एमालेले मेची-महाकाली अभियानलाई भारतीय दूतावासबाट ३ करोड ७७ लाख लिएको खुलासा

काठमाडाैँ, ३ चैत । मेची-महाकाली अभियानको दाैडमा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले छिमेकी राष्ट्र भारतको नेपालस्थित दूतावासबाट मोटो रकम लिएको खुलासा भएको छ ।

२१ फागुनबाट झापादेखि मेची महाकाली अभियानमा निस्केका एमालेका नेता कार्यकर्ता यतिबेला ७ नम्बर प्रदेश प्रवेश गरिसकेको छ । एमाले नेताहरु अभियानको दाैडमा रहेकै बेला भारतीय दूतावासस्थित एक विशेष सुत्रले एमालेले भारतबाट ३ करोड ७७ लाख रुपिँया लिएको खुलासा भएको हो । ‘भारतबाट दिएको त्यति पैसाले एमालेको अभियानलार्इ त पुग्दैन तर भारतको तर्फबाट ३ करोड ७७ लाख रुपियाँ सहयोग गरेका छाैँ’ नाम नछाप्ने शर्तमा ती स्रोतले उज्यालो नेपालसँग बतायो ।

‘यसरी मिलाएको थियो सेटिङ’

एमाले अध्यक्ष केपी शर्मा अोली प्रधानमन्त्री हुँदा एकाएक भारतविरोधी नेताको रुपमा चिनिए । त्यसअघि भारतको सबैभन्दा नजिकका नेता उनी नै थिए भने भारतबाट उपचारलगायतका अन्य विषयमा सबैभन्दा बढी सहयोग लिने नेता पनि अोली नै हुन् ।

भारतले नेपालमा नयाँ संविधान जारी भएपछि नाकाबन्दी गरेपछि अोली भारतविरुद्धमा उत्रिएका थिए । त्यसपछि राष्ट्रियताको नारामा राष्ट्रवादी नेता बनेका अोलीले नै मेची-काली अभियानको लागि भारतबाट सहयोग जुटाएको खुलेको छ ।

२१ माघमा एमाले अध्यक्ष अोलीले नेपालका लागि तत्काली भारतीय राजदूत रञ्जित रायसँग सहयोग मागेका थिए । राजधानीबाहिरको एक जिल्लामा भेट गरी अोलीले रायसँग अार्थिक सहयोग मागेका थिए । स्रोतका अनुसार एमालेका लागि उक्त रकम राजदूत रायले नै दिलाएर उनी बिदा भएका हुन् ।

अोली र रायको भेटपछि २७ माघमा राजदूत रायले अोलीलार्इ उनको निवास बालकोट पुगेर चेक हस्तान्तरण गरेको स्रोत बताउँछन् । राजदूत रायले भने दूतावासमा उक्त रकम सामाजिक कार्यक्रमको नाममा निकासा गरेको बुझिएको छ ।

एमाले नेताको लागेन फोन

अभियानका लागि एमालेले करोडाैँ लिएको समाचार प्राप्त भएपछि हामीले एमाले सचिव प्रदिप ज्ञवालीलार्इ यसबारे बुझ्नका लागि सम्पर्क गर्याैँ । तर बारम्बार सम्पर्क गर्दा पनि उनको टेलिफोन सम्पर्क हुन सकेन । ज्ञवालीलार्इ उज्यालो नेपालले बुधबार साँझ ६ बजे सम्पर्क गरेको थियो ।

ज्ञवालीको फोन नलागेपछि हामीले प्रचार विभाग प्रमुख योगेश भट्टरार्इलार्इ पनि सम्पर्क गर्याैँ । तर उनको पनि फोन लागेन ।

http://www.ujyaalonepal.com/ बाट

Posted by on Mar 16 2017. Filed under Breaking News, पत्रपत्रिकाबाट, मुख्य खबर, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “एमालेले मेची-महाकाली अभियानलाई भारतीय दूतावासबाट ३ करोड ७७ लाख लिएको खुलासा”

  1. HKwydy This site was how do I say it? Relevant!! Finally I ave found something that helped me. Thanks a lot!

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com