संविधानप्रति असन्तुष्ट पहिजानजनित मोर्चाहरूले भदौ २१ गते बृहत अन्तरक्रिया गर्ने

फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं, १९ भदौ– संघीय गठबन्धनमा रहेका पहिजानजनित प्रादेशिक मोर्चाहरूले भदौ २१ गते मंगलबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको भवनमा संविधान संशोधनका सवालहरू विषयक बृहत अन्तरक्रिया गर्ने भएका छन् ।
आन्दोलनरत गठबन्धनले संविधान संशोधनको अपरिहार्यता र सवालहरूका बारेमा आम जनतालाई सुसूचित गर्नुपर्ने भएकोले अन्तरक्रिया कार्यक्रम गर्न लागिएको संघीय समाजवादी फोरम, नेपालका उपाध्यक्ष रकम चेम्जोङले जानकारी दिए । नेता चेम्जोङले थप भने, ‘सत्तारुढ पक्षसँग तीन बुँदे गरेपछि आन्दोलनको स्वरुप बदलिएको छ, यो अन्तरक्रिया पनि आन्दोलनकै रुपले बुझ्नुपर्छ र हामीसँग गरिएको तीन बुँदे सहमति क्रियान्वयनमा सरकार इमान्दार हुनैपर्छ ।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनका शिर्षस्थ नेताहरू र नागरिक समाजका अगुवाहरू दमननाथ ढुंगाना, डा. सुन्दरमणि दीक्षित, खगेन्द्र संग्रौला, सिके लाल, प्रा.डा. कृष्ण हाछेथु, विजयलाल कर्णलगायतले विचार राख्ने समेत उपाध्यक्ष चेम्जोङले जनाए ।

FA_Antarkriya Program_Saun_05 (6)

फाइल तस्वीर

घोषित संविधानप्रति असन्तुष्टि राखेर संविधान जारी हुनु अघिदेखि नै संयुक्त लोकतान्त्रिक मोर्चा र पहिचानसहितको गठबन्धनले विविधखाले आन्दोलन गरिरहेको थियो र छ । संविधानप्रति असहमति राखेका आन्दोलनरत सबै पक्ष मिलाएर संघीय गठबन्धनको स्वरुप निर्माण गरिएको हो ।
गठबन्धनले गत वैशाख यता सिंहदरबार, बालुवटार घेराऊदेखि ३९ दिने लामो रिलेअनसनको आन्दोलन गरेको छ । व्यवस्थापिका–संसदमा गठबन्धनसँग रहेको ४२ सांसदहरूले ओली सरकारलाई बिस्थापन गर्न गत साउनमा मतदान गरेका थिए । प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गराउनअघि नेपाली कांग्रेस, माओवादी केन्द्रसँग गठबन्धन र मोर्चा दुवैले ३ बुँदे सहमति गरेका छन् ।
सो तीन बुँदेमा संविधान संशोधनको विषय बुँदा नं. १ मा उल्लेख गरिएको छ ।

FA_Antarkriya Program_Saun_05 (8)

फाइल तस्वीर

संघीय गठबन्धनसँग जोडिएका पहिचानजनित मोर्चाहरू खसान राष्ट्रिय संघर्ष समिति, शेर्पा स्वायत्त राज्य संघर्ष समिति वा शेर्पा स्वायत्त प्रदेश संयुक्त आन्दोलन परिचालन समिति, नेवाः स्वायत्त राज्य मंखाः संघर्ष समिति, लिम्बुवान संयुक्त संघर्ष समिति, ताम्सालिङ संयुक्त संघर्ष समिति, तमुवान संयुक्त संघर्ष समिति, थरुहट/थारुवान संयुक्त संघर्ष समिति, मगरात संयुक्त संघर्ष समिति, किरात राज्य संयुक्त संघर्ष समिति, राष्ट्रिय शिल्पी आन्दोलन, नेपाल र आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाललगायत छन् ।
कार्यक्रमको व्यवस्थापन लिम्बुवान संयुक्त संघर्ष समितिको प्रमुख घटक किरात याक्थुङ चुम्लुङले गर्ने बताइएको छ भने कार्यक्रम बिहान ११ बजेदेखि शुरु हुने जनाइएको छ ।

Posted by on Sep 4 2016. Filed under Breaking News, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

3 Comments for “संविधानप्रति असन्तुष्ट पहिजानजनित मोर्चाहरूले भदौ २१ गते बृहत अन्तरक्रिया गर्ने”

  1. हरी सुब्बा "अाङदेम्बे"

    अाषाको दियो पलाउँदैछ । पहिचानमा संघियताको दिन पनि अाउँदैछ । अहिलेको गठबन्धन सरकारको यहि ३ बुँदे सहमतिमा लचिलो देख्दा देश र जनतामा पर्न गएको असुबिधाजनक सम्बिधानको मर्मलाई पुन सच्याएर लगेमा देशले दिगो शान्ती र अमनचैन पाउनेमा अासावादिछु । सवैको सकरात्मक सोच र विचार होस । दुवै पक्क्ष लचिलो भएमा प्जरतिपक्नक्षले साथ नदिए पनि सवाकडोड जनताहरुले साथ दिनेछ ।

  2. oY6HlV please pay a visit to the internet sites we comply with, such as this one, because it represents our picks through the web

  3. Thank you ever so for you blog post.Really looking forward to read more. Awesome.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com