कसरी कोरियो र कोरिदैंछ विभाजनको रेखा ?


शंकर लिम्बु

(१) जुन दिन पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान भने, त्यही दिनदेखि हिन्दु र बौद्ध, मुस्लिम, किरात, क्रिश्चियत धर्महरूको बीच विभाजनको रेखा कोरियो
(२) जुन दिन किर्तिपुरका नेवारहरूको नाक, कान काटियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(३) मुलुकी ऐनले जुन दिन तागाधारी र मतवाली (मासिने र नमासिने÷कमारा कमारी बनाउन मिल्ने र नमिल्ने), तागाधारी (खस आर्य कमारा कमारीको मालिक र मासिने मतवाली कमारा कमारी) र शुद्ध जाति (तागाधारी) अछुत (दलित) बनाइयो त्यही दिनबाट समाज विभाजित भयो
(४) जुन दिन भूमि सम्बन्धी ऐन ल्याएर लिम्बु तथा अन्य आदिवासीको जमिन खोसेर सत्ताधारी जातिले खाए र आदिवासीहरू भोकभोकै मर्ने अवस्थामा पुगे त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(५) जुन दिन आदिवासीको थातथलो, खोलानाला, संस्कृति र आस्था र पहिचानका नाम मेट्दै शासकहरूको सांस्कृतिक र पहिचान जनाउने नाम राख्न थालियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(ट) जुन दिन आफ्ना भाषा बोल्न हजारौं जनजातिहरूलाई अपराधी भनी कारबाही गरी भारत निर्वासित गरियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(७) जुन दिन कुटीकुटी कलिला मातृभाषी नानीहरूलाई स्कुलमा ‘य’ माने यज्ञ ‘क्ष’ माने क्षत्री भनी घोकाइयो र नसक्दा फेल पारियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(८) जुन दिन संविधानले एक जाति, एक देश, एक भाषा एक भेष भन्यो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(९) जुन दिन गाई खाने समूदायलाई अपराधी बनाउदै सर्वस्वहरण र अहिले १२ बर्ष जेल ठोकियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१०) जुन दिन आदिवासी जनजातिलाई सखाप पार्न पहिलो र दोस्रो विश्वयुद्धमा छात्ती नाप्दै अर्काका लागि मर्न र मार्न पठाइयो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(११) जुन दिन सुर्खेतको काँक्रे विहारमा बुद्धको मुर्तिलाई स्थापना गर्न नदिई शान्तिवादी भिक्षुहरूलाई लाठी लाएर भगवान बुद्धको मुर्ति खोसी सिडिओ कार्यलयको ट्वाइलेटमा फालियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(११) जुन दिन सरकार, सत्ताधारी पार्टी र प्राधिकरणको टेबुलमा बसेर खेइहरूले मनोमानी तरिकाले नक्सा कोर्दै काठमाडौंका नेवाःहरूको घर भत्काउँदै आफ्ना घरमा जाने बाटो बनाए, चिल्ला गाडी गुड्ने सडक बनाए त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१२) जुन दिन पहिचानको मुद्दाको कुरा गर्दा जालझेल गरी राज्य बिरुद्धको अपराधमा बर्षौं जेलमा कोचियो त्यहिबाट विभाजनको रेखा कोरियो
(१३) जुन दिन शहिदको छोराछोरीको छात्रबृत्ति खोसेर नेताले आफ्ना छोराछोरी विदेश पढ्न पठाए त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१४) जुन दिन आदिवासीले जोगाएर राखेको वन जंगल खोसेर राष्ट्रिय निकुञ्ज बनाउँदै सेना लगाएर निकुञ्ज क्षेत्रका जनताको घर गोठ डढाएर लखेटे त्यही दिनबाट विभाजनको रेखा कोरियो
(१५) जुन दिन थारुहरूको भूमि सित्तैमा खोसियो र त्यतिले पनि नपुगेर उसैलाई कमैया बनाइयो । बराबरको अधिकार माग्दा टिकापुर घट्ना घटाई जेलनेल ठोकियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१६) जुन दिन आदिवासीको भूमिमा रहेको खोला काठमाडौंमा बसेर आफ्ना नाममा दर्ता गरी विदेशीलाई बेचियो र विद्युत निकाल्ने नाममा आदिवासी र स्थानीयलाई विना व्यवस्था विस्थापन गरी विचल्ली बनाइयो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१७) जुन दिन आदिवासी जनजाति, मधेशी, दलित, मुश्लीमले कहिल्यै चुनाव नजित्ने काननू र संरचना बनाइयो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१८) जुन दिन खस आर्य परिभाषासहित संवैधानिक जाती भए र खस आर्यलाई ७५ प्रतिशत (प्रत्यक्ष वा अप्रत्यक्ष) आरक्षण सुरक्षित गरे । सोही संविधानमा आदिवासी, मधेशी, मुश्लिम, दलितको परिभाषा गरिएन त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१९) जुन दिन पहिलो संविधानसभा र अन्तरिम संविधान विपरित स्वायत्त र स्वशासन खारेज गरी केन्द्रीकृत राज्य बनाइयो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(२०) जुन दिन नेवाःको भूमि सित्तैमा खोसेर सिंहदरबार, नारायण हिटी, टुँडिखेल, विश्वविद्यालय बनाइयो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(२१) जुन दिन रामप्रसाद राई, रत्न कुमार बान्तावाहरूलाई झुक्काएर मारियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(२२) जुन दिनदेखि ३ प्रतिशतको थ्रेस होल्ड लगाइयो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(२३) जुन दिन मधेशीलाई विहारी, आदिवासीलाई विखण्डनकारी भन्दै रगतको होली खेलियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो ।

(लिम्बु, अधिवक्ता तथा आदिवासी जनजाति अभियन्ता हुन् । )
लिम्बुको फेसबुकबाट ।

Posted by on Mar 8 2017. Filed under Breaking News, दृष्टिकोण. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

7 Comments for “कसरी कोरियो र कोरिदैंछ विभाजनको रेखा ?”

  1. this site can help me personally to find good quality suggestions!

  2. Can women take should buy viagra online for men, viagra bad side effects .

  3. How to know if viagra lowest price is for you,When can i take viagra after stopping cialis.

  4. Have any question or inquire for vegetal take viagra while drinking?

  5. I got what you intend, thankyou for putting up.Woh I am glad to find this website through google. It is a very hard undertaking to seek to please everybody. by Publilius Syrus.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com