नेपाल ऐतिहासिक रुपमै बहुभाषिक मुलुक हो : मार्क टुरिन

mark_turin

मार्क टुरिन दि व्रिटिश कोलम्बिया विश्वविद्यालय क्यानाडाका मानवशास्त्र विभागका एसोसिएट प्राध्यापक हुन् । विगत २५ वर्षदेखि नेपालका आदिवासी जनजातिहरुको विषयमा अध्ययन, अनुसन्धान गर्दै आएका छन् । विशेषगरी सिमान्तकृत अवस्थामा रहेका थामी आदिवासी जनजातिको बारेमा लामो समयदेखि अनुसन्धान गर्दै आएका छन् ।

प्राध्यापक टुरिनले नेपालका आदिवासी जनजातिका बिषयमा थुप्रै लेखरचना, रिपोर्ट र पुस्तकहरु प्रकाशित गरिसकेका छन् । पछिल्लो पटक भुकम्पछिको नेपालका आदिवासी जनजातिलगायत विविध विषयमा उनीसँग भलाकुसारी गर्ने अवसर मिल्यो । नेपाली बुलेटिनका प्रधानसम्पादक मानछिरिङ तामाङले प्राध्यापक मार्कसँग गरिएको कुराकानीको सारांशः

यसपटक तपाईको न्युयोर्क भ्रमण को उद्देश्य के थियो ? 

मलाई प्राध्यापक अशोक गुरुङले न्युयोर्कमा निमन्त्रणा गर्नु भएको थियो । उहाँ न्यु स्कुलमा प्राध्यापक हुनुहुन्छ । त्यस्तै त्यहाँको इन्डियाचाइना इन्ष्टिच्युटका निर्देशक पनि हुनुहुन्छ । उहाँ असाध्यै प्रखर विद्वानका साथै समुदायका मिलनसार सदस्य हुनुहुन्छ । उहाँ हाल हिमालयन युनिभर्सिटिज सहायता समाजका संचालक समिति सदस्य तथा नेपालमा रहेको हिमाल सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था इसिमोडका सचिव समेत हुनुहुन्छ । त्यसैक्रममा उहाँले मलाई हिमाली क्षेत्रका विश्वविद्यालय र अमेरिका तथा युरोपेमा रहेका हिमाल सम्बन्धी खोज तथा अनुसन्धान गर्ने विश्वविद्यालयसँग साझेदारीका अवसर तथा सञ्जाल निर्माणका सम्भावनाहरुको खोजी गर्न निमन्त्रणा गर्नु भएको हो ।

तपाईले नेपालका हिमाली क्षेत्रमा रहेका समुदायहरुबारे खास के अनुसन्धान गर्नुहुन्छ ?
हाल लोपोन्मुख तथा संकटापन्न अवस्थामा रहेका नेपालका खास गरी आदिवासी जनजातिहरुको भाषाबारे मैले आफ्नो व्यक्तिगत २५ बर्ष खोजी तथा अनुसन्धान गरेको छु । हाल त्यस्ता समुदायहरुमा आफ्नो भाषा बोल्ने सदस्यहरुको संख्या उल्लेख्यरुपमा घट्दै गएको छ ।

भाषाको स्वरुप परिवर्तन हुँदै गएकाले त्यहाँका मानिसहरुमा समेत चासो घट्दै गएको छ । विगत २५ बर्षदेखिको अनुसन्धान तथा खोजका क्रममा विषेशत म त्यस्ता ग्रामीण नेपालका गाउँलेहरुसँग साझेदारी तथा कार्यगत एकता गर्दै आएको छु । यसक्रममा मैले पहिले मुस्ताङ र पछि दोलखा जिल्लाका ग्रामीण क्षेत्रमा थामी (थङमी) भाषाका लिपि तथा प्रतिलिपिहरु संकलन गर्ने, त्यसको सुरक्षा तथा नेपालका सुन्दर भाषालाई पुनर्जीवन दिने काम गर्दै आएको छु ।

यतिको लामो समयसम्म काम गर्दा उनीहरुको भाषा, समुदाय, आर्थिक तथा राजनैतिक अवस्था बारे के पाउनु भयो ?
सबै भन्दा महत्वपुर्ण कुरा त, नेपालका आदिवासी जनजातिका जति पनि भाषाहरु छन, प्राय सबै मौखिक र बोलीचालीकारुपमा मात्र प्रचलित छन् । केही भाषाहरु मुल भाषादेखि लिपिबद्ध पनि गरिएका छन्, जस्को राम्रो उदाहरण नेपाली र तिब्बतियन दुवैमा लिपि भएको तामाङ भाषा पनि हो ।

थामीलगायतका अन्य भाषाहरुको ऐतिहासिक मुल भाषा नै पाईदैनन भने लिपिमा समेत समस्या छ । यस्ता भाषाहरुले सांस्कृतिक, पारिस्थितिक, बैज्ञानिक र स्थानीय प्रादेशिक सबै प्रकारका ज्ञानहरुलाई समेटेका छन् । नेपालका हिमाली र पहाडका विभिन्न भेगहरुमा फैलिएका यस्ता भाषाहरुमा धेरै प्रकारका वनस्पति तथा जनवारहरुका नाम तथा शब्दहरु विभिन्न प्रकारले चिनिन्छन् । जसका कारण खान मिल्ने नमिल्ने, उपभोग्य समय, बाली भित्र्याउने समयलगायतका विभिन्न जानकारी भाषाहरुले दिन्छन् ।

त्यसैले नेपाली आदिवासी जनजातिका भाषाहरु संक्रमणकाललाई पार लगाउने वाहक हुन् । यस्ता भाषाहरु लोपोन्मुख हुनु भनेको एउटा संस्कृतिको महत्वपुर्ण अंश गुमाउनु हो । उदाहरणको रुपमा यस्ता समुदायमा भाषा जान्ने अगुवाको मृत्यु भयो भने पुरै पुस्तकालय गुमाउ सरह हो ।

नेपाल एक बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक मुलुक हो । अहिले आदिवासी समुदायका विशेषत युवा पुस्तामा आफ्नो भाषाको ज्ञान र महत्व हराउँदै गएको छ । तपाईको आफ्नो खोज र अनुसन्धानको अनुभवबाट यसको जगेर्ना तथा संरक्षणका लागि नेपाल सरकारले के गर्नुपर्छ?
म हाल क्यानडाको व्रिटिश कोलम्बियास्थित भ्याङकुभरमा बस्छु । म संसारका धेरै मुलुकहरु घुम्नुका साथै बसोबास गरेको छु । नेपालका आदिवासी जनजाति र व्रिटिस कोलम्बियाका आदिवासी जनजातिहरुको संघर्ष तथा समस्याहरु फरक तरिकाले समान प्रकारका छन् । क्यानडामा गोरा जातिहरुले आदिवासी जनजातीका बसोबास क्षेत्रलाई औपनिवेशिकरण गरी जमिन कब्जा गरे ।

उनीहरुलाई आवासीय विद्यालयहरुमा पठाईयो जसका कारण आदिवासी जनजातिका आफ्ना भाषा तथा संस्कृतिहरुलाई सखाप पार्ने कोसिस गर्दै बालबालिकाहरुलाई क्रिस्चियन धर्मका सच्चा अनुयायी हुन बाध्य पारियो । नेपालले यस्तो उपनिवेशको सामना कहिल्यै गर्नु परेन । बाहिरका मानिसहरुले अतिक्रमण गरेर उपनिवेश बनाएको अनुभव नेपालले गर्नु परेको छैन् । तर नेपालमा भने यहाँका कुलीन वर्गका मानिसले आन्तरिकरुपमा भने उपनिवेश खडा गरेको विषयमा एकमत हुन सकिन्छ ।

यहि कुलीन वर्गका मानिसहरुले नेपालका आदिवासी जनजातिहरुलाई विभिन्न क्षेत्रबाट अलग्याएर सीमान्तकृत बनाउनुका साथै नीतिगत तहबाटै उनीहरुलाई अलग गरी असहिष्णुता लादियो । नेपालका आदिवासी जनजातिहरुलाई उनीहरुको भाषा बोल्न तथा आम जनजीवनमा साथै विद्यालय र प्रशासनहरुमा समेत रोक लाग्यो । त्यहिकारण आज, २०१६ मा हामीले जे देखिरहेका छौं, आदिवासी जनजातिलाई सयौं बर्षदेखि शोषण गरिएको परिणाम हो ।

त्यति भन्दा भन्दै पनि नेपालको हालको संविधान भने आदिवासी जनजातिका भाषाहरुलाई सम्बोधन गर्नमा अत्यन्तै प्रगतिशिल र उद्दार देखिएको छ । संविधानले आदिवासी जनजातिका भाषाहरुलाई राष्ट्र भाषाको मान्यता दिएको छ । यो केवल शाब्दिक र भ्रम मात्र हो । नेपालका ग्रामिण क्षेत्रका विद्यालयहरुमा पाठ्य पुस्तक तथा पढाईको माध्यमका रुपमा स्थानीय भाषाहरुलाई समावेश गरिएको छ । त्यति भएतापनि आफुलाई आधुनिक देखाउनकै लागि नेपाली वा अंग्रेजीमा मात्र बोल्नुपर्छ भन्ने मानसिकता हाल नेपालको मुख्य समस्या हो । आफ्नो भाषालाई त्यागी नेपाली वा अंग्रेजी बोले सामाजिक तथा आर्थिकरुपमा सक्षम भइन्छ भन्ने भ्रम व्याप्त छ ।

नेपालीलगायतका भाषाका अलावा, थारु, तामाङ, थकाली, मैथिलीलगायतका बहुभाषाको ज्ञान हुँदा आफु अझ मजबुत भइन्छ । नेपालमा तपाई नेपाली भाषामा पोख्त हुनाका साथै यी अन्य भाषाहरु समेत बोेल्न जान्नु हुन्छ भने तपाई एक नेपालीकै रुपमा रहनुहुन्छ । नेपाली, हिन्दी, अंग्रेजी भाषाका साथै माथिका भाषाहरु समेत जान्न सक्दछ भने एकै व्यक्ति बहुभाषिक हुन नेपालमा सम्भव छ । नेपाल ऐतिहासिकरुपमै बहुभाषिक मुलुक हो । यसलाई पहिचान प्रदान गर्नुका साथै प्रोत्साहन गर्न पनि उत्तिकै जरुरी छ ।

नेपालमा आएको महाभुकम्पपछि हिमाली श्रृङ्गखला क्षेत्रमा बसोबास गर्ने समुदायहरुको अवस्था कस्तो देख्नु भएको छ ?
मेरो विचारमा २०१५ को अप्रिलमा नेपालमा गएको भुकम्पले गरिब समुदायका मानिसहरुलाई सबै भन्दा बढि प्रभाव पारेको छ । नेपालको शसस्त्र आन्तरिक द्घन्द्घपछि उनीहरु बाँच्नकै लागि बर्षौदेखि सामाजिक तथा आर्थिक सबै संघर्षहरु गर्दै आएका छन् । उनीहरुकै घर भुकम्पले ध्वस्त भएका कारण समस्या जटिल छ ।

मैले काम गरेका समुदायका मानिसहरुको जायजेथा भुकम्पपछि पुर्ण रुपमा ध्वस्त भएको छ भन्दा फरक पर्दैन् । भुकम्प आउनु भन्दा अघिल्लो बर्ष म नेपाल गएको थिँए । त्यसक्रममा मैले धेरै समय विताएको दोलखाको थामी समुदाय बसोबास गर्ने सुस्पा गाउँ जान पाउँदा अत्यन्तै उत्साहित भएको थिँए । सुस्पा ५ को दामाराम भन्ने गाउँलेको परिवारको जिविका राम्रै चलिरहेको देखेको थिँए । खाना पकाउन उनीहरुले गोवरग्याँस जडान गरिएको थियो ।

उनीहरुको आफ्नै घर थियो । तरकारी तथा गाईवस्तुहरु पनि थिए । आफ्नै चर्पी भएका उनीहरुको जीवन दीर्घकालसम्मकै लागि राम्रो थियो । तर अहिले उनीहरुको यो अवस्था नाजुक भयो । भुकम्पले सबै ध्वस्त बनाइदियो । त्यत्तिको लगानी सबै स्वाहा भयो ।

नेपालमा भुकम्पका कारण नाटकीयरुपमा भएको परिवर्तन र क्षति भएका समुदायको मुख्य समस्या भनेको परिवारका सदस्यहरु संसारभर छरिएर रहनु पनि हो । न्युयोर्कदेखि दुबईलगायतका खाडी मुलुकहरु र छिमेकी भारतमा समेत लाखौं नेपालीहरु छन् । अब उनीहरु सबै एकजुट भएर समुदायकारुपमा अघि आउनु जरुरी छ । परिवारलाई आर्थिक सहयोग पठाउन जारी राख्नुपर्छ ।

आफ्नो कयौं बर्ष गाउँमा विताएको र स्थानीयहरुको सामिप्यताबाट सम्मानित र अनुग्रहित भएको तपाईको देश नेपाललाई माया गर्ने एक पाहुनाको रुपमा म दुईवटा काम गर्न सक्छु । प्रथमतः हाल भुकम्पले ध्वस्त बनाएका आफ्ना घरहरुमा मलाई कयौं बर्ष स्वागतका साथमा बस्न दिएका स्थानीयहरुलाई आर्थिक सहयोग जुटाउन र दोश्रो नेपालका स्थानीय समुदायका भुकम्पपछिका संघर्ष तथा दुःखका कथाहरु अन्तर्राष्ट्रिय मिडिया तथा पत्रकारहरुका सामु पु¥याउन ।

विविसी, सिवीसीलगायतका विदेशी मिडियाहरुलाई प्राय ब्रिटिस, क्यानेडियन तथा अमेरिकन नागरिकहरु नेपालको सगरमाथा चढेको, हिमालमा फसेको, मृत्यु भएको लगायतमा मात्र चासो हुन्छ । आफ्ना नागरिकहरुको बारेमा उनीहरुको चासो पनि स्वभाविक हो तर भुकम्पका कारण प्रभावित भएका लाखौं नेपालीहरुको पीडालाई वेवास्ता गरिन्छ । विदेशीहरु त त्यस्ता जोखिमपुर्ण ठाउँहरुमा आफै गएका होइनन र ? मेरो चासो भने क्षणभरमा नाटकीय रुपमा धुमिल भएको नेपालीहरुका बारेमा रहिरह्यो ।

भुकम्प पछि म नेपाल गएँ । त्यसपछि यस्ता विदेशी मिडियाहरुलाई स्थानीय समाचारहरु संकलन तथा प्रशारण गर्न सहयोग गर्न मैले दोभासेकोरुपमा काम गरें । त्यसक्रममा भाषा मात्रै होईन स्थानीय हरुका आवश्यकता तथा चाहनाहरुलाई पनि समेट्ने प्रयास गरें । यसले बाहिरी विश्व समक्ष उनीहरुलाई पु¥यायो ।

तपाईले यसबारेमा आफ्नो विश्वविद्यालयमा पनि एक कार्यपत्र प्रस्तुत गर्नुभयो, होईन ?
हो, मैले विश्वविद्यालयमा कुरा गरी सम्भावनाहरुको खोजी गरेको थिँए । मलाई अहिले पनि आफुले काम गरेका गाउँहरुमा सहयोगका लागि जाउँ जस्तो लाग्छ । तर म अहिले जानु भनेको भुकम्प पछि अभाव खड्किएका गाउँमा मलाई पनि खाने वस्ने दायित्व थपिएर गरिबहरुका सामु म आफैं भार पर्ने त होईन भन्ने चिन्ता लाग्छ ।

म गएपछि अर्को कोहीलाई त सुत्न नयाँ व्यवस्था गर्नुपर्ने हुन्छ । यसले उनीहरुलाई असुविधा थपिन्छ, म उनीहरुलाई भार हुन्छु । त्यति हुँदाहँुदै पनि उनीहरु निमन्त्रणा गरिहेका छन । सबै ठीक हुँदा साथीहरु आउँछन भने यस्तो विपत्तिको समयमा आउने साथीहरु भने सच्चा साथीहरु हुन ।

नेपालको पछिल्लो अवस्थालाई कसरी हेरिराख्नुभएको छ ?
पछिल्ला दिनहरुमा नेपालको राजनीति मैले सुक्ष्मरुपमा अवलोकन नगरेकाले हाल के भईरहेको छ भन्ने मलाई थाह भएन । तर मलाई नेपाल हाल एक कठिन समयबाट गुज्रिरहेको छ भन्ने राम्ररी थाहा छ । मेरो विचारमा सरकारप्रति जनताको विश्वास हालसम्मकै न्युन विन्दुमा पुगेको छ । दातृ निकाय तथा मुलुकहरुले प्रदान गरेका र जुटाईएका सहयोगहरु सरकारले हस्तान्तरण गर्नेमा मैले काम गरेका समुदायका मानिसहरु पनि विश्वस्त छैनन् ।

आम नेपाली चाहना बमोजिम सरकारले गाउँका समुदायको भनाईलाई पनि प्राथमिकताका साथ सुनोस भन्ने मेरो पनि चाहना हो । उनीहरुको चाहनाका बारेमा पनि सोधियोस । मेरो विचारमा विभिन्न जात, कुलीनको वर्चस्व र सामाजिक संरचनाका कारण नेपालमा विशेषगरी शहरी क्षेत्रका कुलीनहरुलाई ग्रामिण भेगका बासिन्दाका आवश्यकताका बारेमा आफु जानकार रहेको भ्रामिक मानसिकता छ । त्यसरी हुँदैन् । मेरो विचारमा ग्रामीण समुदायलाई नै सोध्नुपर्ने हुन्छ । एक ठाउँमा पानीको अवाश्यकता हुनसक्छ ।

अर्को ठाउँमा घर बनाउनु पर्ने हुन सक्छ । एउटा समुदायको विद्यालय भत्किएमा अर्कोको केही नभएकाले सामुदायिक भवनको आवश्कता हुनसक्छ । स्थानीय अवस्था र परिस्थिति यथार्थमै धेरै भिन्न छन् । नेपालमा सच्चा प्रजातन्त्रको र समावेशी समाजको सुनिश्चित गर्न स्थानीय समुदाय र स्थानीय निकायका आवाजहरुलाई अधिक महत्वका साथ ध्यान दिएर सुन्न जरुरी छ । आवश्यकता अनुसार आर्थिक सहायता पनि महत्वपुर्ण छ तर स्थानीयको सशक्तिकरणका साथै आपसी विश्वासको वातावरण सिर्जना गरिनुपर्छ । हाल यस्तो विश्वास अत्यन्तै न्युन छ भन्ने मलाई लाग्छ ।

साभार : http://nepalibulletin.com/ र http://esamata.com/

Posted by on Oct 18 2016. Filed under Breaking News, Slide News, अन्तरवार्ता, पत्रपत्रिकाबाट, फोटो. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

13 Comments for “नेपाल ऐतिहासिक रुपमै बहुभाषिक मुलुक हो : मार्क टुरिन”

  1. “Wow, great article post. Will read on…”

  2. Enjoyed every bit of your blog article. Will read on…

  3. Major thankies for the post.Much thanks again. Awesome.

  4. Muchos Gracias for your post.Thanks Again. Great.

  5. Thanks again for the post.Really thank you! Will read on…

  6. Im grateful for the blog post.Really thank you! Great.

  7. Fantastic article. Keep writing.

  8. Fantastic article.Thanks Again. Will read on…

  9. Thanks-a-mundo for the blog article.Thanks Again. Much obliged.

  10. Now you tell me she’s not a knock-out!

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com