इति सम्वत् १९८९ मा मात्र तामाङ लेख्न र बोल्न दिइयो

Tamang bolna lekhna dieko

तामाङ समुदायलाई राज्यसत्ताले इति सम्वत् १९८९ भन्दा अगाडि तामाङ भन्न र लेख्नबाट वञ्चित गराएको थियो । तामाङ भए पनि राज्यसत्ताले धेरै तामाङ म्हेम्हेहरुलाई आफ्नो नामको पछाडि गुरुङ, लिम्बु, मगर लगायतका थरहरु लेखेर जागिर खान बाध्य बनाएका थिए । यसरी तामाङ समुदायलाई राज्यसत्ताले दमन गरेपछि जङ्वीर लामाले तामाङ बोल्न र लेख्न पाउँनुपर्ने माग गरे । धेरै पटक तामाङ समुदायले नामको पछाडि तामाङ लेख्न र आफ्नो मातृभाषामा बोल्न पाउँनुपर्ने मुद्दा उठाएपछि मात्र इति सम्वत् १९८९ भाद्र ६ मा बोल्न र लेख्न खुल्ला गराइएको थियो । इति सम्वत् १९८९ मा तत्कालिन श्री ३ भिम शमसेरले जारी गरेको इस्तिहार अनुसनर  यस्तो थियो:

(भिम शमसेरको इस्तिहार)
आगे नेपाल सरहदभर मुलुकका जङ्गी निजामती अड्डा गौँडा गोश्वारा भैभारदार रैतिदुनिय गैड्रके यथोचित उप्रान्त बाह्र तामाङ जातलाई लामाभोटे भन्ने चलन चलेकोमा अरु–अरु अनेक किसिमका जात थरकाहरु पनि लामा भोटे भनी बोलाईने र लेखिने हुनाले कुन भोटे के जात थरको हो केही छुटिने भएन हामी बाह्र तामाङलाई आफ्नो तामाङ जात भन्ने भनिने लेख्ने लेखाईने गराई बक्स्ये हुँदोहो भनी सो तामाङ जातका सरदार बहादुर जङ्वीर तामाङदेखि ओ.वी.ई.डी.एम.एल.सी. अगुवा भै जाहेर गरेको कुरा मुनासीबै लेखिएको हुँदा सो कुरा मन्जुर गरी बक्सी यो इस्तिहार जारी गरी बक्सेको छ । अब उप्रान्त हाम्रा नेपाल सरहद गोरखा राज भरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउँने गर्नु जङ्गी निजामती सरकारी अड्डाखाना पल्टनका कागजमा र दुनियादारको व्यवहारमा पनि बाह्र तामाङ जातका भोटेको जात लेख्दा र सो जातका भोटेलाई बोलाउँदा लामाभोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नु इति सम्वत् १९८९ साल भाद्र ६ रोज १ शुभम् । 

को थिए जङ्गवीर लामा ? 

भारत अंग्रेज उपनिवेशवादको विस्तारकाल सन् १८३५ मा दार्जीलिङ, खरसाङको भूमी इष्ट इण्डिया कम्पनीको अधिकृत थियो । यो क्षेत्र अंग्रजको हातमा पर्न साथ विकासको अवसर पनि खोलियो । सन् १८५६ देखि चियाबगानहरु खेलिन थालेको थियो । यस क्षेत्रको विकास कार्यमा सहयोग पु¥याउनेलाई कम्पनी सरकारको तर्फबाट निकै प्रोत्साहन दिएको थियो । तत्कालीन नेपालको अवस्थामा भने राणा शासनको दमन, शोषण र निरंकुश शासनदेखि त्रस्त भएर गैरहिन्दू जाति जनजाति समुदाय जीवन बाँच्नुको साधन खोज्दै संघर्ष गर्न बाध्यतामा आफ्नो जन्मथलोबाट पलायन भएर नयाँ वासभूमिको खोजमा दार्जीलिङ प्रवास स्थलमा धेर संख्यामा बसाइ सरेका थिए । यिनैमा एक तामाङ परिवार १८ औँ शताब्दीको अन्तिम दशक र १९ औँ शताब्दीको पहिलो दशकतिर गोरे लामा (मोक्तान) जसलाई बागवीर लामा नामले चिनिन्थ्यो । पूर्वी नेपाल, चैनपुरबाट दार्जीलिङको भोटे बस्तीमा बसाई सरेका थिए बाँच्नको लागि जीउने साधन खोज्दै ।
आफ्नो परिवारसित गोरे लामा (बागवीर लामा) दार्जीलिङमा आएपछि प्राप्त जानकारी अनुसार पुलिसको जागीरमा हवलदार थिए । उहाँहरुको परिवारमा दुई छोरा जङ्वीर लामा मोक्तान र लालधन लामा मोक्तान अनि छोरी डोल्मा लामा मोक्तान थिए ।

नाम : जङगवीर लामा मोक्तान
जन्म : सन् १८८९
पिताको नाम : गोरे लामा (बागवीर लामा) मोक्तान
प्रथम ठेगाना : चयनपुर, पूर्व नेपाल
दोस्रो ठेगाना : भोटे बस्ती, दार्जीलिङ
पेशा : पुलिस (हवलदार) दार्जीलिङ
शिक्षा : सरकारी हाई स्कूल, दार्जीलिङबाट १९ मई १९१० आठौँ श्रेणी उतिर्ण (परिवारको भनाई अनुसार तिनी १० औँ श्रेणीसम्मको शिक्षा हासिल गरेका थिए)

६ अक्टोबर १९२३ : तामाङ बुद्धिष्ट एसोसिएशनको संस्थापक सदस्य
पेशा : सुबेदार मेजर, लखिमपुर, आसाम राइफल्स २८ जुलाई १९१४ देखि १९ नोभेम्बर
१९१८ सम्म : प्रथम विश्व युद्धको योद्धा थिए (समभावित) ।
१ जनवरी १९२४ : सरदार बहादुर जी.डी.एस.एम. पद्वीले अलंकृत त्यसपछि ओ.बी.आई.(दोस्रो श्रेणी) डी.एम.एल.सी. अन्य विशिष्ट पदकले सम्मानित ।
१४ अप्रेल १९२९ : तामाङ गुम्बा टाशी दार्गेलि गुम्बाको उद्घाटन ।
१६ मई १९३१ : जर्नेल हिरण्य शमसेर ज.ब.रा.अनि रानी सुवर्ण शमसेर ज.ब.रा. आदिको दार्जीलिङ भ्रमण ।
सन् १९३२ इस्तिहार मार्फत् तामाङ शब्दको प्रयोगमा लागेको बन्देजको फुकुवा ।
सन् १९३९ : दोस्रो युद्धमा जङ्वीर एक सेनानी थिए ।
सन् १९४७ : सरदार बहादुर सुबेदार मेजर जङ्वीर लामा ओ.बी.आई. (दोस्रो श्रेणी) डि.एस.एल.सी. आसामको सदियामा मृत्यु भएको थियो ।

http://namsadhim.com/ बाट

प्रकाशित, १२ भदौ २०७३

Posted by on Aug 28 2016. Filed under Breaking News, इतिहास/कला/साहित्य, पत्रपत्रिकाबाट. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

10 Comments for “इति सम्वत् १९८९ मा मात्र तामाङ लेख्न र बोल्न दिइयो”

  1. “Enjoyed every bit of your article post. Awesome.”

  2. Enjoyed every bit of your article.Thanks Again. Want more.

  3. Looking forward to reading more. Great post. Cool.

  4. I truly appreciate this blog. Want more.

  5. I truly appreciate this blog post.Thanks Again. Awesome.

  6. Appreciate you sharing, great blog post.

  7. mUuZcH You have made some decent points there. I looked on the internet to learn more about the issue and found most people will go along with your views on this web site.

  8. z0buvc I value the article.Much thanks again. Really Cool.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com