थरुहट थारुवान संयुक्त संघर्ष समितिद्वारा आन्दोलन घोषणा

tharuhat-1

फाइल तस्वीर

मंसिर १७, २०७३- पटक पटक आन्दोलनको घोषणा गर्दै पछि हट्दै आएको थरुहट थारुवान संयुक्त संघर्ष समितिले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकको विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको छ ।
‘मंसिर २२ गतेदेखि औपचारिक रुपमा आन्दोलन शुरु हुन्छ’ संघर्ष समितिका संयोजक कृष्णकुमार चौधरीले भने ‘सरकारले पटक पटक थारुहरुका माग बेवास्ता गरेका कारण प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न आएकै दिन मंसिर २२ गतेबाट आन्दोलन शुरु हुन्छ ।’

आन्दोलन शुरु हुनुअघि ३ दिन संघर्ष समितिले क्षेत्रीय भेला र प्रशिक्षणको कार्यक्रम समेत तय गरेको संयोजक चौधरीले जानकारी दिए । राज्यले युगौंदेखि दमनमा रहेका थारुका मुद्दा सम्बोधन गर्न नमानिरहेका कारण पनि यो आन्दोलन निर्णायक हुने उनले बताए  ।

tharuhat

फाइल तस्वीर

धनगढीमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रादेशिक संघर्ष समितिका संयोजक होरीलाल चौधरीले थरुहट आन्दोलनको रणभूमि कैलाली र कञ्चनपुरका समस्यालाई नजरअन्दाज गरी सरकारले एकतर्फी रुपमा ल्याएको विधेयक र एमालेले विरोधको नाटक गरिरहेको बताए । उनले भने, ‘सत्ताधारी पार्टी र प्रतिपक्षी एमाले दुबैले देशमा नयाँ खाले द्वन्द्व निम्त्याउने प्रयास गरिरहेका छन् ’। पत्रकार सम्मेलनमा रानाथारु संयुक्त संघर्ष समितिकी संयोजक पूर्वसभासद् मानमति रानाले राना थारुहरुका मागप्रति सरकारले ध्यान नदिएको भन्दै आन्दोलनको स्वरुप बृहत् हुने जानकारी गराइन् ।

पत्रकार सम्मेलनमा सरकारले द्वन्द्व निम्त्याउने उद्देश्यले संविधान संशोधन र संघीय आयोग बनाउने घोषणा गरेको आरोप थारु नेताहरुले लगाएका छन् । विगतमा भएको सम्झौताको पालना गर्दै प्रदेश सिमांकन गर्नुपर्ने उनीहरुले माग गरेका छन् । थारु नेताहरुले विगतमा टीकापुर काण्डमा थुनिएका र मुद्दा लागेका सबै आन्दोलनकारीको नि:शर्त रिहाइ र मुद्दा फिर्ताको समेत माग गरेका छन् ।

संयुक्त संघर्ष समितिका महासचिव माधव चौधरीले कैलाली कञ्चनपुरका बहुसंख्यक जनताका मागप्रति बेवास्ता भइरहेकाले विधेयकको विरोधसँगै थारुवान राज्य कायम गर्न आन्दोलनलाई प्रभावकारी बनाउने बताए ।

Cadres of Tharuhat taking out a rally, in Duhabi, Sunsari, on Tuesday. Photo: THT

फाइल तस्वीर

Posted by on Dec 2 2016. Filed under Breaking News, पत्रपत्रिकाबाट, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “थरुहट थारुवान संयुक्त संघर्ष समितिद्वारा आन्दोलन घोषणा”

  1. oHLGxd Major thanks for the blog.Really thank you! Awesome.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com