मधेसमा बन्दको निर्णयसँगै मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता र सप्तरीमा ४ जनाको मृत्यु

२३ फागुन, काठमाडौं । मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । साथै उसले आन्दोलन घोषणा गरेको छ । सप्तरी घटनाको विरोधमा भोलि र पर्सि मधेसमा बन्द अर्ने निर्णय समेत गरेको छ ।

सप्तरीमा सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु हुनेहरुको संख्या चार पुगेको छ । नेकपा एमालेको मेची–महाकाली अभियानको विरुद्धमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ता र सुरक्षाकर्मीबीच सोमबार दिनभर झडप भएको थियो ।

झडपको क्रममा मलेठ गाविस ४का करिब २२ बर्षिया संजन मेहताको सुरक्षाकर्मीको गोली लागी घटनास्थमै मृत्यु भएको थियो । यस्तै डिमनका दिगम्बर झा र मलेठ ४ का पिताम्बर मण्डल र प्रसवनीका आनन्दप्रसाद साहको उपचारको क्रममा मृत्यु भएको छ ।

गोली लागेर गम्भीर घाइते भएका झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । मण्डलको भने धरान र्पुयाए लगतै निधन भएको बताइएको छ ।

राजविराजमा गर्ने भनिएको सभास्थल परिवर्तन गरेर औद्योगिक क्षेत्रमा गरिएको आमसभा बिथोल्न ठूलो संख्यामा मोर्चा कार्यकर्ता पुगेपछि प्रहरीले गोली चलाएको हो ।

मोर्चाले भने प्रहरीको हुलमा मिसिएका एमाले कार्यकर्ताले ढुंगामुढा गरेको आरोप लगाएको छ । सगरमाथा अञ्चल अस्पतालका अनुसार झडपमा दर्जनौं घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते ११ जनालाई उपचारका लागि विराटनगर र धरान पठाइएको छ ।

सप्तरीको राजविराजमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर ४ जनाको मृत्यु भएलगतै मधेसी मोर्चाको आकस्मिक बैठक बसेको थियो ।

सोमबार साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको आकमिस्क बैठकले घटनामा एमाले नै जिम्मेवार भएको ठहर गरेको छ ।

मधेसी मोर्चाले भनेको छ, एमाले केही शीर्ष नेताहरुको मधेस र मधेसीविरुद्ध विषबमन गर्ने व्यवहार, मधेसी समुदायलाई अपमानित गर्ने, होच्याउने र घोचपेच गनेृ खालका गैरजिम्मेवार, भड्काउपूर्ण एवं उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व हुने भन्ने ठहर छ ।’ बैठकमा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने सहमति भएको छ र, भोलि संसद सचिवालयमा लिखित रुपमा नै जानकारी गराउने नेताहरुले बताएका छन् ।
यसका लागि मंगलबार बजे मोर्चाको बैठक राखिएको छ । मधेसी मोर्चाको बैठकले सप्तरीमा प्रहरी दमन भएको भन्दै भत्र्सना गरेको छ । र, दोषीलाई कारबाही गर्न र घाइतेहरुको उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

Posted by on Mar 6 2017. Filed under Breaking News, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “मधेसमा बन्दको निर्णयसँगै मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता र सप्तरीमा ४ जनाको मृत्यु”

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com