२६ दलले पाए पुरानै चुनाव चिह्न, मतपत्रमा कसको चुनाव चिह्न कति नम्बरमा ? (सूचीसहित)

 

काठमाडौं, ६ चैत। स्थानीय तहको निर्वाचनमा व्यवस्थापिका संसदमा भएका २६ राजनीतिक दलले पुरानै चुनाव चिह्न पाउने भएका छन् । साथै २६ दलले संविधानसभा २०७० को चुनावमा समानुपातिक तर्फ पाएको मतका आधारमा मतपत्रमा चुनाव चिह्नको क्रम निर्धारण गरिएको छ ।

संसदका ३० दल मध्ये राप्रपा र राप्रपा नेपाल मिलेर राप्रपा बनेको छ भने मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस समावेशी राष्टिय पार्टी मिलेर संघीय समाजवादी फोरम नेपाल बनेको छ ।

संसदमा एक सिट भएको विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टीलाई आयोगले खारेज गरिसकेको छ । नेपाः राष्ट्रिय पार्टी भने आयोगमा दर्ता नै नभएको आयोगले जनाएको छ ।

बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आइतबार साँझबाट मतपत्र छपाई सुरु गर्दैछ । आयोगले डेढ करोढ बढी मतपत्र छाप्ने छ र यो काम पूरा गर्न करिब ४२ दिन लाग्ने अनुमान छ ।

आयोगको निर्णयमा लेखिएको छ, ‘मतपत्रमा निर्वाचन चिह्नको क्रम निर्धारण गर्दा व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेका मतसंख्याको आधारमा मतपत्रमा निर्वाचन चिह्न को क्रम निर्धारण गर्ने ।’

यस अनुसार मतपत्रमा पहिलो नम्बरमा कांग्रेसको चुनाव चिह्न हुनेछ । दोस्रो नम्बरमा एमाले, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा र पाँचौं नम्बरमा संघीय समाजवादी फोरमको चुनाव चिह्न परेको छ ।

यसअघि निर्वाचन आयोगमा दल दर्ता भएको क्रमअनुसार चुनाव चिह्नको क्रम निर्धारण गर्दथ्यो । यसबाट आयोगमा कुन दल पहिले दर्ता भएको भन्ने विवाद हुन्थ्यो । दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र एमाओवादीबीच आफूले पहिले आयोगमा दल दर्ता गराएको भन्ने दाबीका कारण विवाद भएको थियो ।

मतपत्रमा कसको चुनाव चिह्न कति नम्बरमा ? सूची हेर्नुहोस् 

२०७३ चैत ६ गते प्रकाशित

http://www.onlinekhabar.com/ बाट

Posted by on Mar 19 2017. Filed under Breaking News, Slide News, पत्रपत्रिकाबाट, समाचार. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry
You are not authorized to see this part
Please, insert a valid App IDotherwise your plugin won't work.

1 Comment for “२६ दलले पाए पुरानै चुनाव चिह्न, मतपत्रमा कसको चुनाव चिह्न कति नम्बरमा ? (सूचीसहित)”

  1. Click her for at bestille din generiske try it online us cialis .

Leave a Reply

ताजा खबर

© 2018 संघीय पोस्ट :: SanghiyaPost.अग्रमामी सञ्चार सहकारीद्वारा प्रकाशित. All Rights Reserved.

Social Media Auto Publish Powered By : XYZScripts.com