हिम्मत भए चुनाव गरेर देखाउन सरकारलाई उपेन्द्र यादवको चुनौती

रौतहट ६, चैत्र । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन बिना कुनै पनि शक्तिमा हिम्मत भए चुनाव गराएर देखाउन चुनौती दिएका छन् । जनताको ब्यापक विरोधकाबीच बन्दूक र प्रहरी दमनको भरमा चुनाव गराउन खोजिए मधेशी मोर्चा र संघीय गठबन्धनसहित जनताले कडा प्रतिकार गर्ने यादवले चेतावनी दिएका छन् ।
रौतहटको गौरमा शनिवार संचारकर्मीहरूसँगको कुराकानीमा सरकारलाई चुनौती दिँदै अध्यक्ष यादवले भने,– ‘संविधान संशोधन नभएसम्म हामीले कुनै पनि चुनाव हुन दिन्नौं । प्रचण्ड सरकारसँग हिम्मत छ भने बन्दूकको भरमा चुनाव गराएर देखाए हुन्छ ।’
दुई चार दिनको म्यादी सरकारले मधेश र मधेशीको माग पूरा नगरी चुनाव गराउँछु भन्नु सरकारले देश र जनतासँगको भावनासँग खेलाची गरेको उनले टिप्पणी गरे । डुब्न लागेको डुंगामा बसेर देश विकास गर्छु, चुनाव गराउँछु भनेर सरकारले झूठको नाटक गरेको यादवले कटाक्ष गरे ।
यादवले भने,– ‘विगतमा गणतन्त्र स्थापना गर्न र कुर्सी प्राप्तिका निम्ति जनतालाई झुक्याएर हजारौंहजार जनताको रगत बगाएका प्रचण्डले अहिले संविधान संशोधनको एजेण्डामा मधेशी, आदिवासी जनजाति, दलित, महिला, सीमान्कृत समुदायलाई ठग्ने काम गर्नु देश र प्रचण्ड स्वयम्का लागि दुर्भाग्य हो ।’
सरकार टिकाउन मात्र गणतन्त्रवादी भन्न रुचाउने प्रचण्डले राजतन्त्रको ओकालत गर्ने पार्टीलाई सरकारमा ल्याएको भन्दै अध्यक्ष यादवले सरकारमाथि आशा र अपेक्षा गरेर विगतमा ठूलो गल्ती गरेको स्वीकार गरे । संविधान संशोधनको पहिलो लाइन सीमाङ्कन भएको भन्दै यादवले सीमाङ्कनलाई थाँती राखेर चुनाव गर्ने प्रस्ताव कहिल्यै मान्य नहुने प्रष्ट पारेका छन् ।
पहिचान, सम्मान र स्वाभिमानका लागि मधेसी र आदिवासी जनजातिसहित समग्र उत्पीडित समुदाय संघर्ष गरिरहेको र जनसंख्याको अनुपातमा शासन, प्रशासन तथा नीति–निर्माण तहमा सबैको समान सहभागिता सुनिश्चित नभएसम्म लडाइँ जारी राख्ने यादवले प्रतिबद्धता व्यक्त गरे ।

ससफो नेपालमा एमाले र कांग्रेसबाट सयौं प्रवेश

शनिबार गरुडामा आयोजित संघीय समाजवादी फोरम नेपालको पार्टी प्रवेश एवं आमसभामा नेपाली कांग्रेस र नेकपा एमालेलगायत अन्य विभिन्न पार्टीबाट प्रभावशाली नेताहरू संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका छन् ।
पूर्व गाविस अध्यक्ष एवं नेपाली कांग्रेसका प्रतिष्ठित नेता इन्दुराय यादवको नेतृत्वमा कांग्रेसको ठूलो समूह ससफो नेपाल प्रवेश गरेको छ । कांग्रेसका अर्का चर्चित नेता वीरेन्द्रकुमार यादवको नेतृत्वमा समेत सयौँ जना नेता कार्यकर्ता ससफो नेपाल प्रवेश गरेका छन् ।
त्यस्तै, जयनगर गाविसका पूर्व अध्यक्ष एवं नेकपा एमालेका चर्चित नेता वीरेन्द्र यादवसहित सयौंको संख्यामा एमाले नेताहरूले पार्टी परित्याग गरेर ससफो नेपालमा आबद्ध भएका छन् । कांग्रेस, एमाले र विभिन्न पार्टी परित्याग गरी ससफो नेपालमा प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले फूलमाला र अबिरले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

Posted by on Mar 19 2017. Filed under Breaking News, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “हिम्मत भए चुनाव गरेर देखाउन सरकारलाई उपेन्द्र यादवको चुनौती”

  1. de58NV The loans may also be given at very strict terms as well as any violations will attract huge penalties super real property tax

Leave a Reply

ताजा खबर

© 2017 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com