सप्तरी घटना तीन दल र सुरक्षा निकायको योजनामा भएको उपेन्द्रको आरोप

भक्तपुर २५, फागुन । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दल र सुरक्षा निकायले योजनाबद्व ढंगले सप्तरी घटना गराएको गम्भीर आरोप लगाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र सुरक्षा निकायले नियोजित रुपमा सप्तरी घटना गराएको यादवले आरोप लगाएका हुन् ।
बुधबार रफत सञ्चार क्लबसँगको साक्षात्कारमा अध्यक्ष यादवले प्रधानमन्त्री, गृह मन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको भन्दै लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र त्यसको विरोध अरुले पनि गर्न पाउने भए पनि मधेशी मोर्चाका कार्यकर्तालाई छानी–छानी टाउकोमा गोली हान्नु योजनाबद्व रहेको दाबी गरे ।
संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले भने, ‘सप्तरी घटनामा टाउको र छातीमा मधेशी मोर्चाका कार्यकर्तालाई गोली लाग्नु र प्रहरी तथा एमालेका एक जना पनि कार्यकर्ता घाइते नहुनुले घटना सुनियोजित भएको पुष्टि हुन्छ ।’
एमालेले आफ्ना शीर्ष नेताको हप्ता प्रयास भएको भन्ने प्रचार भ्रामक र घटनालाई अन्तै मोड्ने प्रयास भएको बताउँदै सुनियोजित रुपमा घटाइएको घटनाको जति निन्दा र विरोध गरे पनि कम हुने नेता यादवले बताए ।
प्रधानमन्त्रीसँगको भेटमा मोर्चाको मागको सुनवाई नगर्ने भन्ने खालको उत्तर आएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अडान लिएको उनले बताए ।
स्थानीय तहको निर्वाचन नहुने बताउँदै उनले संविधान निर्माणमा भएको त्रुटी नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने समेत बताए । स्थानीय संरचनाको टुंगो नलगाई स्थानीय तहको निर्वाचन घोषणा गर्नुले निर्वाचन नगर्ने षड्यन्त्र भएको दाबी गरे ।
उनले भने,– ‘निर्वाचन गर्ने भनिएता पनि यो भ्रामाक रहेको भन्दै केन्द्र र प्रदेशको निर्वाचन पश्चात् मात्र स्थानीय तहको निर्वाचन हुन्छ । तोकेको समयमा निर्वाचन गर्न नसक्ने र मधेश बिना नै निर्वाचन गछौंं भन्नु गैरजिम्मेवारपन हो ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको क्रममा संविधान संशोधनको प्रतिबद्धता जनाएका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि प्रतिबद्वता पूरा नगरेर अन्तर्राष्ट्रिय छवी गुमाएको समेत टिप्पणी गरे । ‘राजदूत नियुक्ति, प्रहरी महानिरीक्षक चयनजस्ता धेरै विषयमा सरकार चुकेको छ । सरकार तस्कर, भूमाफियाको चंगुलमा फसेकाले संविधान कार्यान्वयनमा भन्दा तस्कर धन्दामा लागेको छ ।’ नेता यादवले भने ।

Posted by on Mar 8 2017. Filed under मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

3 Comments for “सप्तरी घटना तीन दल र सुरक्षा निकायको योजनामा भएको उपेन्द्रको आरोप”

  1. this is a very useful web site!

  2. A21EPi Really enjoyed this blog article.Much thanks again.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com