ससफो नेपालका केन्द्रीय सदस्य बाबुराम शर्मा भुषालको ६१ वर्षमा निधन

Bhaburam Bhusal_Death_08-05-2073 (6)

काठमाडौं, ९ भदौ– संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बाबुराम शर्मा भुषालको भदौ ८ गते बुधबार विहान ३ः०० बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
नेता भुषालको निधन भएको खबर आएपछि ससफो नेपालका नेतादेखि कार्यकर्ता सम्मले सामाजिक सञ्जालहरूमा श्रदाञ्जली र समवेदनाका पोस्टहरू उहाँका सम्झना र सम्मानमा यत्रतत्र व्यक्त गरिएका छन् । पिता चिरञ्जिवी भुषाल र माता दिलकुमारी भुषालको कोखबाट सम्वत् २०१२ भदौ ५ गते भुषालको जन्म भएको थियो ।
संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य तथा नेता बाबुराम भुसाल संघीय गठबन्धनको रिले अनसनस्थल शहिदमञ्चमा सम्वत् २०७३ असार १५ गते बिहान अकस्मात लड्नु भएको थियो ।

Bhaburam Bhusal_Death_08-05-2073 (7)
अचानक बेहोस भएपछि भुषाललाई वीर अस्पतालमा उपचारका लागि लगिएको थियो । ससफो नेपालले आह्वान गरेको हरेक आन्दोलन र कार्यक्रमहरूमा कालो झोला भिरेर देखिने नेता भुसालको गत असार १६ गते नै सफल अपरेसन भएको थियो ।
बर्दिया जिल्लाको मैनापोखर–९, बनविरपुर स्थायी ठेगाना भएका नेता भुषालले सम्वत् २०४० देखि कम्युनिष्ट आन्दोलनमा होमिएर सक्रिय राजनीति थालेका थिए । भूमिगत कालमा नै नेकपा माओवादीको गणतान्त्रिक विशेष जिल्ला सचिवालय सदस्य रहेको भुषाल २०६२÷६३ को जनआन्दोलनमा घाइते भएका थिए ।
अशोककुमार राईको अध्यक्षतामा सम्वत् २०६९ मा गठित संघीय समाजवादी पार्टी, नेपालको केन्दीय सदस्य भुषाल तत्कालिन समयमा दैलेख र सुर्खेत जिल्लाको इञ्चार्ज रहेर पार्टीलाई योगदान दिएको थिए भने २०७२ सालमा तीनवटा पार्टी मधेसी जनअधिकार फोरम, संघीय समाजवादी पार्टी, नेपाल र खस–समावेशी राष्ट्रिय पार्टी मिलेर गठित संघीय समाजवादी फोरम, नेपालको पनि केन्द्रीय सदस्य भए र कञ्चनपुर जिल्ला इञ्चार्ज समेतको जिम्मेवारी वहन गरे ।

Bhaburam Bhusal_Death_08-05-2073 (2)
पछिल्लो समय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान जनताको विरुद्धमा जारी भएकोले यथास्थिती र प्रतिगमन विरुद्धको संघर्षका आन्दोलन र कार्यक्रमहरूमा सक्रिय भुषालको निधनपछि वीर अस्पतालबाट बुधबार विहान ससफो नेपालको केन्द्रीय कार्यालय तिनकुने, काठमाडौंमा श्रदाञ्जली अपर्ण गरिएको थियो । ससफो, नेपालका अध्यक्ष उपेन्द्र यादवले भुषालको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । त्यसलगत्तै नेता भुषालको अत्यष्टिका लागि पशुपति आर्यघाट लगिएको थियो । पार्टी कार्यालय तिनकुने र आर्यघाटमा ससफो नेपालका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिती रहेको थियो ।

Bhaburam Bhusal_Death_08-05-2073 (1)
ससफो नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरू युवराज कार्की, लालबाबु राउत, रकम चेम्जोङ, हेमराज राई, महसचिव रणध्वज कन्दङ्वा, उपमहासचिव दानबहादुर विश्वकर्मासहितका नेताहरू तिनकुने र आर्यघाटमा उपस्थित थिए ।
ससफो नेपालले भदौ ८ गते बुधबार प्रेस विज्ञप्ती जारी गरेर नेता भुषालको निधनप्रति दुःख व्यक्त गरेको छ । ‘उहाँको निधनमा आजदेखि तीन दिनसम्म हाम्रो पार्टीको कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरिएको छ, अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षरसहितको विज्ञप्तीमा भनिएको छ, ‘नेता भुषाल यस पार्टीको एक कमर्ठ, अनुशासित, मिलनसार, जिम्मेवार, पाको अनुभवी नेता हुनुहुन्थ्यो । वहाँको निधनले पार्टीलाई ठूलो क्षति पुगेको छ । शोकको यस दुःखद घडीमा सम्पूर्ण पार्टी कार्यकर्ता, वहाँको शोकाकुल परिवार तथा आफन्तजनप्रति हार्दिक समेवदना व्यक्त गर्दछौं ।’
नेता भुषाल र श्रीमति शिवकुमारी शर्माको कोखबाट तीन छोरा र दुई छोरी रहेका छन् ।

Bhaburam Bhusal_Death_08-05-2073 (5)

Posted by on Aug 25 2016. Filed under Breaking News, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com