संविधान संशोधन नभए स्विकार्न सकिदैन र संविधान खारेजीको मुद्धा अघि बढ्न सक्छ: अध्यक्ष यादव

upendra-1000x0

जलेश्वर, ३० साउन-  संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संशोधन नगरिकन यो संविधान स्विकार्न नसकिने दोहोर्‍याएका छन् ।

यथास्थितिको संविधानले मुलुकलाई निकास र स्थिरता दिन नसकने उनको जिकिर थियो । ‘यो संविधान पनि गलत छ,’ उनले भने, ‘यसले कोरेको सिमाङ्कन हिमालदेखि तराईसम्म स्विकार्य पनि छैन ।’

महोत्तरी सदरमुका जलेश्वरमा आइतबार अपरान्ह सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले संविधान संशोधनका मागमा मोर्चा अडिग रहको दोहोर्‍याए । उनले संशोधनवाट कमी कमजोरी सच्याई यही संविधानलाई सर्वस्विकार्य बनाउन चुक्नु नहुने धारणा राखे । ‘हामीले संशोधन र सुधारका कुरा मात्र उठाउँदै आएका छौं,’ उनले थपे ‘वेवास्ता गरियो भने खारेजीको आन्दोलन चर्काउन बाध्य हुने छौं ।’

यादवले यथास्थितिमा गराइने कुनै पनि निर्वाचनको सार्थकता नहुने तर्क गरे । भने ‘अब नेपालमा चुनावकै लागि चुनाव सम्भव छैन ।’ उनले कांग्रेस र कम्युनिष्टले मुलुकमा अस्थिरता ल्याएको आरोप लगाए । मुलुक अधोगतितर्फ गइरहेको तथ्याङ्कगत विवरण पनि जोड्न खोजे ।

उसो भए प्रधानमन्त्रीका लागि कांग्रेस–कम्युनिष्टकै गठबन्धनका नेता पुष्पकमल दाहाललाई किन मत हालेको त ? भनि सञ्चारकर्मीले प्रश्न राखे । यादवको जवाफ थियो ‘यो ‘पोलिटिकल स्ट्रयाटेजी’ हो ।’

http://kantipur.ekantipur.com/ को सहयोगमा

 

Posted by on Aug 14 2016. Filed under Breaking News, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com