असोज ३ लाई कालो दिनको रुपमा विरोध जनाउने निर्णयसँगै ससफो नेपाल, लिम्बवान प्रदेश समितिको बैठक सम्पन्न

fsf-nepal_limbuwan-pradesh-samiti-3

फिपराज बेघा,

मोरङ, २६ भदौं– संघीय समाजवादी फोरम नेपाल, लिम्बुवान प्रदेश समितिको पाँचौ पूर्ण वैठक लिम्बुवानको पथरी शनिश्चरेस्थित तमु गुम्बाको सभाहलमा आइतबार सम्पन्न भएको छ ।
शनिबारदेखि शुरु भएको वैठकले लिम्बुवान प्राप्तिका लागि अनवरत संघर्ष र आन्दोलनका चरणहरूबारे छलफल गर्दै समग्र नेपाली राजनीतिक परिप्रेक्ष्यमा पहिचान र संघीयताको आन्दोलन र ससफो नेपालले अघि सारेका राजनीतिक र राजनीतिक विषयहरूमा घनिभूत छलफल गरिएको थियो ।
वैठकले असोज ३ लाई कालो दिनको रुपमा विरोध जनाउने घोषणा गरेको छ । नेपाली जनताको अधिकार कुण्ठित पार्ने संविधान घोषणा भएको दिन कालो ब्यानर, कालो पट्टिसहित लिम्बुवान प्रदेशभर विरोध प्रदर्शन गर्ने भएको छ । स्थानीय तहको पुर्नसंरचना भनि गाविस र नगरपालिकाको पुनर्संरचना गरेर संघीयता, स्वायत्तता, पहिचान र विशेष संरचना अन्तर्गतको स्वायत्त, संरक्षित र विशेष क्षेत्रको अधिकार कुण्ठित गर्ने र संघीयतालाई असफल बनाउने प्रयास राज्यपक्षबाट भइरहेको हुँदा यसलाई कडा रुपले प्रतिवाद गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

fsf-nepal_limbuwan-pradesh-samiti-2

रिक्त पदाधिकारीहरू मनोनयन

वैठकले लिम्बुवान राज्यको पदाधिकारीमा थप पदाधिकारी पनि मनोनयन गरेको थियो । जसमा उपाध्यक्ष विश्वदिप लिङ्देन, पदम अधिकारी, मुख्य सचिव लोकसागर साम्बा, सचिव दीपक याक्खा, सुमन शर्मा जमरकट्टेल र कोषाध्यक्षमा केवलराम राईलाई मनोनयन गरेको हो ।

फागुन मसान्तसम्ममा अधिवेशन

पार्टीको वडा, गाउँ र नगर अधिवेशनहरू २०७३ मंसिर मसान्तभित्र, क्षेत्रीय अधिवेशनहरू पौष मसान्त, जिल्ला समिति तथा सम्पर्क समितिहरूको अधिवेशन माघ मसान्त, जनवर्गीय संगठनहरूको माघ मसान्त र लिम्बुवान प्रदेश समितिको अधिवेशन फागुन मसान्तसम्ममा गरिसक्नुपर्ने निर्णय गरिएको छ ।
बैठकपश्चात पत्रकार सम्मेलनमा बोल्दै महासचिव रणध्वज कन्दङ्वाले संघीय गठबन्धनको २६ बुँदे माग पूरा गराउन अन्त्यहिन आन्दोलन जारी रहेको बताएका थिए ।

Posted by on Sep 11 2016. Filed under Breaking News, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

4 Comments for “असोज ३ लाई कालो दिनको रुपमा विरोध जनाउने निर्णयसँगै ससफो नेपाल, लिम्बवान प्रदेश समितिको बैठक सम्पन्न”

  1. nBVcAE Really enjoyed this blog.Really thank you! Keep writing.

  2. Informative Site Hello guys here are some links that contains information which you might find useful yourselves. It is Worth Checking out.

  3. I truly appreciate this post. I have been looking all over for this! Thank goodness I found it on Bing. You’ve made my day! Thanks again!

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com