संघीय व्यवस्थामा केन्द्रले स्थानीय निर्वाचन गराउन खोज्नु एकात्मकतावादी चिन्तन होः सहअध्यक्ष श्रेष्ठ

काठमाडौं, ६ चैत । संघीय समाजवादी फोरमका सअध्यक्ष राजेन्द्र श्रेष्ठले संघीय व्यवस्थामा केन्द्रले स्थानीय निर्वाचन गराउन खोज्नु एकात्मकवादी चिन्तन भएको र संघीयताको बदनाम गर्न खोजिएको बताएका छन् । स्थानीय तहको निर्वाचना अहिलेकै परिस्थितीमा स्वीकार्न नसक्ने समेत नेता श्रेष्ठको बताए, ‘हाम्रो पार्टी निर्वाचन विरोधी होइन तर निर्वाचनको नाममा विभेदकारी संविधान र संरचनाहरुलाई वैधता दिने मनसायले गरिएको निर्वाचन स्वीकार्न सकिदैन ।’
गत शनिबार राजधानीमा आफ्नै पार्टीको काठमाडौं महानगर समितिको प्रथम अधिवेशनमा सो कुरा बताएका हुन् । काठमाडौको चन्दागिरी डाँडामा पुगेर पृथ्वीनारायण शाहको अधुरो सपना साकार पार्छु भन्ने केपी ओली साम्यवादी नभई नश्लवादी भएको समेत टिप्पणी गरे । चन्द्रागिरीको प्रत्येक रुखमा नेवारहरूलाई झन्ड्याएर आमहत्या गर्ने कथित महाराजालाई आदर्श मान्ने ओलीले देशमा विखण्डनको बिऊ रोपेको नेता श्रेष्ठले आरोप समेत लगाए ।
मधेसी जनअधिकार फोरम, संघीय समाजवादी र खस समावेशी पार्टीबीच एकता हुनुको कारण पहिचान सहितको संघीयताका लागि भएको बताए, ‘नेवाः राज्य प्राप्तिका लागि समेत तीन पार्टी एकता भएको हो ।’ संघीय समाजवादी फोरम नेपालप्रतिको आकर्षण दिनानुदिन बढ्दै गइरहेको समेत नेता श्रेष्ठले भने, ‘पुराना दल र ती दलका नेताहरूको कृयाक्लाप नश्लवादी र विभाजनकारी भएकाले देश राजनीतिक सङ्कटमा फसेको छ ।’

Posted by on Mar 19 2017. Filed under Breaking News, राजनीति. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “संघीय व्यवस्थामा केन्द्रले स्थानीय निर्वाचन गराउन खोज्नु एकात्मकतावादी चिन्तन होः सहअध्यक्ष श्रेष्ठ”

  1. PURu0L that site What computer brands allow you to build your own computer?

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com