एक मात्र नेपाली खस मुलका भिसी शेरबहादुर थापा गोर्खाहरूको नासो : कावा राजदुत शरदराज आरन

SONY DSC

SONY DSC

लन्डन, २१ सेप्टेम्बर– दोश्रो विश्वयुद्धमा जर्मनी सेनाविरुद्ध लड्ने क्रममा इटालीको सान मारिनोमा मारिएका भिसी शेरबहादुर थापाको ७२औँ स्मृति दिवस १८ सेप्टेम्बरमा लन्डनस्थित प्लाम्स्टिटमा एक समारोहबीच सम्पन्न भएको छ ।
ब्रिटेनका लागि नेपाली कार्यवाहक राजदुत शरदराज आरनले ब्रिटेनका लागि नेपाली गोर्खाहरूले पुर्याएको योगदानको एउटा प्रतिक भिसी शेरबहादुर थापा भएको बताए ।
भिसी थापाको सम्झना गर्नु सान्दर्भिक भएको समेत कार्यक्रमको प्रमुख अतिथि रहेका कावा राजदुत आरनले बताए, ‘भिसी शेरबहादुर थापा सबै गोर्खाहरूको नासो भएकाले हामी सबैले उहालाई सम्झनु हाम्रो दायित्व हो ।’
कार्यक्रममा खस अन्तर्राष्ट्रिय समन्वय समाजका संयोजक टेकबहादुर थापाले खस जाति प्राचिन कालदेखि नै लडाकु जातिको रुपमा परिचित भएको दाबी गरे । उनले भने, ‘खस जातिका मानिसहरूको उपस्थिती सेनामा अग्रिम स्थानमा रहँदै आएकोले लडाकु जाति भएको पुष्टि गर्दछ ।’ खसहरूले महाभारतको युद्धमा दुर्योधनको पक्षमा लडेको प्रसंग समेत संयोजक थापाले सुनाए ।
त्यसैगरी लन्डनस्थित हंस्लो काउन्सिलका पुर्वमेयर तथा काउन्सिलर पौल लिंचले ब्रिटेनका लागि गोर्खाहरूले खेलेको भूमिकालाई ब्रिटिस नागरिकहरूले बिर्सन नहुने धारणा राखे ।

SONY DSC

SONY DSC

सैनिक आवाजका सम्पादक डा. चन्दबहादुर गुरुङले ब्रिटेनका लागि भिसी शेरबहादुर थापाजस्ता व्यक्तित्वहरूले पुर्याएको योगदानको उचित सम्मान हुन नसकेको दुखेसो गरे ।
त्यसैगरी, विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वासदिप तिगेलाले बेलायती साम्राज्यले कब्जा गरेका ६६ वटा उपनिवेशिक मुलुकहरूमध्ये ३६ वटा उपनिवेशक मुलुक बनाउन गोर्खाहरूको महत्वपूर्ण र निर्णायक भूमिका रहेको इतिहास भएको बताए ।
‘गोर्खाजले आवास र पेन्सन सुविधाको मात्र होइन सिंगो बृट्रिस साम्राज्यमा आफ्नो अंश खोज्नुपर्छ । त्यसबेला अंग्रेजहरू ‘कमान्डर’ बनेर युद्ध लडे पनि अगाडी मोर्चामा गोर्खाजहरू रहेका थिए त्यसैले बृट्रिस ‘एम्पायर’ बनाउन अंग्रेज नागरिकको भन्दा धेरै रगत गोर्खाजको बगेको थियो, ’ तिगेलाले थप भने, ‘अहिलेको समृद्ध बेलायत बनाउन सर्वसाधारण बृट्रिस नागरिकको भन्दा धेरै गुणा ठूलो योगदान गोर्खालीहरूको छ ।’
नेपाली संघीय समाज युकेका अध्यक्ष धर्म तामाङ, किरात मञ्च प्रवास प्रमुख राजन खिम्दुले राई, आदिवासी जनाजति महासघ युकेका महासचिव कर्मा शेर्पा, जनमुक्ति मञ्च युकेका अध्यक्ष नारायण पुन, पहिचान साहित्य पुरस्कार कोषका अध्यक्ष नरेश काङ्वाङ राई, लेखक तथा खस क्षत्री अभियन्ता कृष्णबहादुर थापा, विश्व नेपाली साहित्य समाज युकेका अध्यक्ष सुमल गुरुङ, रोयल ग्रीनवीच नेपाली समाजका अध्यक्ष कुमार श्रेष्ठ, एनआरएन युके केन्द्रीय सदस्य ललित न्यौपाने, नेपाली संघिय समाज युकेका सचिव मिलनचन्द्र राई ,नेविसंघ युकेका रेशम अर्याल, नेपाली संघीय गठबन्धन युकेका संयोजक पदम गाहा मगर, नेपाल आदिवासी जनाजति महासंघका पुर्वसचिव भक्त दुरा, खस समाजका सल्लाकार महेन्द्र खस लगायतले विचार राखेका थिए ।

SONY DSC

SONY DSC

भिक्टोरिया क्रसको उपाधि पाउने एक मात्र खस मुलका नेपालीः भिसी शेरबहादुर थापा

नौ गोर्खा राइफलका सिपाही थापाको सन् १९४४ सेप्टेम्बर १९ का दिन जर्मनी सेनाको आक्रमणमा निधन भएको थियो । तनहुँ जिल्लाको घले छापमा जन्मिएका थापालाई ब्रिटिश सरकारले मरणोपरान्त भिक्टोरिया क्रसको उपाधि प्रदान गरेको थियो ।
नौ गोर्खा राइफल तत्कालिन ब्रिटिश सरकारले सन १८१७ मा नेपाली खस जातिका क्षत्री र ठकुरीका लागि बनाएको थियो । शेरबहादुर थापा उक्त नौ जिआरका तर्फबाट भिक्टोरिया क्रसको उपाधि पाउने एक मात्र खस मुलका नेपाली हुन् । ब्रिटिश सेनाको सबैभन्दा ठूलो उपाधि भिक्टोरिया क्रस हो । उक्त उपाधि शेरबहादुर थापाको परिवारलाई नदिएर नौ जिआरले नै आफूसँग राखेको छ ।
खस समाज युकेले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्वागत मन्तव्य समाजका सल्लाकार राजेन्द्र खसले दिएका थिए भने सञ्चालन सन्तोष कार्कीले गरेका थिए । खस समाज युकेका अध्यक्ष इन्द्र कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

SONY DSC

SONY DSC

Posted by on Sep 20 2016. Filed under विश्व/नेफेसो, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

2 Comments for “एक मात्र नेपाली खस मुलका भिसी शेरबहादुर थापा गोर्खाहरूको नासो : कावा राजदुत शरदराज आरन”

  1. Wenn Taiwan im Fernsehen von dem Arzt so Rechtlos dartlsgeelt wird, ist es nur noch ne Frage der Zeit, wann die ersten Sextouris nach Taiwan kommen… 😀

  2. FMzreu There as definately a great deal to know about this issue. I like all of the points you have made.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com