नवीन प्राचीनको कृति ‘उभिएर एकलै’ विमोचन

5
काठमाडौं, २ भाद्र–स्रष्टा नवीन प्राचीनको कविता कृति “उभिएर एकलै” विमोचन गरिएको छ । बुधबार राजधानीको मण्डला थिएटरमा आयोजित कार्यक्रमका बीच कृति विमोचन भएको हो ।
साहित्यकार उपेन्द्र सुब्बालगायत संगीत श्रोता, प्रकाश आङ्देम्बे र बलराम अधिकारीले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका हुन् । कृतिबारे टिप्पणी गर्दै भावको वैचारिक पक्षलाई कविताले शशक्त रुपमा उठान गरेको बोल्ने वक्ताहरुले बताए । कम शब्दमा सशक्त कविता लेख्नेहरु मध्ये नवीन बलियो हस्ताक्षरका रुपमा उभिएको समेत उनीहरुले बताउन भ्याए ।
अंग्रेजीमा समेत अनुवादित कृतिका बारेमा बोल्दै अनुवादक समेत रहेका बलराम अधिकारीले कविताका बिम्बहरु सशक्त भएको बताए । लामो समय कवितामा अध्ययन गरेर नवीन कृतिकारका रुपमा अगाडि आएको भन्दै अधिकारीले शुभकामना दिएका थिए ।
साहित्यकार उपेन्द्र सुब्बाले नयाँ पुस्ताका कविहरुमध्ये नवीन आश लाग्दा प्रतिभा भएको बताए । किताबको नाम ‘उभिएर एक्लै’ भए पनि धेरै जनाको साथ र सहयोगले कृति प्रकाशन भएर यहाँसम्म आइपुगेको सुब्बाले ठट्यौली तबरले बताए ।
कार्यक्रममा कवि चन्द्रवीर तुम्बापो र ज्योती भट्टराईले नवीनलाई कविता वाचनमा सहयोग गरेका थिए । कृति ‘उभिएर एक्लै’ रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।

3

Posted by on Aug 18 2016. Filed under इतिहास/कला/साहित्य. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “नवीन प्राचीनको कृति ‘उभिएर एकलै’ विमोचन”

  1. gCtjcH Merely wanna comment that you have a very nice site, I the layout it actually stands out.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com