबाट इजरायल प्रस्थान गरेका थिए ।
अगस्ट ११ तारिखमा इजरायलको समय ७ः३० बजे बेन्गोरिन अन्तरास्ट्रिय विमानस्थलमा पुगेका नेताद्वयलाई नेपाली संङघीय समाज, इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निर्मला गुरुङ, नेपाल तामाङ घेदुङका प्रथम उपाध्यक्ष नानीमाया योन्जन तामाङलगायतले संयुक्त रुपमा भव्य स्वागत गरेका थिए । विमानस्थलदेखि होटलसम्म पुर्याउनको निमित्त नेपाली राजदूतवास इजरायलले व्यवस्था गरेको थियो । दुतावासका कावा महामहिम राजदूत रामेश्वर पौडेलले सहचारी भोजकुमार भट्टराई र चालक चण्डिका सिटौलालाई विमानस्थल स्वागतका लागि पठाइएको थियो ।
नेताद्वय अशोककुमार राई र डा. गणेण योन्जन अगस्ट १४ तारिख आइतबारको साँझ इजरायलबाट नेपाल प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाल तामाङ घेदुङ, इजरायलका प्रथम उपाध्यक्ष नानीमाया योन्जन तामाङले जानकारी दिइन् ।

Ijarayal visit (2)

Ijrayal visit (2)

Ijrayal Nefeso

संघीय समाज इजरायलको दोस्रो अधिवेशनबाट सुन्दरसिंह योन्जन तामाङको अध्यक्षतामा २१ सदस्यीय नेतृत्व चयन

इजरायल, १३ अगस्ट– संघीय समाजवादी फोरम, नेपालसम्बद्ध नेपलाी संघीय समाज इजरायलको दोस्रो अधिवेशनले सुन्दरसिंह योन्जन तामाङको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ ।
२२ औँ विश्व आदिवासी दिवसको कार्यक्रम सकिए लगत्तै इजरायलको लेबेन्दामा अगस्ट १२ तारिख शुक्रबार नै सम्पन्न दोस्रो अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।
सो अधिवेशनलाई ससफो नेपालका वरिष्ठ नेता अशोककुमार राई र केन्द्रीय सदस्य तथा पूर्व राजदूत डा. गणेश योन्जनले सम्बोधन गरेका थिए ।

Ijarayal visit (3)

Posted by on Aug 13 2016. Filed under Breaking News, मुख्य खबर, विश्व/नेफेसो, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

7 Comments for “ससफो नेपालका वरिष्ठ नेता अशोककुमार राईले इजरायल पुगेर आक्रोश पोखे”

  1. Thanks for the sensible critique. Me &amp my neighbor were just preparing to do a little research about this. We got a grab a book from our area library but I think I learned more clear from this post. I am very glad to see such wonderful info being shared freely out there.

  2. whoah this weblog is wonderful i love studying your posts. Stay up the great work! You know, many individuals are searching round for this info, you can aid them greatly.

  3. Appreciating the time and energy you put into your blog and in depth information you provide. It’s good to come across a blog every once in a while that isn’t the same unwanted rehashed information. Excellent read! I’ve saved your site and I’m adding your RSS feeds to my Google account.

  4. Do you have a spam problem on this site I also am

  5. Wow, superb blog layout! How long have you been blogging for? you made blogging look easy. The overall look of your website is wonderful, let alone the content!

  6. Enjoyed examining this, very good stuff, thankyou . While thou livest keep a good tongue in thy head. by William Shakespeare.

  7. I simply want to say I am just all new to blogging and site-building and really loved you’re web site. Likely I’m want to bookmark your blog . You surely have incredible posts. Bless you for sharing with us your website.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com