ससफो नेपालको बेलबारीमा वडा समिति गठन

dsc_0594
मोरङ, ८ असोज– सङ्घीय समाजवादी फोरम, नेपालले मोरङको बेलबारीमा वडा नम्वर ३ को वडा समिति गठन गरेको छ ।
शुक्रबार भएको एक भेलाले शिवलाल राईको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको चयन गरेको हो ।
भेलाले उपाध्यक्षमा गीता मगर, सचिवमा पुष्प ठटाल, सहसचिवमा सृजना राई र कोषाध्यक्षमा विमला राईलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरूमा जसमाया वि.क, मनु राई, टंकमाया वि.क, रिता मग्राती, राजकुमार राई, तुलसी धिमाल, संगिता राई र मेनुका वि.क. रहेका छन् ।
भेलामा पार्टी जिल्ला सदस्य धर्मराज गुरुङ, क्षेत्र नं. ३ क्षेत्रीय समन्यव समिति अध्यक्ष वर्ण राई, सङ्घीय महिला संघ मोरङका उपाध्यक्ष सीता राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भेला पार्टीको बेलबारी नगर समितिको आयोजनामा भएको थियो । कार्यक्रमलाई सचिव मनीकुमार राईले सञ्चालन गरेका थिए । भने अध्यक्ष तिलक राईको अध्यक्षतमा सम्पन्न भएको थियो ।

Posted by on Sep 24 2016. Filed under समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “ससफो नेपालको बेलबारीमा वडा समिति गठन”

  1. I am so grateful for your article post.Really looking forward to read more.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com