तामाङ घेदुङको ६१ औं स्थापना दिवसमा तामाङ आन्दोलनबारे अन्तरक्रिया


तामाङहरू राजनीतिक अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुको विकल्प छैन – अध्यक्ष गोले

काठमाडौं, १ फागुन ।
नेपाल तामाङ घेदुङको ६१ औं स्थापना दिवसको अवसरमा ‘घेदुङको ६ दशक र तामाङ आन्दोलन’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
गत शुक्रबार काठमाडौंको कमलादीमा रहेको नेपाल प्रज्ञा भवनमा आयोजित कार्यक्रम घेदुङका पूर्व अध्यक्षद्वय धनप्रसाद तामाङ र कुमार योञ्जनले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा सल्लाहकारहरू दक्षिण कोरियाका लागि पूर्व राजदुत कमानसिहं लामाले तामाङ घेदुङले अबका दिनमा राजनीतिक मोर्चा निर्माण गरेर अघि बढ्नु पर्ने सुझाब दिए । उनले राजनीतिक चेतनाले मात्र आफ्नो जातीय हक पाउने भएकोले एकल जातीय राज्यविरुद्ध बहुजातीय राज्यको परिकल्पना गरेका तामाङहरू एकताबद्ध रुपमा अघि बढ्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गरे ।
अधिवक्ता कुन्साङ योञ्जन, प्रदीप बमजन, अन्तर्राष्ट्रिय तामाङ परिषद्का सविच एवं घेदुङका पूर्व सचिव प्रतीक ङेसुर, सोमबहादुर घले तामाङ, तामसालिङ संघर्ष समितिका संयोजक जयप्रसाद गोले, सल्लाहकार तथा पूर्व राज्यमन्त्री माओवादी केन्द्रका नेता सुर्यमान दोङ, नेपाली कांग्रेस तामाङ संघका अध्यक्ष केबलबहादुर तामाङ, अखिल भारतीय बौद्ध तामाङ संघ, कलकत्ताका प्रमुख एनपी घिसिङलगायतले तामाङ घेदुङका सफलता र कमी कमजोरीबारे औंल्याएका थिए ।


कार्यक्रको अन्त्यमा घेदुङका अध्यक्ष मोहन गोलेले ६१ वर्षमा घेदुङ संस्कार, पर्व, भेषभुषा स्थापित गर्न सफल भएको उल्लेख गर्दै अबका दिनमा राजनीतिक मुद्दालाई मुख्य मुद्दा बनाउने योजना सुनाए । अध्यक्ष गोलेले भने, ‘हामीले घेदुङ स्थापना भएको ६१ वर्ष आफ्नो पर्व र पहिरन स्थापना गर्न सक्यौं, अब यही आन्दोलनबाट पाठ सिक्दै राजनीतिक अधिकार प्राप्तिका लागि आन्दोलनमा उठ्नुपर्छ ।’ राज्यको दमनबाट माथि उठ्न आन्दोलन अपरिहार्य भएको र यसका लागि काठमाडौं वरपरका तामाङ जागरुक हुनुपर्ने उनको भनाई थियो । घेदुङको स्थापना २०१३ सालमा भएको थियो ।
घेदुङका महासचिव बाबु घिसिङद्वारा सञ्चालित कार्यक्रममा ल्होछारको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी खेलाडीलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

Posted by on Feb 12 2017. Filed under समाज/संस्कृति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com