वनारसी पण्डाहरूले जारी गरेको संविधान मान्ने नहुने : गठबन्धन संयोजक यादव

Itahari Program_Gathabandhan_15 Bhadau (1)

गोबिन्द छन्त्याल/चन्दन रौनियार

इटहरी, १५ भदौ– संघीय गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले ६०१ को संविधानसभाले नभई भारतको वनारसका सातजना पण्डाहरू ओली, दाहाल, कोइराला, सिटौला, खनाल, नेपाल लगायतले संविधान बनाएर जारी गरेको बताएका छन् ।
त्यो पनि संविधानसभा होइन बालुवाटारको कालकोठरीमा बसेर जारी गरेको वर्तमान नेपालको संविधान सबै नेपालीलाई मान्ने नहुने भएकैले त्यसको विरोधसँगै जलाउने कार्य गरिएको नेता यादवले प्रष्ट्याएका छन् ।
संघीय गठबन्धनद्वारा ‘वर्तमान समसामयिक राजनीति र यसको निकास’ विषयक इटहरीमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
आम नेपाली जनताका पक्षमा छलफल समेत नगरिएको र संविधानसभामा ह्वीप जारी गरेर सीमित पण्डाहरूको लाभका लागि ल्याइएको संविधानले सबै वर्ण, क्षेत्र, वर्ग, जाति, भाषा र समुदायको प्रतिनिधित्व पनि गर्न नसक्ने यादवले ठोकुवा गरे ।

Itahari Program_Gathabandhan_15 Bhadau (2)
‘जसरी मन्दिर र मस्जिद पस्दा जुत्ता चप्पल फुकालेर बाहिर राखिन्छ त्यसरी नै पण्डाहरूले जनजाति, मधेसी, शिल्पी (दलित)लगायतलाई जुत्ता चप्पल झैँ ठानेर बाहिरै राखेकै हुन्,’ व्यङ्ग्य गर्दै नेता यादवले भने ’दुईजना विभिषण साक्षी बसे, एक जना राष्ट्रपति हुने लोभमा नयाँ संविधान बाचन गरे भने अर्कोले खोइ के बाध्यता परेर हो संविधानको किताबलाई ढोगे ।’
राणा शासनकालदेखि हालसम्म आइपुग्दा राजा, राणा र केही सीमित नेताहरूको स्वार्थप्रेरित भएर ७ थान संविधान आइसकेको तर सबै संविधानले आम नेपाली उत्पीडित र विभेदमा पारिएका एवम् राज्यले पछाडि पारेका समुदायको भावना मर्म र समान सहभागिताको विषयलाई सम्बोधन गर्न नसकेको नेता अध्यक्ष यादवको तर्क थियो ।
हाम्रो माग सम्बोधन भएन भने के हुन्छ? भन्ने प्रतिपश्न गर्दै राज्यसँग गल्ती सच्याउने अवसर भएको समेत पूर्व उपप्रधानमन्त्री यादवले बताए, ‘राज्यले सच्याउन नखोजे सच्याउने सबै ढोका बन्द हुन्छ र त्यसको नतिजाले ठूलो मूल्य चुकाउनुपर्ने छ ।’

Itahari Program_Gathabandhan_15 Bhadau (5)

संविधान संशोधनको विषयमा एमालेले जड्ता देखाइरहेको छ : उपाध्यक्ष चेम्जोङ

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संघीय समाजवादी फोरम, नेपालका उपाध्यक्ष रकम चेम्जोङले एमाले नेतृत्वमा प्रतिगामी तत्व घुसिरहेकोले संविधान संशोधनको विषयमा जड्ता देखाइरहेको आरोप लगाए ।
‘हाम्रो लागि अन्तिम विकल्प नै संघर्ष हो र यथास्थितिलाई अस्विकार गर्नकै लागि आन्दोलनमा छौं,’ पूर्वमन्त्री चेम्जोङले भने, ‘दुई तिहाई जनसंख्याले अस्विकार गरेको संविधान लागू हुनै सक्दैन । शान्तिपूर्ण न्यायिक आन्दोलनले उत्पीडित उपेक्षित जाति, समुदाय र क्षेत्रको अधिकार सुनिश्चित गराएरै छोड्ने छ ।’
राज्यको नश्लीय चेतनालाई भत्काउनकै लागि पहिचानवादी लिम्बुवान, खम्बुवान र मधेसवादीलगायतको गठबन्धन बनाउँदै एक ठाउँमा उभिएको लिम्बुवानका नेता कुमार लिङ्देनले बताए ।
मुलुकलाई गृहयुद्धबाट बचाउने कि नबचाउने? देशलाई विखण्डन हुनबाट रोक्ने कि नरोक्ने? यसको उत्तर हामीले मात्रै खोज्ने हो कि सरोकारवाला सबैले सोँच्ने?जस्ता प्रश्नहरू समेत नेता लिङ्देनले तेस्र्याएका थिए । उनले भने, ‘राज्यसत्ताबाट विभेदमा पारिएकाको आन्दोलन निर्णायक तहसम्म पुर्याउनका लागि सहकार्य अघि बढाइरहेका हौं ।’
Itahari Program_Gathabandhan_15 Bhadau (3)
नेपाललाई सबैको फुलबारी नबनाएसम्म हाम्रो दुर्दशा नहट्ने कार्यक्रमका अर्का वक्ता पत्रकार तथा राजनीतिक विश्लेषक भवानी बरालले बताए ।
‘आफ्नो लागि मात्रै बाँच्न खोज्ने समाजको सोँच्ने तरिकामा परिवर्तन ल्याउने बाटोमा लागौं,’ कार्यक्रमको अध्यक्ष प्रा. ध्रुवकुमार सुब्बाले कार्यक्रमलाई समापन गर्ने क्रममा भने, ‘पारस्पारिक सम्मानको अवस्था र समावेशीय समाजको निर्माण गर्न यस खाले कार्यक्रम त्यसैको लागि हो ।’
संविधानप्रति असन्तुष्टि राखेर लामो समयदेखि आन्दोलनमा रहेको संघीय गठबन्धनको इटहरीमा आयोजित अन्तरक्रियामा बोल्ने सबै नेता तथा वक्ताहरूले चाँडै नै निर्णायक आन्दोलनको आँधिबेहरी ल्याउनुपर्नेमा जोड दिएका थिए ।

(तस्वीरः ध्यानबहादुर राई)

Posted by on Aug 31 2016. Filed under Breaking News, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “वनारसी पण्डाहरूले जारी गरेको संविधान मान्ने नहुने : गठबन्धन संयोजक यादव”

  1. सोचौं र मिचेर आन्दोलनको उपलव्धी मुलक वनाऔं

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com