एमाले नेता शंकर पोखरेल विरुद्ध साइबर क्राइमको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

case file against cyber crime
प्रहरीले सहयोग गरेन, अब हामी अदालत जान्छौं– दुर्गामणि सुवेदी

काठमाडौं २२ भदौ– मधेसी समुदायको अपमान हुने गरी ट्विट गरेका नेकपा एमाले नेता शंकर पोखरेलविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।
समाजवादी युवा फोरम नेपालका उपमहासचिव दुर्गामणि सुवेदीले बुधबार महानगरीय प्रहरी परिसर टेकुमा साइबर क्राइमअन्तर्गत एमाले नेता पोखरेलविरुद्ध दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको हो । एमाले नेता पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार जाहेरी दर्ता गर्न सुवेदी नेतृत्वको टोली टेकु पुगेको थियो । ‘यो सामान्य केस हो, यसरी सानोतिनो विषयमा मुद्दा हाल्दै जाने हो भने भोलि सबै नेताहरूलाई थुन्नुपर्छ’– गम्भीर मुद्दालाई कमजोर बताउँदै जाहेरी दर्ता गर्नबाट जोगिन प्रहरीले कुतर्क गरेको सुवेदीले आरोप लगाए ।
‘शंकर पोखरेल विरुद्धको जाहेरी दर्ता गर्न प्रहरीले सीधै अस्वीकार गर्यो’– जाहेरी दर्ता गर्न टेकु पुगेका युवा फोरमका उपमहासचिव सुवेदीले भने,– ‘हामी पुग्नु अघिदेखि नै प्रहरी दबाबमा देखिन्थ्यो सायद उहाँहरूमाथि राजनीतिक प्रेसर हुनुपर्छ ।’ एमालेको दबाबले पोखरेललाई जोगाउन प्रहरीले उजूरी दर्ता गर्न नमानेको सुवेदीले प्रतिक्रिया दिए । उनले भने, ‘रंगभेद विश्वबाट अन्त्य भइसक्दा पोखरेलले सिङ्गो मधेसी समुदायलाई कालो भन्दै सार्वजनिक ट्विट गर्दा पनि प्रहरीले जाहेरी दर्ता नगर्नु कानूनी राज्यको अपहेलना हो’– सुवेदीले भने ।

Shankhar Pokhrel twit

परमादेशका लागि अदालत जाने

एमाले नेता शंकर पोखरेल विरुद्धको जाहेरी बुधबार प्रहरीले दर्ता गर्न नमानेपछि परमादेशका लागि अदालत जाने उजूरीकर्ता दुर्गामणि सुवेदीले बताएका छन् । ‘न्यायका लागि अदालतको ढोका जहिले नि खुल्ला हुन्छ, परमादेशका लागि अब हामी अदालत जान्छौं’– सुवेदीले भने । अदालतको परमादेशपछि जाहेरी दर्ता गर्न प्रहरी बाध्य हुने उनले बताए ।
संघीय समाजवादी फोरम नेपालको युवा संगठन युवा फोरमले पोखरेललाई पाँच वर्ष कैद सजायको मागसहित जाहेरी दिएको हो । एमाले नेता पोखरेलले मंगलबार ‘मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ’, भनेर ट्विट गरेका थिए । चौतर्फी विरोध र आलोचना भएपछि पोखरेलले ट्विट डिलिट गरेका थिए ।
युवा फोरमका उपमहासचिव सुवेदीले नेता पोखरेलले रंगभेदी चरित्र प्रदर्शन गरेको र मधेसी समुदायको स्वाभिमानमा चोट पु¥याएको बताए । ‘एमालेको सचिव जस्तो परिपक्व नेताले मधेस आन्दोलित भइरहेका बेला दिएको यस्तो रंगभेदी, जातिभेदी र साम्प्रदायिक अभिव्यक्ति मुलुकको अखण्डता र राष्ट्रियताको विरुद्धमा छ’, सुवेदीले भने, ‘यस्ता साम्प्रदायिक व्यक्तिहरूलाई कानूनी कारबाही हुनुपर्छ ।’
विद्युतीय कारोबार ऐनको उक्त दफामा ‘कम्प्युटर, इन्टरनेट विद्युतीय संचारमाध्यममा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएको सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्वका सामग्री वा कसैप्रति घूणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन तथा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई १ लाखसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनेछ’, भन्ने उल्लेख छ ।

Posted by on Sep 7 2016. Filed under समाज/संस्कृति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

7 Comments for “एमाले नेता शंकर पोखरेल विरुद्ध साइबर क्राइमको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार”

  1. “Wonderful work! That is the kind of info that are meant to be shared across the internet. Shame on the seek engines for no longer positioning this post upper! Come on over and consult with my site . Thanks =)”

  2. I cannot thank you enough for the blog.Much thanks again. Awesome.

  3. I truly appreciate this blog post. Really Great.

  4. This is one awesome article post.Really thank you! Great.

  5. Really informative post.Really thank you! Keep writing.

  6. I think this is a real great blog.Thanks Again. Really Great.

  7. Приветствую Вас товарищи!
    Наша компания занимается свыше 10 лет ремонтом и обслуживанием оргтехники в городе Минске.Основные направления и виды нашей деятельности:

    1)Заправка и восстановление картриджей

    2)Ремонт и сервис оргтехники

    3)Ремонт и настройка компьютеров и ноутбуков

    4)SEO продвижение сайтов

    5)Разработка сайтов
    Всегда рады помочь Вам!С уважением,ЧУП ТЕХНОСЕРВИС ВИКТОРИЯ.
    разработка изготовление сайта
    внутренняя и внешняя оптимизация сайта
    картридж 4200 ремонт
    заправка картриджей какой вид деятельности
    ремонт дисковода компьютера

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com