स्थानीय तहको निर्वाचन तयारी गर्न सरकारको औपचारिक आग्रह

काठमाडौं, ३ माघ- सरकारले स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी थाल्न निर्वाचन आयोगलाई लिखित आग्रह गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को  बिहिबारको बैठकले निर्वाचनसम्बन्धी आवश्यक कानुन बनिसकेका सन्दर्भमा स्थानीय निर्वाचनको तयारी गर्न आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो । कानुनी व्यवस्थानुसार निर्वाचनको मिति तोक्ने अधिकार सरकारको हो । मिति घोषणाअघि सरकारले आयोगको परामर्श लिन सक्नेछ ।

नयाँ संविधानानुसार स्थानीय तह वा पुरानो संरचनाको स्थानीय निकायको निर्वाचन भन्नेबारे भने स्पष्ट भइसकेको छैन । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० ले चाँडो स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेका बेला सरकारले त्यसको तयारी सुरु गरेको हो ।

संविधान संशोधनको माग गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने प्रदेशको सीमाङ्कन संशोधनपछि मात्र निर्वाचनमा जान दबाब दिइरहेको छ । संविधानतः आगामी २०७४ माघ ७ गतेभित्र केन्द्र, प्रदेश र स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता छ । निर्वाचन आयोगले यही माघ १५ गतेभित्र मिति तय भएमा मात्र आगामी वैशाखभित्र स्थानीय निर्वाचन गर्न सकिने जनाउँदै आएको छ ।

  • पुनःसंरचनासम्बन्धी प्रतिवेदन हेरफेर हुने

सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले स्थानीय तह पुनःसंरचना आयोगलाई सराकारले दिएको मापदण्ड र उसको प्रतिवेदनमाथि प्राप्त गुनासा (मुख्य गरी प्रदेश नं २) का सम्बन्धमा अध्ययन गरी दुई साताभित्र सुझाव दिन मन्त्रिस्तरीय कार्यदल गठन गरिएको जानकारी दिए ।

कार्यदलको संयोजकमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र सदस्यमा आपूर्तिमन्त्री दीपक बोहरा र उद्योगमन्त्री नवीन्द्रराज जोशी छन् । “स्थानीय तह या निकाय’ को निर्वाचन भन्ने प्रश्नमा सूचना तथा सञ्चारमन्त्री कार्कीले प्रतिवेदन आएपछि स्पष्ट हुने जनाए ।

सो कार्यदलको प्रतिवेदनपछि मात्र निर्वाचनको मिति तोकिने मन्त्री कार्कीले बताए । पूर्वसचिव बालानन्द पौडेल अध्यक्ष रहेको पुनःसंरचना आयोगले गत पुस २२ गते सरकारलाई कुल ७१९ स्थानीय तहसहितको प्रतिवेदन पेस गरेको थियो । संविधानबमोजिम गठित सो आयोगको प्रतिवेदन परिमार्जन गर्न सकिने या नसकिने भन्ने बहस पनि चलिरहेको छ ।

  • सचिवमा बढुवा

मन्त्रिपरिषद्ले शिशिर ढुङ्गानालाई सचिव र यामकुमारी खतिवडालाई कामु सचिवमा बढुवा गर्नाका साथै चीनको ग्वान्जाओमा रिक्त महावाणिज्यदूतमा नेपाल प्रशासनिक सेवाका सहसचिव रवि भट्टराईलाई नियुक्त गर्ने तथा पुँजीगत खर्च बढाउन अध्ययन कार्यदल गठन गर्ने र तनहुँको वालिङ खरेपानी क्षेत्रस्थित आठ सामुदायिक वनमा प्राणी उद्यान (चिडियाखाना) निर्माण गर्ने निर्णय पनि गरेको छ ।

http://www.news24nepal.tv/ बाट

Posted by on Feb 2 2017. Filed under Breaking News, पत्रपत्रिकाबाट, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

3 Comments for “स्थानीय तहको निर्वाचन तयारी गर्न सरकारको औपचारिक आग्रह”

  1. Attractive section of content. I simply stumbled upon your site and in accession capital to assert that I
    get actually enjoyed account your blog posts. Any way I’ll be subscribing for your feeds
    and even I achievement you get right of entry to constantly rapidly.

    Feel free to surf to my website: fashion outfit show

  2. Just about all emotions and idealogy aside, I think it28;&17#s the potential to be one of your greater works, may you keep producing this kind of quality in your long term writing. Thanks so much.

  3. xUeDUi Major thankies for the article post.Thanks Again. Want more.

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com