संघीय गठबन्धनले गर्यो आन्दोलनको घोषणा

काठमाडौं, ३ चैत ।  संघीय गठबन्धनको केन्द्रीय आन्दोलन सार्वजानिक भएको छ । उपेन्द्र यादवको नेतृतवमा बिहिबार बसेको बैठकले आन्दोलनका कार्यक्रमहरु सार्वजानिक गरेको हो । आजको बैठकले विभिन्न शहरहरूमा जनप्रदर्शन र विरोध सभाहरू लगायतका कार्यक्रम तय भएको छ ।
१. आन्दोलनका कार्यक्रमहरु
 चैत ३ गते संसदमा प्रतिनिधित्व गर्ने संघीय गठबन्धनसँग आबद्व दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता ।
 चैत ४ गतेदेखि जनअवज्ञा तथा असहयोग आन्दोलन ।
 चैत १२ गते स्थानीय तहको निर्वाचन प्रादेशिक क्षेत्राधिकारभित्र किन ? भन्ने शीर्षकमा जिल्ला सदरमुकाम र प्रमुख बजारहरूमा      सार्वजनिक सुनुवाई ।
 चैत १३ गते देशव्यापी सबै जिल्ला सदरमुकामहरूमा श्रद्धाञ्जली सभा । काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन ।
 चैत १४ जिल्ला सदरमुकामहरूमा विशेष संरचना (स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र) बिनाको स्थानीय तहको प्रतिवेदन जलाउने ।

२. विभिन्न शहरहरूमा जनप्रदर्शन र विरोध सभाहरू ः
 चैत १५ गते धनगढी, कैलाली, आयोजक – थरूहट तराई पार्टी र थरूहट संयुक्त संघर्ष समिति
 चैत १६ गते कैलालीको अत्तरिया, आयोजक – खसान राष्ट्रिय संघर्ष समिति र थरूहट संयुक्त संघर्ष समिति ।
 चैत १७ गते पोखरा, आयोजक – तमुवान संघर्ष समिति ।
 चैत १८ गते उदयपुर, आयोजक – किरात संघर्ष समिति ।
 चैत १९ गते दमक, आयोजक– संघीय लिम्बुवान राष्ट्रिय मञ्च र लिम्बुवान संयुक्त संघर्ष समिति
 चैत २० गते हेटौडा, आयोजक – तामाङसालिङ संघर्ष समिति, आ.ज.पा, नेपाल
 चैत २१ काठमाडौं, आयोजक – नेवा स्वायत्त राज्य संयुक्त संघर्ष समिति, नेपाः राष्ट्रिय पार्टी र ताम्सालिङ संयुक्त संघर्ष समिति । 

Posted by on Mar 16 2017. Filed under Breaking News, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com