सरकारले मधेसी जनताविरुद्ध युद्ध घोषणा गर्‍यो, जवाफ दिन्छौं : उपेन्द्र यादव

राजविराज, फाल्गुन २९, २०७३- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको मलेठमा मधेसी जनतामाथि गोली प्रहार गरेर सरकारले मधेसी जनताविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् । उनले आफूविरुद्ध भएको युद्धको घोषणाको जवाफ मधेसी जनता दिन तयार रहेको बताए ।

सप्तरी घटनामा मारिएका पाँचजनाको शव यात्रामा सहभागी हुन शनिबार राजविराज आएका यादवले आइतबार बिहान संघीय प्रेस फोरम, नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा संघीय गठबन्धन र मधेसी मोर्चाले अब राष्ट्रिय चरित्रको आन्दोलन गर्ने चेतावनी दिए । उनले भने, ‘राजनैतिक शिष्टाचार अनुरुप एक हप्ताको समय दिएका हौं, त्यो अवधीमा माग पूरा नभए राष्ट्रिय रुपमै आन्दोलनको घोषणा हुन्छ, जसको संकेत २७ फागुनको बन्दले देखाइसकेको छ ।’ सप्तरी घटना मधेसप्रतिको नीति र चरित्रमा सरकार र एमालेको शासकवादी तथा नश्लीय चरित्रलाई उदांगो पारेको आरोप लगाउँदै यादवले भेदभाव र असमानता रहुञ्जेल संघर्ष जारी रहने बताए । उनले भने,‘काले भारतीय, विदेशी र माखे लगायतका अपमानित गर्ने शब्द प्रयोग गरी एमालेले विगतमा मधेशी जनतालाई आक्रोशित बनाए जसको परिणामस्वरुप एमालेको विरुद्धमा मधेसमा जनमत बनेको हो ।’

एमाले नेताहरुको सामूहिक हत्या गर्ने आरोपको खण्डन गर्दे अध्यक्ष यादवले भने,‘एमालेसित मुठभेड भएको होइन्, एमालेको उक्साहटमा सरकारले गोली चलाएर पाँचजनाको नरसंहार गरेका हुन् ।’ ‘मधेसीलाई हेर्नेवित्तिकै अनुहारकै कारण प्रहरी प्रशासनलाई एर्लजी हुने गरेको छ’ यादवले भने ‘जुन नश्लवादी चिन्तनको उपज हो ।’ एमालेको अभियानले राष्ट्रिय एकता तोडने र देश विखण्डनको विजारोपण गर्ने यादवले आरोप लगाए ।

कञ्चनपुरमा एसएसबीको गोली लागि नेपालीको मृत्यु भएको सन्दर्भमा फोरम अध्यक्ष यादवले घुमाउरो पारामा जवाफ दिए । उनले भने, ‘कञ्चनपुर घटनाका बारेमा सरकारले छानबिन गरी जवाफ दिनुपर्छ, भारत सरकारले आफ्नो तर्फवाट गोली नचलाइएको बताइरहेकाले स्पष्ट के हो सरकारले जवाफ दिनुपर्छ ।’ उनले एकातिर नेपाली जनतालाई गोली ठाकेर मार्ने अर्कोतिर कञ्चनपुरमा नेपाली जनतालाई सुरक्षा गर्न नसक्ने सरकार असक्षम भएको आरोप लगाए ।

आफूहरु निर्वाचनविरोधी नभएको बताउँदै यादवले भने, ‘संविधान संशोधन, प्रादेशिक संरचना र स्थानीय तह पुनर्संरचनाको विवाद नमिलेसम्म निर्वाचन हुन सक्दैन, हुन दिँदैनौ ।’ मुलुक संघीयतामा गइसकेपछि केन्द्रलाई स्थानीय तहको निर्वाचन गर्ने कुनै अधिकार नभएको बताउँदै यादवले प्रदेश तहलाई स्थानीय तह पुनर्संरचना र निर्वाचन गर्ने अधिकार रहेको दाबी गरे ।

http://kantipur.ekantipur.com/ का अवधेशकुमार झाको सहयोगमा  ।

Posted by on Mar 12 2017. Filed under Breaking News, पत्रपत्रिकाबाट, मुख्य खबर, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

2 Comments for “सरकारले मधेसी जनताविरुद्ध युद्ध घोषणा गर्‍यो, जवाफ दिन्छौं : उपेन्द्र यादव”

  1. It’s actually very complex in this busy life to listen news on TV,
    so I simply use web for that reason, and get the latest news.

    Maglia Fiorentina Bambino

  2. I simply want to mention I am just new to blogging and absolutely liked your website. Almost certainly I’m likely to bookmark your blog post . You absolutely have really good articles and reviews. Many thanks for sharing with us your webpage.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com