वैधानिक जिल्ला समिति म अध्यक्ष रहेको समिति नै हो : राजकुमार यादव

सङ्घीय समाजवादी फोरम, नेपालको मोरङ जिल्ला समितिमा हाल समानान्तर समिति बनेको अवस्था छ । मधेस आन्दोलनको पछिल्लो अवस्था, मोरङ जिल्लामा देखिएको पार्टीभित्रको समस्या र समाधानका उपाय र समसायिक विषयमा केन्द्रित गरेर ससफो नेपाल मोरङ जिल्लाका अध्यक्ष राजकुमार यादवसँग गत भदौ ५ गते सङ्घीय प्रेस फोरम मोरङका जिल्ला अध्यक्ष नारायण राईले गरेको संक्षिप्त कुराकानी :


raj kurma

राजकुमार यादव

मोरङमा रहेर लामो मधेस आन्दोलनको नेतृत्व गर्नुभयो । त्यही मधेस आन्दोलनको जगमा उभिएर नेता पनि हुनुभयो । अहिले मधेस आन्दोलन र मधेसी जनताले उठाएको मुद्धाहरू कहाँ पुगे ?
यो देशमा मधेसी, आदिवासी जनजाति, मुश्लिम, दलित, महिलाहरू २५० वर्ष भन्दा बढी समयदेखि शोषित पिडित र अधिकारबाट बन्चित भएको कारण त्योे अधिकार प्राप्तिका लागि २०६२÷६३ को जनआन्दोलन लगत्तै २०६३÷६४ मा ठुलो मधेस विद्रोह भयो र त्यहि आन्दोलनको कारण धेरै सम्झौताहरू पनि भए केही अधिकार प्राप्त पनि भए र केही प्राप्त हुन पनि बाँकी छन् । पहिचान सहितको सङ्घीयता, देशका प्रत्येक निकायमा जनसङ्ख्याको आधारमा समानुपातिक प्रनीतिधित्व आदि जस्ता हाम्रा मागहरूका लागि निरन्तर लागिरहेका छौँ ।

पार्टीलाई अझ शसक्त, व्यापक र व्यवस्थित बनाउन के गर्दै हुनुहुन्छ ?
पार्टीलाई शषक्त र व्यापक बनाउन मोरङ जिल्लामा उपलब्ध केन्द्रीय सदस्यहरू, जिल्ला कमिति, भातृसंगठन, क्षेत्रिय कमिटिसँग पटक–पटक विस्तारित बैठक गरी संगठनको अवस्थाहरू बुझेर भावी योजना, रणनीतिहरू तयार गरी हाम्रो पार्टीको संगठन चुस्त दुरुस्त बनाई संगठन विस्तारमा हामी लागीपरेका छौँ ।

तपाईंले त्यसो भनिरहँदा तपार्इं कै जिल्लामा तपार्इं कै विरुद्धमा समानान्तर जिल्ला समिति बनेको छ, खासमा कुरा के हो ?
सङ्घीय समाजवादी फोरम, नेपाल राष्ट्रिय पार्टी भई सकेको अवस्था हो । हाम्रो पार्टीको संगठन ठुलो हुदैँ गइरहेको र समाजमा परिर्वन गरेर देशमा शोषित पिडित समुदाय, मेधसी, आदिवासी जनजातिहरूको अधिकारका लागि लडिरहँदा एकात्मक र यथास्थितीवादी सोँच राख्ने विभिन्न राजनीतिक पार्टीहरूले हाम्रो पार्टीभित्र चलखेल गराएर यो समानान्तर समिति पनि गठन गराएको होला जस्तो लाग्छ ।

अनि तपाईंलाई त नयाँ बनेको समितिले कार्बाही नै गरिसकेछ विभिन्न सञ्चार माध्यमबाट बाहिर आइरहेको छ अब वैधानिक समिति तपार्इंहरू कि उनीहरू ?
जिल्ला कार्य समिति समायोजन भएको एक वर्ष भन्दा पनि बढी भइसकेको छ । र हाम्रो पार्टीको वरिष्ठ नेता अशोककुमार राईज्यूको प्रमुख आतिथ्यमा समायोजन भएर मेरै अध्यक्षतामा ९१ सदस्यीय जिल्ला तदर्थ समिति गठन भएर अहिलेसम्म पार्टीको हरेक निर्देशन अनुरुपको कार्यक्रम र गतिविधि गर्दै आएको हुनाले बैधानिक जिल्ला कार्य समिति म अध्यक्ष रहेको समिति नै हो । र त्यो कार्बाहीमा परिसकेको व्यक्तिहरूले निर्माण गरेको समिति बैधानिकता हुनै सक्दैन ।

तपाईंले जे भने पनि जिल्लामा त समस्या देखियो त्यो समानान्तर समिति गठन गर्नेहरूसँग छलफल अथवा फेरि पार्टीमा फर्काउने वातावरण तयार गर्नुभयो कि भएन त ?
समास्या एउटा घरमा पनि हुन्छ । यो त एउटा ठुलो पार्टी हो । समस्या जति जे भए पनि पार्टी भित्रै राख्नुपर्छ, त्यसो नगरी जुन साथीहरूले समानान्तर समिति गठन गर्नुभएको छ । त्यो विघटन गर्न र उनीहरूलाई पार्टीमा पर्काउन पटक–पटक प्रयास गरेको छु । सम्भवत चाँडै समाधान हुन्छ ।

तपाईंले भने जसरी सजिलै समस्या समाधान भएन वा गर्न सक्नुभएन भने के गर्नुहुन्छ ?
लोकतन्त्र हो, लोकतन्त्रमा सबैको आफ्नो–आफ्नो विचार हुन्छ । हामीले प्रयास गर्ने हो तथापि कुनै साथीहश्र आफ्नै मनस्थितीले जानुहुन्छ भने रोक्न पनि त सकिदैन ।

तर तपाईंको नेतृत्वमा रहेको पार्टीको जिल्ला तदर्थ समितिले समयमा अधिवेशन नगरी आफ्नो कार्यकाल त्यसै लम्भ्याउन खोजेको आरोप उनीहरूको छ र हेर्दा त्यस्तै हो कि जस्तो पनि देखिन्छ, के त्यसै गर्न खोज्नुभएको हो ?
हैन, अब त्यो अधिवेशन असार मासान्तसम्म गर्ने भनेर केन्द्रबाट निर्देशन भएको थियो । तर मधेसमा निरन्तर छ÷छ महिना शषक्त आन्दोलनमा हामी रहेको कारणले हामीले अधिवेशनको तयारी गर्न सकेनौँ । तर अब हामीले यही भदौ मसान्तसम्ममा अधिवेशन गर्ने भनेर मिति पनि तोकिसकेका छौँ । त्यसअनुसार अधिवेशन सम्पन्न गर्न लागिपरेका छौँ ।

तपाईहरूको अधिवेशन सफलताको शुभकामनासहित अन्तमा मैले सोध्न बिर्सेको तर तपाईंलाई भन्न मन लागेको कुनै कुरा छ ?
तदर्थ समितिमा रहेर शोषित पिडित समुदायहरूको अधिकारका लागि निरन्तर आन्देलान गर्दै आएको र मोरङ जिल्लमा संगठन अझै चुस्त दुरुस्त पार्न संगठनलाई विस्तार गर्नका लागि अधिवेशनबाट निर्वाचित अध्यक्ष बनाउन हाम्रा पार्टीका नेता तथा कार्यकर्ता एवम् शुभचिन्तकसँग आह्वान गर्न चाहान्छु ।

प्रकाशित, ९, भदौ २०७३ । 

Posted by on Aug 25 2016. Filed under Breaking News, अन्तरवार्ता. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com