संघवादको सिद्धान्त सबै एकैसाथ जाऔं (Coming Together)

upendra-bidesh-visit-1

बालकृष्ण माबुहाङ

प्रसङ्ग/सन्दर्भः संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव र ससफो नेपाल तथा जनजाति नेता आङकाजी शेर्पा युरोप भ्रमणको ।


भनौ न, नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष हुँदा अशोक राईलाई कति मुलुकमा बोलाइयो ! जब सङ्घीय समाजवादी पार्टी खोलिसकेपछि कति मुलुकमा बोलाइयो? यसैबिच एमाओवादी, कांग्रेस, र एमालेका वरिष्ठ नेताहरूले विदेशमा विरोधको स्वरहरू सामाना गर्नुपर्ने अवस्था समेत सृजना भएको छ । विरोधको आवाजहरू प्रशस्तै उठेको छ । कसैले बोलाई हाल्यो भने कालो झण्डा देखाएर विरोध प्रदर्शन गर्ने कार्यहरू हुन थाल्यो । त्यसको अर्को पाटो भनेको पहिचानलाई मुद्दा बनाएर बनेको पार्टी सङ्घीय समाजवादी फोरम, नेपालका नेताहरूलाई निम्तो गर्ने र बोलाउने क्रम जारी छ ।


आजभन्दा करिब आठ वर्ष अगाडि जर्मनी र स्विट्जरलैन्डको भ्रमण गर्ने अवसर मिलेको थियो । सन् २००८, अक्टोबर १२–२० सम्म शान्तिका लागि राष्ट्रिय अभियान नामक गैरसरकारी संस्थाको पहलमा सो अवसर मिलेको थियो । भ्रमणको उद्देश्य थियो सङ्घीयता सम्बन्धी स्विस र जर्मनीको अनुभव लिने। ‘उच्च स्तरीय भ्रमण’ नाम दिइएको उक्त भ्रमण दलमा मसहित अरू २ जना स्वतन्त्र विज्ञ व्यक्तिहरू थिएः श्रीकृष्ण अनिरुद्द गौतम, र दिपेन्द्रबहादुर क्षत्री । झन्डै दुई दर्जन संख्यामा संविधानसभाका सदस्य, भन्नाले ४ दलका उच्च स्तरीय नेताहरू थिए ।
भ्रमण दलमा भएका नेता तथा नेतृहरुमा मधेसी दलहरूबाटबाहेक अरू मुख्य तिनवटा दलहरू एमाओवादी, कांग्रेस, र एमालेबाट सबै बाहुन सभासदहरू थिए । जनजाति सभासदमा एक जना एमाओवादीबाट नेवार जनजाति सभासद् थिए । भ्रमण दलमा भएका सबै सभासदको मकसद सङ्घीयताको बारेमा सिक्नु, जान्नुभन्दा पनि अधिकांश छुट्टी मनाउन गएका हुन् कि जस्तो वा पर्यटक स्वभावको देखिन्थ्यो। एक जना ठुलै नेताकी श्रीमती, उनी आफै पनि नेता हुन्, राजनीतिक जोखिम मोलेर नै सभासद् भएकी, जर्मनीको वर्न सहर पुग्दा भन्दै थिइन् ‘अस्ती २ हप्ता अघि नै म यहाँ थिएँ । यो यस्तो हो, उस्तो हो…’ मानौ कि हामीलाई उनले नै सबै गाइड गरिरहेकी जस्तो थियो ।


पहिचान पक्षीय वास्तविक संघवादीको राजनीतिमा अशोक राईले नेतृत्व गरेको पार्टी सङ्घीय समाजवादी पार्टीले एकैचोटि मधेसको मधेसी जनअधिकार फोरम र खस–समावेशी राष्ट्रिय पार्टीलाई मिलाएर एउटा पार्टी बनाए । उक्त पार्टीको नाम भयो, सङ्घीय समाजवादी फोरम, नेपाल । यो पार्टीले संघवादी सिद्धान्तको एकै साथ रहौँ (Coming Together)को सिद्धान्तलाई व्यवहारमा उतारेको छ ।


उक्त भ्रमणदलमा म पर्नुको संयोग सङ्घीयता, त्यो पनि जातीय तथा जनजातीय पहिचानलाई आधार मानेर बनाउनुपर्ने तर्कना पेस गर्ने व्यक्तिमध्ये म पनि पर्थेँ। तर सभासदहरूको संयोजन हेर्दा सबै नै पहाडे बाहुन थिए । कसरी जनजाति छुटे त ! उत्तरमा आयोजकले अनभिज्ञता प्रकट गर्थे किनकि पार्टीको ‘हाइकमाण्ड’ले जो नाम दियो, त्यै भयो । तर मधेसी सभासदहरू उल्लेखनीय संख्यामा थिए । कारण मधेसीहरूको आ–आफ्नै दलहरू थिए, त्यसकारण उनीहरूको प्रतिनिधित्व नहुने कुरै थिएन । मनमा एउटा प्रश्न उठ्यो, के जनजातिहरूको पनि आफ्नै पार्टी भएको भए उनीहरूको पनि प्रतिनिधित्व उल्लेखनीय संख्यामा हुन्थ्यो?
नेपालको सरकारी कार्यालयहरूमा खरिदारदेखि सचिव, वा प्रबन्धक वा महाप्रबन्धकसम्म बाहुन क्षत्रीले भरिएको छ। तल मुखिया, पियन, पाले, ड्राइभरमा भने जनजातिहरू भेटिन्छन् । विदेशमा चाहिँ जनजाति देखिन्छन् । थ्री ‘डी’ डेन्जरस, डिफिकल्ट र डर्टीकाममा जनजाति जानुपर्ने बाध्यता छ । त्यो पनि एमाओवादी, कांग्रेस र एमालेका संघसंस्थाहरूमा सङ्गठित भएको पाइन्छन् । अनि ती संघसंस्थाहरूले पार्टीका नेताहरूलाई सम्मेलन, गोष्ठीको आयोजना गरेर बोलाएको बोलाएकै हुन्छन् । भर्खरै केही दिन अघि सिङ्गापुरमा कांग्रेसको प्रवासी सङ्गठनले पार्टी सभापति सेरबहादुर देउवालाई सपरिवार निम्तो दिएरका थिए । यस्तो क्रियाकलाप विश्वभरि नै छ र भइरहन्छ ।

तर जब नेपालको संविधानले पहिचानको मुद्दालाई लत्याएर एकलौटी पर्वते बाहुन–क्षत्रीको संविधान जारी गर्यो, आम रूपमा विश्वभरि रहेका नेपालका जनजातिले आफ्नो अस्तित्व पूर्ण रुपमा अस्वीकार गरेको देखे । उनीहरूलाई थप उपेक्षा गरेको देखेपछि उनीहरुले दलका नेताहरू बोलाउन कम भयो । बोलाए पनि आफ्नै दलका नेताहरूलाई बोलाउन थालियो । भनौ न नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष हुँदा अशोक राईलाई कति मुलुकमा बोलाइयो ! जब सङ्घीय समाजवादी पार्टी खोलिसकेपछि कति मुलुकमा बोलाइयो? यसैबिच एमाओवादी, कांग्रेस, र एमालेका वरिष्ठ नेताहरूले विदेशमा विरोधको स्वरहरू सामाना गर्नुपर्ने अवस्था समेत सृजना भएको छ । विरोधको आवाजहरू प्रशस्तै उठेको छ । कसैले बोलाई हाल्यो भने कालो झण्डा देखाएर विरोधप्रदर्शन गर्ने कार्यहरू हुन थाल्यो । त्यसको अर्को पाटो भनेको पहिचानलाई मुद्दा बनाएर बनेको पार्टी सङ्घीय समाजवादी फोरम, नेपालका नेताहरूलाई निम्तो गर्ने र बोलाउने क्रम जारी छ । एक प्रकारले जनजाति नेताहरूलाई वैदेशिक भ्रमणका लागि राहत मिलेको अनुभव हुनुपर्छ ।


बाहुन–क्षत्री नेतृत्वको राज्यले निर्माण गरेको राष्ट्रिय संस्कृतिले मधेसीलाई पहाडेले घृणा गर्ने, वा मधेसीले पहाडे जनजाति समुदायलाई मूर्ख ठान्ने संस्कृति चिर्दै मधेसी र पर्वते वा हिमाली जनजातिहरूबिच सन्बन्धका हातहरू मिल्न लागेको आभास हुन्छ । मधेसी, पहाडे, र हिमाली दिदीबहिनी, दाजुभाइः हाईहाई। एकात्मवादी, एकल जाति अधिनाकवादी संस्कृति बाईबाईको सुरुवात भएको अनुभव हुन्छ ।


विदेशमा आमन्त्रित हुनु, गर्नु र जानुको सकारात्मक पक्ष मात्र छैन । अहिलेको सङ्घीय समाजवादी फोरमका अध्यक्ष, मधेसी जनअधिकार फोरमका नेता हुँदाको सन्दर्भ यहाँ लिऊँ । संविधानसभामा उल्लेखनीय संख्यामा आफ्नो मजबुत उपस्थिति भएको दल मधेसी जनअधिकार फोरमका प्रमुख नेता उपेन्द्र यादव सरकारमा गए, र परराष्ट्र मन्त्री समेत भए । उनी परराष्ट्रमन्त्री हुँदाको बखत विदेश डुलिरहनु पर्ने ! उनको कार्यकालमा विरलै नेपाल बसे होलान् विदेशको विदेश नै । उनको पार्टीमा २ वटा जण्डु मधेसीहरु दलबलसहित प्रवेश गरेका थिए । तिनमा जयप्रकाश गुप्ता र विजय गच्छदार । पार्टी अध्यक्ष परराष्ट्रमन्त्रीको हैसियतले विदेशमात्र कुदिरहने । गुप्ता र गच्छदारले पार्टीमा गुण लाउन भ्याएछन्, यादवले चाल नपाउने गरी । अन्ततः फोरमलाई टुक्रा–टुक्रा पारेर क्षतविक्षत पारे । यादव उचालेर थेचारेको फर्सी जस्तो बन्न धेरै समय लागेन ।
पहिचान पक्षीय वास्तविक संघवादीको राजनीतिमा अशोक राईले नेतृत्व गरेको पार्टी सङ्घीय समाजवादी पार्टीले एकैचोटि मधेसको मधेसी जनअधिकार फोरम र खस–समावेशी राष्ट्रिय पार्टीलाई मिलाएर एउटा पार्टी बनाए । उक्त पार्टीको नाम भयो, सङ्घीय समाजवादी फोरम, नेपाल । यो पार्टीले संघवादी सिद्धान्तको एकै साथ रहौँ (Coming Together)को सिद्धान्तलाई व्यवहारमा उतारेको छ । मधेसको यादव, किराती राई, र युवराज कार्की (क्षत्री)ले क्रमशः आफू साँच्चैको मधेसीको प्रतिनिधित्व गर्ने, किराती (जनजाति)को प्रतिनिधित्व गर्ने, र क्षत्री (खस)को प्रतिनिधित्व गर्ने जुन चुनौती छ, त्यो चुनौती सामना गर्न सक्छन् त ! प्रश्न जिउँदो जाग्दो भएर उनीहरूको सामु उभेको देखिन्छ । स्वदेशमा वा विदेशमा रहेका नेपालीहरूको निम्तो मान्न जाँदा विदेश भ्रमण छुट्टी मान्न नभई विदेशमा होस् वा स्वदेशमा पार्टीको संघवादी सोँच र दृष्टिकोणलाई मजबुतीकरण गर्ने उद्देश्यले निश्चय नै कामका लागि गएको हुनुपर्छ । नकि कांग्रेस, एमाले र एमाओवादीका नेता कार्यकर्ताहरू छुट्टी मनाउन गए जस्तो ।


उक्त भ्रमणदलमा म पर्नुको संयोग सङ्घीयता, त्यो पनि जातीय तथा जनजातीय पहिचानलाई आधार मानेर बनाउनुपर्ने तर्कना पेस गर्ने व्यक्तिमध्ये म पनि पर्थेँ। तर सभासदहरूको संयोजन हेर्दा सबै नै पहाडे बाहुन थिए । कसरी जनजाति छुटे त ! उत्तरमा आयोजकले अनभिज्ञता प्रकट गर्थे किनकि पार्टीको ‘हाइकमाण्ड’ले जो नाम दियो, त्यै भयो । तर मधेसी सभासदहरू उल्लेखनीय संख्यामा थिए । कारण मधेसीहरूको आ–आफ्नै दलहरू थिए, त्यसकारण उनीहरूको प्रतिनिधित्व नहुने कुरै थिएन । मनमा एउटा प्रश्न उठ्यो, के जनजातिहरूको पनि आफ्नै पार्टी भएको भए उनीहरूको पनि प्रतिनिधित्व उल्लेखनीय संख्यामा हुन्थ्यो?


अर्को यस्तो भ्रमणको निश्चय नै महत्व छ । पहाडे बाहुन–क्षत्री प्रधान आजका राजनीतिक दलहरूलाई मधेसीले, जनजातिले, खस जातिले जति नै काँध थापे पनि उनीहरूले आत्मियता पाउनुको साटो उपयोगको व्यवहार सिवाय केही पाएनन् । उनै बाहुन–क्षत्री नेतृत्वको राज्यले निर्माण गरेको राष्ट्रिय संस्कृतिले मधेसीलाई पहाडेले घृणा गर्ने, वा मधेसीले पहाडे जनजाति समुदायलाई मूर्ख ठान्ने संस्कृति चिर्दै मधेसी र पर्वते वा हिमाली जनजातिहरूबिच सन्बन्धका हातहरू मिल्न लागेको आभास हुन्छ । मधेसी, पहाडे, र हिमाली दिदीबहिनी, दाजुभाइः हाईहाई। एकात्मवादी, एकल जाति अधिनाकवादी संस्कृति बाईबाईको सुरुवात भएको अनुभव हुन्छ । राजनीति एउटा वर्ग विशेष जसरी गरियो, एउटा लिङ्ग, धर्म, वा जाति विशेष जसरी गरियो, यो गलत थियो । गलत छ, र भविष्यमा पनि गलत नै सावित हुनेछ । यो कुरो साबित गर्न कुनै वर्ग, रङ, लिङ्ग, क्षेत्र, वा जातको नभै सबैको गर्न सक्नुपर्छ । जुनसुकै वर्ग, रङ, लिङ्ग, क्षेत्र, वा जात, जातिको किन नहोस् गलत प्रवृत्तिको विरुद्ध, र राम्रो प्रवृत्तिको पक्षपोषण गर्ने राज्यको विकास गर्न सक्नुपर्छ । यो वस्तुगत अवस्थाको विकास आफ्सेआफ समयको पनि माग भइरहेको छ । यसले वास्तविक संघवादको एकै साथ जाऔं (Coming Together)को सिद्धान्तलाई उजागर गर्न थालेको आभास हुन्छ । संघवादीहरूको जय होस् ।

– माबुहाङकै फेसबुकबाट
(माबुहाङ, त्रिभुवन विश्वविद्यालय जनसंख्या केन्द्रीय विभागका सहप्राध्यापक हुन् ।)

प्रकाशित, ८ असोज २०७३ । २४ सेप्टेम्बर २०१६

Posted by on Sep 24 2016. Filed under Breaking News, दस्तावेज. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “संघवादको सिद्धान्त सबै एकैसाथ जाऔं (Coming Together)”

  1. Ya learn sotmnhieg new everyday. It’s true I guess!

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com