गठबन्धनले आगामी असोज २–४ गतेलाई कालो दिवसको रूपमा विरोध जनाउने

Gathabandhan_13 Saun

फाइल तस्वीर

काठमाडौं, २० भदौ । संविधानप्रति असन्तुष्ट रहँदै आएको संघीय गठबन्धनले आगामी असोज २ देखि ४ गतेसम्मलाई कालो दिवसको रुपमा विरोध जनाउने घोषणा गरेको छ । a
नेपालको संविधान गत २०७२ असोज ३ गते जारी भएको थियो । संविधान घोषण हुनु अघिदेखि संविधान निर्माणको प्रक्रिया र अन्तर्वस्तुमा असन्तुष्टि राख्दै संयुक्त लोकतान्त्रिक मोर्चा, पहिचानमा आधारित गठबन्धनलगायत, मधेसी, आदिवासी जनजाति, मुस्लिम, शिल्पी (दलित), खसानलगायत आन्दोलन गरिरहेका छन् ।
आइतबार गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा ससफो नेपालको कार्यालय तिनकुनेमा बसेको बैठकले २०७३ असोज २ गते त्रुटिपूर्ण संविधान विरुद्ध कालो दिवस मनाउन प्रचार प्रसार गर्ने कुरा आइतबार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘३ गते विहान गाविस, नगरपालिका र सदरमुकाममा कालो झन्डा गाड्ने, दिउँसो कालो झन्डा व्यानरसहित विरोध प्रदर्शन गरी कोणसभा गर्ने र बेलुका ७ः३० देखि ८ बजेसम्म विरोधस्वरुप प्रत्येक घरमा बत्ति निभाई संविधानलाई ब्ल्याक आउट गर्ने, काठमाडौंमा ३ गते नै दिउँसो २ बजे शान्तिबाटिकामा जम्मा भई कालो झन्डा र ब्यानरसहित विरोध प्रदर्शन गरी कोण सभा गर्ने,’ संयोजक उपेन्द्र यादवद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, ‘४ गते सबै जिल्लाका सदरमुकामहरुमा शहीदहरुको सम्झनामा श्रद्धाञ्जली सभा गर्ने ।’
सरकारले तीन दिन हर्षोल्लासका साथ संविधान दिवस मनाउने घोषणा गरेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले पनि तीनै दिनलाई कालो दिवसको रुपमा विरोध जनाउन लागेको जनाएको छ ।

संविधान संशोधनका लागि ड्राफ्टिङ कमिटि

गठबन्धनले सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा ११ सदस्यीय संविधान संशोधन ड्राफ्टिङ कमिटि गठन गरेको छ ।
समितिमा तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लाल, संघीय समाजवादी फोरमका उपाध्यक्ष लालवावु राउत, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झा, संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देन, रामनरेश राय, गोपाल दहित, प्रेमबहादुर खाती लगायतका सदस्य छन् ।
सो समितिमा शिल्पीको तर्फबाट एक जना, प्रादेशिक मोर्चाहरुको तर्फबाट एक जना र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको तर्फबाट एक जना थपिने बताइएको छ ।
संविधानप्रति असन्तुष्ट गठबन्धनले विरोधको आन्दोलन गरिरहेको भए पनि संशोधनमार्फत संविधानलाई सर्वस्वीकार्य बनाउन सकिने बताउँदै आएको छ ।

Posted by on Sep 5 2016. Filed under Breaking News, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

8 Comments for “गठबन्धनले आगामी असोज २–४ गतेलाई कालो दिवसको रूपमा विरोध जनाउने”

  1. “It’s actually a cool and useful piece of information. I am glad that you shared this helpful info with us. Please keep us informed like this. Thanks for sharing.”

  2. Say, you got a nice post. Want more.

  3. Great article post.Much thanks again. Really Great.

  4. I cannot thank you enough for the blog.Thanks Again. Awesome.

  5. I truly appreciate this post.Thanks Again. Great.

  6. I cannot thank you enough for the blog article.Thanks Again. Keep writing.

  7. Enjoyed every bit of your blog.Really thank you! Awesome.

  8. Great, thanks for sharing this blog post.Much thanks again. Awesome.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com