गोर्खा सैनिकले दोहोरो नागरिकता र समान पेन्सन पाउनुपर्छ –उपेन्द्र यादव

gokhra
लण्डन ८, असोज– संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्व गोर्खा सैनिकहरूले दोहोरो नागरिकता पाउनुपर्ने बताएका छन् ।
नेपालको नयाँ संविधानमा पूर्व गोर्खा सैनिकका लागि नागरिकताको प्रावधान नभएकोप्रति टिप्पणी गर्दै यादवले उनीहरूलाई नेपाली नागरिकता दिइनुपर्ने बताए । युरोप भ्रमणमा रहेका यादवले गोर्खा पूर्व सैनिकले समान पेन्सन पनि पाउनुपर्ने आवाज उठाएको कार्यक्रममा सहभागी नेफेसो लण्डनका महासचिव विश्वदीप तिलेगाले जनाएका छन् ।
लण्डनको अल्डरसुटमा शनिबार गोर्खा पूर्व सैनिक संघको वार्षिक भेलालाई सम्बोधन गर्दै दोहोरो नागरिकता र समान पेन्सनको व्यवस्था हुनुपर्ने बताएका हुन् । ‘पूर्व गोर्खा सैनिकहरू विशेष कूटनैतिक सम्बन्धका कारण युकेमा रहेकाले गोर्खाहरूले दोहोरो नागरिकता पाउनु पर्छ’– कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने,– ‘गोर्खा सैनिकहरूमाथि विभेद हुनु हुँदैन, उनीहरूले अरु सरह नै समान पेन्सन र सुविंधा पाउनुपर्छ ।’

002
नेपाल आदिवासी जनजाति महासंघ युकेले शनिबार नै ससफो, नेपालका अध्यक्ष यादव र प्रवास विभाग प्रमुख आङकाजी शेर्पाको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेको छ । संघीय समाजवादी फोरम, नेपालको प्रवास भ्रातृ संगठन नेपाली संघीय समाज बेलायतको निमन्त्रणामा असोज ६ गते अध्यक्ष यादव र शेर्पा लण्डन पुगेका छन् ।
नेता यादवले आइतबार अल्डरसटको एम्पायर हलमा आयोजना हुने समाजको दोस्रो अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । एक साता लामो बेलायत भ्रमण क्रममा बेलायती सरकारी अधिकारी तथा राजनीतिक दल, विभिन्न संघसंस्थासँग अन्तरक्रिया गर्ने छन् ।

003
असोज ९ गते लण्डनमा सम्पन्न हुने नेफेसोको महाधिवेसन सम्पन्न गरेलगत्तै अध्यक्ष यादव र नेता शेर्पाद्वय युरोपको अन्य देशहरू भ्रमण गर्ने कार्यक्रम रहेको छ । लण्डनपछि यादवले बेल्जियम र पोर्चुगलमा पार्टीको भ्रातृ संगठनहरूले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने छन् ।
अध्यक्ष यादव र नेता शेर्पा बेलायती समयअनुसार २३ सेप्टेम्बर बिहान सात बजे हिथ्रो विमानस्थलमा अवतरण गरेका थिए । नेताद्वयलाई बेलायतका लागि नेपाली राजदुत शरदराज आरन, ससफो नेपालका बैकल्पिक केन्द्रीय सदस्य भगवान चाम्लिङ र टेकबहादुर थापा, नेपाली संघीय समाज युकेका अध्यक्ष धर्म तामाङ, महासचिव विश्वासदीप तिगेला, उपमहासचिव कमल राई , बरिष्ठ उपाध्यक्ष जंग सुनुवार, उपाध्यक्ष बालकृष्ण राई , प्रवक्ता नरेश काङमाङ राई, सचिव मिलनचन्द्र राई, कोषाध्क्ष बिमला राई, सल्लाकार भक्त दुरा, कमल गुरुङ, भानुभक्त राई लगायतका पधादिकारीहरूले स्वागत गरेका थिए ।

party-president-2
पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्रीसमेत भइसकेका अध्यक्ष यादवको सम्मानमा नेपाली राजदुताबास बेलायतले गत शुक्रबार नै बेलायतमा रहेका नेपाली बुद्धिजिवी, राजनैतिक व्यक्तित्व एवम् पत्रकारहरूसँग भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरेको थियो ।

011

Posted by on Sep 24 2016. Filed under Breaking News, राजनीति, विश्व/नेफेसो. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

5 Comments for “गोर्खा सैनिकले दोहोरो नागरिकता र समान पेन्सन पाउनुपर्छ –उपेन्द्र यादव”

  1. YEi0Si You, my pal, ROCK! I found exactly the info I already searched everywhere and simply could not find it. What an ideal web site.

  2. Always a large fan of linking to bloggers that I really like but dont get a great deal of link love from.

  3. wJwntV the net. I am going to recommend this blog!

  4. lbZGcg I was suggested this web site by my cousin. I am not sure whether this post is written by him as nobody else know such detailed about my difficulty. You are incredible! Thanks!

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com