समाजशास्त्रीले भन्दा पहिले समाज बुझेका नेता खपाङ्गी

J B Pun

जेवी पुन मगर

२५ वर्षअघि कम्युनिष्ट राजनीतिको लामो यात्रालाई तिलाञ्जली दिँदै पहिचानको राजनीतिमा हेलिएका गोरेबहादुर खपाङ्गी नेपाली राजनीतिक कालखण्डका उपेक्षा गर्नै नसकिने, नहुने व्यक्ति हुन् ।

नेपाल जस्तो जातीय रुपमा जेलिएको बहुजातीय समाजमा दालभातको राजनीतिले मुद्दालाई ठोस ढंगले समेट्दैन। बरु गोलमटोल बनाउँछ। त्यसैले यो समस्या समाधान गरे मात्र सामाजिक विषमता र द्वन्द्व हट्ने विचारमा अडिग खपाङ्गी आफ्नो धारणालाई कुनाकाप्चामा फैलाउन प्रयत्नरत थिए।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र/मानवशास्त्र विभागले गतसाल गरेको अनुसन्धानले कथित उच्च जाति ‘धनी’ र कथित तल्लो जाति ‘गरीब’ रहेको तथ्य उद्घादित गरेको थियो। मानव विकास अध्ययनले पनि त्यही देखाउँछन्। तर, खपाङ्गीले २५ वर्षदेखि नै समाजको यो जटिलतामाथि टिप्पणी गर्दै नेपालमा देखिएको समस्याको खास जड ‘वर्गीय’ भन्दा ‘जातीय’ हो भन्ने तर्क गर्थे । त्यसलाई नबुझ्दासम्म समस्या निराकरण नहुने बताउँदै आएका थिए।


तर यो सबै गर्दा उनी ‘जोगी’ भए। पछिल्लो समय पनि उनीसँग बस्ने कुटि थिएन। शुभचिन्तकले दिएको रासनपानीबाट उनको परिवारले गुजारा गरिरहेको छ। उनी भन्थे, ‘यदि मैले कम्युनिष्ट पार्टी नछाडेको भए अहिले रोयल्सरोयल र मर्सिडिज चढेर हिंड्थेँ होला। व्यक्तिगत रुपमा मेरो खुबी पनि थियो। तर मैले आफ्नोभन्दा समुदाय र देशका लागि लड्ने चेतना प्राप्त गरेकाले त्यस्तो गर्नै हुन्थेन र गरिनँ पनि।’


२०४६ यताको नेपाली राजनीतिक कालखण्डको केही चर्चित पात्र मध्येका एक खपाङ्गीलाई पहिचानवादी आन्दोलनको धुरी मानिन्छ । उनी नेपाल मगर संघको अध्यक्ष भई १५ वर्ष र नेपालमा पहिचानको मुद्दालाई राजनीतिकरण गर्ने जनजाति दल राष्ट्रिय जनमुक्ति पार्टीको महासचिव र सहअध्यक्ष भई २३ वर्ष पहिचान विमर्शमा देश दौडाहा गरिरहेका थिए।

करिब ६ फुट उचाइ, चौडा शरीरका धनी होचि मिन्ह दारीवाल, ठुल्ठूला आँखा नचाउँदै हाउभाउसहित बोल्ने बिलक्षण वाकपटुताका धनी खपाङ्गी नाम जस्तै ‘विशेष’ थिए। औसत नेपालीभन्दा भिन्न व्यक्तित्वका धनी खपाङ्गी आधा दर्जन भाषामा धाराप्रवाह बोल्न सक्थे । उनको भाषण शैली अनुकरणीय थियो।

उखान टुक्कालाई सहि ठाउँमा प्रयोग गर्ने, उदाहरण दिएर बोल्ने उनको सेन्स अफ ह्युमर सहितको भाषण सुन्न बच्चादेखि वृद्धसम्म झुम्मिन्थे। त्यसरी उनले आफ्नो कलाबाट पहिचानको मुद्दा घरघरमा छिराउन भूमिका खेले । खपाङ्गीले आफ्नो कला, व्यक्तित्व र आत्मविश्वासको बलमा नयाँ विचारलाई देशको कुनाकुनामा फैलाए।

सयभन्दा बढी जातजाति बस्ने देशमा सबैलाई राज्यको निकायमा जातिको जनसंख्याको आधारमा प्रतिनिधित्व गराए मात्र देश विकास संभव छ भन्ठान्ने उनको दलले उठाएको मुद्दालाई जनस्तरसम्म पुर्‍याउने नेता खपाङ्गी नै थिए। वर्गीय राजनीति हालीमुहाली रहेको नेपाली राजनीतिमा यसले नयाँ बहसको थालनी गरेको थियो । यदि नेपाली धरतीमा खपाङ्गी नजन्मिएका भए अहिले नेपाली राजनीति र समाजको केन्द्र रहेको पहिचानको मुद्दा यो स्तरसम्म आउन अझै दशकौं लाग्थ्यो । मिडिया, राज्य, दलका लाख कोशिसका बावजुद उनीहरुका नाकाबन्दी छिचोल्दै पहिचानको राजनीतिलाई यहाँसम्म ल्याउन सक्ने ल्याकत खपाङ्गीमै थियो ।

Gore Bdr

उत्पीडित वर्गको सबैभन्दा बढी वकालत गर्ने माओवादीले २०५२ देखि खपाङ्गीले उठाएको यही विचारको टेकोमा टेकी सत्ता प्राप्त गर्नुलाई खपाङ्गी र उनका समकालीन नेताको दुरदृष्टिको रुपमा हेर्ने गरिन्छ । खपाङ्गीहरुले देखेको सपनामा आज देश हिँडिरहेको छ । समानुपातिक प्रतिनिधित्व मुद्दा के कम्युनिष्ट के कांग्रेस के राप्रपा सबैले मुख्य नारा बनाएका छन् । आरक्षणमा त देश उहिल्यै अगाडि बढिसक्यो । राज्यका हरेक निकायमा भइरहेको आरक्षणको व्यावहारिक अभ्यासले अहिले उपेक्षित जाति र समुदायबाट थुप्रै जनशक्ति निस्किरहेका छन् । आधा नै सहि, समानुपातिक निर्वाचन प्रणालीको अभ्यास संविधानसभामा भइसकेको छ र नेपालका लागि यो उपयुक्त रहेछ भन्ने व्यवहारसिद्ध भइसकेको छ । त्यसमा एक खालको मतैक्यता पनि देखिन्छ ।

नेपालमा रोपवे र केवलकार उचित हुन्छ भन्ने सिद्धान्तलाई मनकामना लगायतका केवलकारको सफलताले पुष्टि गरेको छ । संघीयताबिना देश विकास नहुनेमा लगभग सबै एकमतले राजी देखिन्छन्, अब यो मात्र परीक्षणको मुखमा छ । यी विचारलाई स्वदेश भित्राउने खपाङ्गीहरु नै हुन् ।

यस्तो देश सुहाउँदो सिद्धान्तलाई २५ वर्षअघि पर्गेल्न सक्ने खपाङ्गी आफूचाहिँ जनमतबाट उनले भन्ने गरेको ‘पीडितका भाग्य लेख्ने सिंहदरबार’मा पुग्न सकेनन् । त्यसका निम्ति राजाबाटै मनोनित हुनुपर्‍यो । यसका बावजुद उनले हार मानेर कहिल्यै हिंसालाई सत्ता उक्लने साधन बनाउन चाहेनन् । यदि खपाङ्गीहरुले नझक्झकाएको भए जनजाति चेत यो स्तरसम्म पुग्ने थिएन । जनजाति र दलित युवालाई लक्षित गरी बोलिएको उनको चर्चित भनाइ छ, ‘म सिंहदरबार छिर्ने सपना देखाउँछु, तिमी अमेरिका पुग्ने सपना देख्छौ, कहाँबाट हुन्छ तिम्रो मुक्ति?’

मूलधारका दलले जातिजाति लडाउने नीति ल्याई समुदायका हातमा हतियार थमाई समाजलाई जातीय ध्रुबीकरणतिर लैजाँदा खपाङ्गीहरुले कहिल्यै त्यो बाटो चुन्न उपयुक्त ठानेनन् । त्यतिखेर करिब एक लाख मत पाएको दलले चाहेको भए समाजलाई चर्को जातीय नाराको बलमा त्यस्तो हिंसक जातीय द्वन्द्वको दलदलमा सजिलै फसाईदिने हैसियत राख्थ्यो ।


 हतियारका तर्क गर्नेलाई सम्बोधन गर्दै उनी रोचक उर्दू शायरी सुनाउँथे, ‘ढिलो चाँडो हुन्छ नआत्तिनोस्, खुदाके घर देर है अन्धेर नहीँ।’…त्यो मुद्दा यति ठूलो भयो कि उनले आफ्नो कार्यकालमा सरकारी विद्यालयमा पढाइँदै आएको अनिवार्य संस्कृत शिक्षालाई ऐच्छिक बनाउन खेलेको प्रमुख रोल नै ओझेलमा पारियो।


विपी, सिपी, प्रचण्डहरुले उठाएजस्तो त्यसको तात्कालीन फाइदा उठाउन सकिने प्रशस्त मौका उनका अगाडि थिए । उनी भन्थे, ‘यदि चाहेको भए मैले एउटा भाषण गरेको भोलिपल्टदेखि जनजाति युवा हातमा हतियार बोकेर जंगल पस्न सुरु गर्नेछन् । तर, त्यो महत्वपूर्ण कुरा होइन। जातीय रुपमा उद्देलित हतियार बोकेका युवालाई व्यवस्थापन गर्न सजिलो छैन । मैले फाइदा लिन सकूँला तर त्यसले ठूलो तवाही ल्याउनेछ। तिनलाई घर फर्काउन सकिंदैन। जातीय लडाइँ कम खतरनाक हु्ँदैन। त्यसैले हामी युवालाई हतियार बोकाउने पक्षमा छैनौँ।’

खपाङ्गीको अर्को तर्क पनि दमदार थियो। उनको भनाइमा हतियार अल्पसंख्यकले उठाउने हो। जनजाति र उत्पीडित बहुसंख्यक भएको ठाउँमा ‘बुलेटले होइन ब्यालेट’ ले सत्ता लिन संभव छ । हतियारका तर्क गर्नेलाई सम्बोधन गर्दै उनी रोचक उर्दू शायरी सुनाउँथे, ‘ढिलो चाँडो हुन्छ नआत्तिनोस्, खुदाके घर देर है अन्धेर नहीँ।’

खपाङ्गीको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको उनले देशलाई जातीय द्वन्द्वको डरलाग्दो भुङ्ग्रोमा जानबाट रोक्न हरदम इमान्दारितासाथ प्रयत्नरत रहे । अन्तिमसम्म उनी त्यसमा प्रष्ट थिए र हतियार होइन मतपत्रबाट सत्तामा पुग्न सकिन्छ भन्नेमा अडिग देखिन्थे । आफ्नो समुदाय चेतनशील हुनासाथ त्यो संभव छ भन्ने विचारबाट उनी कहिल्यै बिचलित भएनन् ।

अहिलेका माओवादी नेताद्वय सुरेश आले र प्रा.लोकबहादुर थापाले ‘मगरात स्वायत्तता’को अवधारणामा अगाडि बढौं भन्दा यस्तो प्रस्तावना जाति र राज्य दुबैका निम्ति घातक छ भनी तिरस्कार गरिदिने खपाङ्गी नै हुन् । ७५ जिल्लाभर छरिएका देशको तेस्रो ठूलो जाति मगरले राज्य होइन, केन्द्रीय सत्ता ताक्नुपर्छ भन्ने खपाङ्गीसँग कुरा नमिलेपछि सुरेशहरु माओवादीतिर लागेका थिए। पछि यो विचार भर्खर जंगल पसेको माओवादीले रणनीतिक रुपमा उपयोग गर्न दलभित्र छिराएको थियो । त्यसैगरी अहिलेका माओवादी नेता गोपाल किराँतीलगायत केही युवाले ल्याएको ‘जातीय मुक्तिका निम्ति सशस्त्र संघर्ष’ प्रस्तावनालाई दलभित्र फेल गराएपछि किराँतीले जनमुक्ति छाडी सशस्त्र खम्बुवान मुक्ति मोर्चा नामक हतियारबन्द संस्था जन्माएका थिए ।


देशभर घुम्दा बटुलेको देशदर्शन उनको यस्तो व्यावहारिक शिक्षा थियो, जुन विश्वविद्यालयका पोथ्रा घोकेर प्राप्त गर्न सकिंदैनथ्यो। त्यसैले खपाङ्गी चेतको हिसाबले नेपाली समाजशास्त्री र मानवशास्त्रीभन्दा तेजिला देखिन्थे। उनले नेपाली समाजको विविधता र सौन्दर्य मात्र होइन त्यसको संवेदनशीलतालाई पनि मसिनो गरी बुझेका थिए। यही बुझाइले उनलाई समाज परिवर्तनको हुटहुटी जगाएको थियो।


किराँतीकै सिको गरी कमल छाराहाङ, कुमार लिङ्देन जस्ता युवाले पनि जनमुक्ति पार्टीमार्फत् सशस्त्र संघर्षकै प्रस्ताव पास गराउन चाहेका थिए, तर उनीहरु असफल भएपछि छुट्टिएर लिम्बुवान राजनीति थाले । खपाङ्गीले बरु दल टुक्र्याइदिए तर आफ्नो वैचारिक अडानलाई यताउति हुन दिएनन् । त्यसैले होला जनमुक्ति आधा दर्जनचोटी टुट्नेफुट्ने र जुट्ने गरेको देखिन्छ। खपाङ्गीले थालेको दल जनमुक्तिले २५ वर्षदेखि अनवरत शान्तिपूर्ण राजनीति गर्नुले त्यो धैर्यता अझै बिचलित नभएको प्रष्ट देखिन्छ । पछिल्लो समय खपाङ्गी लाइनमा आएका अशोक राई, पासाङ शेर्पाहरुले त्यही लाइन अँगीकार गरेका छन् ।

जनजातिले हतियार उठाउनु हुँदैन भन्ने विचार पछाडि खपाङ्गीका आफ्ना केही दमदार तर्क थिए। २००७ पछि पूर्वमा जातीय असन्तुष्टिबाट उठेका ‘बाहुन धपाऊ’ उग्रता र तामाङ थलोमा भएका केही बाहुनबिरुद्ध उग्र जातीय संघर्ष उनका निम्ति व्यावहारिक शिक्षा थिए। ऐतिहासिक कालखण्डमा भएका जातीय विद्रोह र त्यसलाई निर्ममतापूर्वक दबाइएका समकालीन लेखकका अनुसन्धनात्मक लेखले पनि खपाङ्गीको दृष्टिकोण क्रमशः बहुसाँस्कृतिक र विविधतापूर्ण समाजको पाटो उत्खनन् गर्नतिर उन्मुख थियो।

यी बाहेक नेपाल मगर संघमा रही देशभर घुम्दा बटुलेको देशदर्शन उनको यस्तो व्यावहारिक शिक्षा थियो, जुन विश्वविद्यालयका पोथ्रा घोकेर प्राप्त गर्न सकिंदैनथ्यो। त्यसैले खपाङ्गी चेतको हिसाबले नेपाली समाजशास्त्री र मानवशास्त्रीभन्दा तेजिला देखिन्थे। उनले नेपाली समाजको विविधता र सौन्दर्य मात्र होइन त्यसको संवेदनशीलतालाई पनि मसिनो गरी बुझेका थिए। यही बुझाइले उनलाई समाज परिवर्तनको हुटहुटी जगाएको थियो।


 वास्तवमा भूमिकाको हिसाबले उनी राष्ट्रिय अझ अन्तर्राष्ट्रियस्तरका यस्ता नेता थिए, जसले सघन हुँदै गएको जातीय उग्रता मत्थर पार्न सक्ने क्षमता, व्यक्तित्व र इच्छाशक्ति सबै राख्थ्यो। दुर्भाग्य र डर के हो भने देशमा थोरै यस्ता समाज बुझेका नेता छन् जसले खपाङ्गीको कमी पूरा गर्ने हैसियत राख्दैनन्।


पूर्वमा वीर नेम्बाङले लिम्बुवान स्वायत्तता र गोपाल गुरुङले मंगोल नेशनल अर्गनाइजेशन नाममा नश्लको आधारमा छेडेको राजनीतिक अधिकारको बहस पनि उनका निम्ति मार्गनिर्देशक अनुभव थिए। साथमा, पचासको दशकदेखि भद्रकाली मिश्रहरुले मधेसमा शुरु गरेको पहिचानको राजनीति उनका लागि अर्को व्यावहारिक पाठ थियो। त्यसैले हुनसक्छ उनले लामो समयसम्म गजेन्द्र नारायणसँग उठबस गरेका थिए। उनी आफ्नै देशको विविधताभित्र समाधान छ, विदेश विदेश खोज्नै पर्दैन भन्दै व्यङ्ग्य मात्र गर्दैनथे, आफैँ देशदेशावर चहार्थे।

तर यो सबै गर्दा उनी ‘जोगी’ भए। पछिल्लो समय पनि उनीसँग बस्ने कुटि थिएन। शुभचिन्तकले दिएको रासनपानीबाट उनको परिवारले गुजारा गरिरहेको छ। उनी भन्थे, ‘यदि मैले कम्युनिष्ट पार्टी नछाडेको भए अहिले रोयल्सरोयल र मर्सिडिज चढेर हिंड्थेँ होला। व्यक्तिगत रुपमा मेरो खुबी पनि थियो। तर मैले आफ्नोभन्दा समुदाय र देशका लागि लड्ने चेतना प्राप्त गरेकाले त्यस्तो गर्नै हुन्थेन र गरिनँ पनि।’

उनले मन्त्री हुँदासमेत अरुले जस्तो चोरबाटोबाट पैसा लिएनन् । पाएको तलब पनि पार्टी र घर खर्चका निम्ति सुम्पिदिन्थे। अरु सबै विदेशी रकम लिएर जातीय संस्था चलाउन मरिहत्ते गर्थे। तर, खपाङ्गीले विदेशीले पैसा दिन्छौं भन्दा समेत मगर संघमा आफ्नो कार्यकालभर त्यस्तो पैसा लिन मानेनन्। उनको भनाइमा विदेशीको पैसा लिनासाथ समुदायलाई तिनको धर्म र संस्कृतिमा दीक्षित गराउनु पर्छ। यस्तो गद्दारी गर्न म सक्दिनँ भनी तर्क गर्थे।


विपी, सिपी, प्रचण्डहरुले उठाएजस्तो त्यसको तात्कालीन फाइदा उठाउन सकिने प्रशस्त मौका उनका अगाडि थिए । उनी भन्थे, ‘यदि चाहेको भए मैले एउटा भाषण गरेको भोलिपल्टदेखि जनजाति युवा हातमा हतियार बोकेर जंगल पस्न सुरु गर्नेछन् । तर, त्यो महत्वपूर्ण कुरा होइन। जातीय रुपमा उद्देलित हतियार बोकेका युवालाई व्यवस्थापन गर्न सजिलो छैन । मैले फाइदा लिन सकूँला तर त्यसले ठूलो तवाही ल्याउनेछ। तिनलाई घर फर्काउन सकिंदैन। जातीय लडाइँ कम खतरनाक हु्ँदैन। त्यसैले हामी युवालाई हतियार बोकाउने पक्षमा छैनौँ।’


पहिचानको आन्दोलनका नेल्सन मण्डेला भनेर पुकार्न थालिएको खपाङ्गीलाई भने ज्ञानेन्द्रको शासनकालमा मन्त्री भएपछि जनजाति आन्दोलनमै अछुतको व्यवहार गर्न थालियो। खपाङ्गीले दशैंमा तत्कालीन राजा ज्ञानेन्द्रको हातबाट टीका थापेको विषयलाई ठूलो मुद्दा बनाइयो। एउटा नेताले धार्मिक सहिष्णुता देखाउन त्यस्तो लचकता देखाइनु स्वाभाविक हो भनी हेर्न जरुरी ठानिएन। उनको तेजले जलेकाले मूलधारका मिडियालाई उपयोग गरी उनको तेजोबध गरे।

त्यो मुद्दा यति ठूलो भयो कि उनले आफ्नो कार्यकालमा सरकारी विद्यालयमा पढाइँदै आएको अनिवार्य संस्कृत शिक्षालाई ऐच्छिक बनाउन खेलेको प्रमुख रोल नै ओझेलमा पारियो। त्यतिबेला उनले आफ्ना मित्र शिक्षामन्त्री देवी ओझालाई कन्भिन्स गरी मन्त्रिपरिषद्बाट निर्णय गराई जनजातिले गर्दै आएको एउटा ठूलो आन्दोलन शान्तिपूर्णरुपमा फत्ते गरिदिएका थिए। यो त्यतिबेला जनजाति आन्दोलनको सबैभन्दा ज्वलन्त मुद्दा थियो। विरोधका बावजुद खपाङ्गीको ‘चार्म’ कहिल्यै हटेन। उनी सदा मिडियामा छाइरहे। उनका भनाइले नेपाली राजनीतिमा एउटा अर्थ राख्थ्यो।

माओवादीले ल्याएको जातीय संघीयताको देशभर हाई हाई हुँदा पनि उनी त्यो खहरे भेलमा कहिल्यै बगेनन्। उनको प्रष्ट अडान थियो, ‘संघीयता विकासका निम्ति हो, जातीय मुक्तिका लागि होइन। त्यो साधन मात्र हो। मूल मुद्दा त सत्तामा समानुपातिक प्रतिनिधित्व र त्यसले ल्याउने हस्तक्षेप नै हो।’ जसलाई कम्युनिष्ट स्कुलिङबाट आएका जनजाति नेताले पचाउनै सकेनन्। शिक्षा, चेतना, राज्य र मिडियामा एकजातीय बर्चश्व रहँदासम्म संघीयताले जातीय मुक्ति नहुने उनको बुझाइमा उनी अन्तिमसम्म प्रष्ट थिए।

देशलाई जातीय द्वन्द्वको भड्खालोमा रोक्न हरदम प्रयत्न यस्ता नेतालाई हेर्ने दृष्टिकोणमा न त घर फुकेर खरानी घसी हिंडेका आफ्नै समुदायले समयमै राम्ररी बुझ्न सक्यो न त राज्यले नै उनको चिन्तन र कर्मको मूल्यांकन गर्न सक्यो। दुर्घटनामा परी गम्भीर घाइते हुँदा नेता खपाङ्गीलाई राज्यले आर्थिक सहयोग दिन समेत आनाकानी गर्यो। त्यसका निम्ति ठूलो दबाब सिर्जना गरिएको थियो। खपाङ्गी कति चर्चित थिए भने बरु उनलाई देश विदेशका शुभचिन्तकले करिब तीन करोड जति उपचार खर्च उठाएका थिए।


 जनजाति र दलित युवालाई लक्षित गरी बोलिएको उनको चर्चित भनाइ छ, ‘म सिंहदरबार छिर्ने सपना देखाउँछु, तिमी अमेरिका पुग्ने सपना देख्छौ, कहाँबाट हुन्छ तिम्रो मुक्ति?’


कुनै एक जाति, वर्ग, धर्मको वर्चश्व होइन सबैको समान सहभागिताले राज्य बलियो हुन्छ भन्ने मान्यता स्थापित गर्न गराउन सम्पूर्ण यौवन खर्चेका खपाङ्गी नेपाल स्वीट्जरल्याण्ड भन्दा सुन्दर र वैभवशाली हुन्छ भन्ठान्थे। त्यही सपनामा अहोरात्र खटेका खपाङ्गी माक्र्स होइनन् तर योगदानको हिसाबले नेल्सन मण्डेला र महात्मा गान्धीको नेपाली संस्करणको रुपमा उनको भूमिका बुझ्दा कोही सानो हुनु पर्दैन।

सत्तालिप्सामा डुबेका केही दल र नेताका कारण देशमा पहिचानको उग्र राजनीतिकरण हुँदै गइरहेको र त्यसले अब धार्मिक बखेडा पनि समात्न थालेको संवेदनशील घडीमा देशलाई खपाङ्गी जस्ता ‘मोडेरेट’ र लोकतान्त्रिक नेताको खाँचो छ। बढिरहेको जातीय उग्रताको शान्तिपूर्ण व्यवस्थापन शान्ति र अमनचयनको कामनाले मात्र गर्दैन। उनको तेजोबधले जलेकाहरुले खपाङ्गीलाई जातीय नेताको बिल्ला भिराएका मात्र हुन्।

वास्तवमा भूमिकाको हिसाबले उनी राष्ट्रिय अझ अन्तर्राष्ट्रियस्तरका यस्ता नेता थिए, जसले सघन हुँदै गएको जातीय उग्रता मत्थर पार्न सक्ने क्षमता, व्यक्तित्व र इच्छाशक्ति सबै राख्थ्यो। दुर्भाग्य र डर के हो भने देशमा थोरै यस्ता समाज बुझेका नेता छन् जसले खपाङ्गीको कमी पूरा गर्ने हैसियत राख्दैनन्।

 प्रकाशित, १३ भदौ २०७३, सोमवार |

(जेवी पुन मगर हङकङस्थित पत्रकार हुन्)

http://nepalkhabar.com/ बाट

पुनःप्रकाशित, १५ भदौ २०७३ |

Posted by on Aug 31 2016. Filed under Breaking News, दृष्टिकोण, पत्रपत्रिकाबाट. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com