सरकारले रहरका लागि घोषणा गरेको चुनाव हुनै सक्दैन–उपेन्द्र यादव

बिर्तामोड, १५ फागुन । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले चुनाव घोषणाको रहर पूरा गर्न मात्रै तोकेको स्थानीय तहको निर्वाचन हुनै नसक्ने टिप्पणी गरेका छन् ।
आइतबार झापाको बिर्तामोडमा संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले प्राविधिक रूपमै असम्भव चुनाव घोषणा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रहर मात्रै पूरा गरेको टिप्पणी गरे ।
संघीय गठबन्धनको संयोजक समेत रहेका यादवले भने,– ‘संघीय संसद्, प्रदेश संसद्को निर्वाचन सम्पन्न गरेर मात्रै स्थानीय तहको निर्वाचन सम्भव छ । संरचना नै नबनेको स्थानीय तहको निर्वाचन बकवास हो ।’
मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले अब प्रचण्ड सरकार केही दिनमै ढल्ने भन्दै यादवले भने,– ‘हामीले मधेसी मोर्चाका तर्फबाट सरकारलाई दिइएको समर्थान फिर्ता लिइसक्यौं, अब प्रकृया अघि बढाउँछौ ।’
चुनावमा हार हुने डरले चुनाव बहिस्कार गर्न लागेको हो ? भन्ने पत्रकारहरूको जिज्ञासामा यादवले भने,– ‘चुनावमा हार जीत हुन्छ । जित्नेले जनभावनाको सम्मन गरेर सत्ता चलाउने हो । तर, अहिले घोषणा गरिएको चुनावको औचित्य नै छैन । त्यसैले औचित्यहीन चुनावबारे धेरै नबोलौं ।’
यादवले प्रदेश सरकार बनेपछि उसैले आफ्नो जिम्मेवारीअनुसार स्थानीय तहको संरचना निर्माण गरेर चुनाव गराउने जिकिर गरे । उनले संविधान संशोधनका माध्यमबाट संविधानका त्रुटि सच्याउन सरकार इमानदार नभएको आरोप समेत लगाए ।
राज्यको सबै भन्दा जिम्मेवार र संवेदनशील अङ्ग न्यायपालिकामा राजनीतिक व्यक्तित्वहरूलाई न्यायाधीश नियुक्ति गर्ने, कुटनीतिक नियोगका लागि अयोग्य व्यक्तिहरूलाई राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिस गरेको लगायतका गतिविधिले वर्तमान सरकार आफैले सत्तामा बसिरहने नैतिकता गुमाएको यादवको आरोप थियो ।
पत्रकार सम्मेलनमा यादवसहित ससफो नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङ, लिम्बुवान प्रदेश समितिका अध्यक्ष आरसी तुम्बा, उपाध्यक्षहरू देवेन्द्र राई र विश्वदीप लिङ्देनलगायत सहभागी थिए । संघीय प्रेस फोरम झापाका अध्यक्ष देशराज नेम्बाङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संगठनका उपमहासचिव कमन देवानले सहजीकरण गरेका थिए ।

Posted by on Feb 26 2017. Filed under Breaking News, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

2 Comments for “सरकारले रहरका लागि घोषणा गरेको चुनाव हुनै सक्दैन–उपेन्द्र यादव”

  1. I need to to thank you for this good read!! I definitely enjoyed every little bit of it. I have you saved as a favorite to check out new things you post…

  2. CEm5pS You should really control the comments on this site

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com