संघीय समाजवादी नेवाः संघको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

सत्यनारायण डंगोलको अध्यक्षतामा ४१ सदस्यीय नयाँ नेतृत्वको चयन
काठमाडौं, १८ भदौ– संघीय समाजवादी फोरम, नेपालसम्बद्ध संघीय समाजवादी नेवाः संघको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंको सतुङ्गलस्थित सतुङ्गल पार्टी प्यालेसमा शनिबार सम्पन्न भएको छ ।
ससफो नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले सत्यनारायण डंगोलको अध्यक्षतामा ४१ सदस्यीय नयाँ समितिको चयन गरेको हो ।
नेवारी आदिवासीको सांस्कृतिक झाँकीसहित र्याली शनिबार विहान सतुङ्गल क्षेत्रको विभिन्न स्थानको परिक्रमा गरी सम्मेलनको उद्घाट स्थल प्रवेश गरेको थियो ।
सम्मेलनको उद्घाटन सहअध्यक्ष श्रेष्ठले पानसमा बत्ती बालेर गरेका थिए ।
उद्घाटन समारोहमा मानवअधिकारवादी नेता तथा नागरिक समाजका अगुवा मल्ल के सुन्दर, ससफो नेपाल सल्लाहकार समितिका सभापति डा. महेशमान श्रेष्ठ, ससफो नेपाल केन्द्रीय सदस्यहरू कृष्णबहादुर घःजु, सुशिला श्रेष्ठ, न्हूच्छेलाल महर्जन, शाक्य सुरेन, नरेश ताम्राकार, रमेशचन्द्र प्रधान, संघीय समाजवादी तामाङ संघका अध्यक्ष जय गोले र सन्तमान महर्जनलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शनिबारै सम्पन्न बन्द सत्रले उपाध्यक्षहरूमा खगेन्द्रबहादुर जोशी, इन्द्रबहादुर जोशी, शेषनारायण महर्जन, विजयालक्ष्मी मानन्धर र नबिन श्रेष्ठ, मुख्यसचिवमा सुदयराज शिलाकार, सचिवहरूमा गंगाबहादुर नेमकुल, आशारत्न डंगोल र प्रफुला श्रेष्ठ, कोषाध्यक्षमा बेखामान अवालेसहित ३० जना सदस्यहरू सर्वसम्मत चयन गरेको छ ।
बन्दसत्रमा राजनीतिक सांगठनिक प्रतिवेदन, प्रगति प्रतिवेदन र नेवार समुदायको हक अधिकारसहितको समसामयिक विषयवस्तुलगायतको प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो ।
फोटो फिचर: